© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - १७ | 02, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
बिश्व विजेता स्पेनले युरापेली च्याम्पियनको ताज सुरक्षित राख्न पहिलो पाइला सार्ने क्रममा शुक्रबार लीचेस्टाइनको आतीथ्यलाई स्वीकार गर्दै छनोट यात्रा सुरु गर्ने छ ।
यस अगाडीको चार भेटमा १३ गोल गरेका कुनै गोल नखाएको स्पेन शुक्रबारको खेलमा पनि स्वभाबिक दाबेदारको रुपमा रहेको छ ।
घाइते रक्षक कार्लोस पुयोललाई प्रतिस्थापन गर्ने इग्नासियो मोन्रेलले मैदानमा प्रबेश पाउने सम्भावना कमै मानीएको छ भने र्सर्जीयो रामोस या कार्लोस मस्चेरेना अन्तिम रक्षकको रुपमा रहन सक्ने छन् । दाया रक्षकका अल्भारो अर्बेला खेल्ने भएका छन् । आन्द्रे इनेस्टा अनुपथ्ति रहने खेलमा गोल गर्दै डेविड भिल्ला गोल र्सवाधीक अन्तराष्ट्रिय गोल गर्ने स्पेनिस खेलाडीको कर्ीर्तिमान कायम गर्ने सोचमा रहने छन् भने फार्नान्डो टोरेस सुरुवातमै खेल्ने सम्भावना रहेका छ । समुह आइमा चेक गणतन्त्र, लीथुवानीया र स्कटल्यान्ड रहेका छन् ।
एन्डी रोडीक माथि सनसनी पर्ूण्ा जित हात पार्दै र्सर्बीयाका जान्को टिप्सारेभिक युएस ओपन टेनिसको तेस्रो चरणमा प्रबेश गरेका छन् ।
सात बर्षो प्रयासमा पहिलो पटक यो सफलता पाउने क्रममा ४४ औ बरियताका टिप्सेरिभिकले २००३ का विजेता रोडीक माथि ३-६, ७-५, ६-३, ७-६ को जित हात पारे ।
रोडीकसंगै विम्बल्डन उप विजेता थोमस बर्डर्ीीपनि दोस्रो चरणमै पराजित भएका छन् । उनलाई ३५ औ बरियताका प|mान्सेली खेलाडी माइकल लोड्राले ७-६, ६-४, ६-४ ले पराजित गरे । यस अघि भएको पहिलो चरणको खेलमा एन्डी मर्ुर्रर्ेे लुकास लाकोलाई ६-३, ६-२, ६-२ ले पराजित गरे । बर्डर्ीीो हारसंगै मर्ुर्रर्ेेे सेमिफाइनलसम्मको यात्रा सहज हुने अनुमान गरिएको छ ।
२३ बर्षो स्कटीस खेलाडी जिवनको पहिलो उपाधि जित्ने क्रममा यसै बर्षटोरन्टोको उपाधि हात पारेका थिए । यस क्रममा उनले १६ ग्रान्डस्लाम विजेता रोजर फेडरर र शिर्षबरियताका राफले नाडाललाई पराजित गरेका थिए । गत बर्षो युएस ओपनमा उनले फाइनलमा फेडररसंग पराजित हुनु अगाडी सेमिफाइनलमा नाडाललाई हराएका थिए ।
काठमाडौं/रास- पा“चौं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्सतर्फडिफेन्डिङ च्याम्पियन भ्याली पब्लिक 'ए' र ब्वाइजमा डेफोडिल च्याम्पियन बनेका छन् ।
आयोजक भ्याली पब्लिकले उपाधि जितेको यो चौथोपल्ट हो । दोश्रो संस्करणमा बाहेक भ्याली पब्लिक गर्ल्सतर्फसबैमा च्याम्पियन रह्यो । दोश्रो संस्करणको उपाधि ग्रिनल्यान्डले हात पारेको थियो । गर्ल्सको फाइनलमा भ्याली पब्लिकले ठुङराम इन्टरनेसनल एकेडेमी -टीआईए) माथि १५-१४ को रोमाञ्चक जित हात पार्यो ।पहिलो क्वाटरमा ५-४ को अग्रता लिएको भ्याली पब्लिकले दोश्रोमा ८-१ को अग्रता हासिल गर्यो । उक्त दर्ुइ क्वाटरको अग्रता नै उसको जितको आधार बन्यो । तेश्रोमा भ्याली पब्लिक ०-२ र चौथोमा २-७ ले पछि परेको थियो ।
सहआयोजक चेन इन्कका सुरज पाण्डेले प्रथम राष्ट्रिय माउन्टेन डिउ डाउन हिल साइक्लिङ च्याम्पियनसिपको उपाधि जितेका छन् । बुधबार सम्पन्न प्रतियोगितामा निर्धारित एक किलोमिटर सात सय २० मिटरको दूरी तीन मिनेट ३३ दशमलव १५ सेकेन्डमा पूरा गर्दै पाण्डेले ऐतिहासिक सफलता
हात पारे ।
पछिल्लो सत्र 'ए' डिभिजनमा प्रवेश गरेको हिमालयन शर्ेपा क्लबले अनुबन्धित खेलाडीको नाम घोषणा गरेको छ ।
मंगलबार आयोजीत घोषणा सभामा शर्ेपा क्लबले २२ खेलाडीको नाम घोषणा गरेको हो । क्लबले खेलाडीसँग प्रमुख प्रशिक्षकका रूपमा पर्ुव राष्ट्रिय खेलाडी उपेन्द्रमान सिंह लाइ र सह प्रशिक्षकमा निर्मल लामालाइ पनि अनुबन्धित गरेको छ । राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापा, नविन न्यौपाने, रूपक श्रेष्ठ, जगजीत श्रेष्ठ, रूपेश केसीलगायत एनआरटी, मनाङ मस्याङर््र्दी, मछिन्द्र, प|mेन्डेस्, एपिएफ क्लबका लागि शहिद स्मारक ए डिभिजन लिग खेलेको अनुभवी खेलाडीलाई हिमालयन शर्ेपा क्लबले अनुबन्धित गरेको हो ।
कामठाडौ/रास- चौथो एलए/जेटीआई अन्तरस्कुल लनटेनिस प्रतियोगिताको यु-१० ब्वाइज सिंगल्सको उपाधि शुभताराका संरक्षकभूषण वज्राचार्यले हात पारेका छन् । त्यसैको गर्ल्सतर्फयुलेन्सकी एनी माथेमा पहिलो भइन् । एलएका गीता श्रेष्ठ/आकृति आचार्यले यु-१४ गर्ल्स डबल्सको उपाधि जिते ।
यु-१६ गर्ल्स सिंगल्समा द ब्रिटिस स्कुलका अश्लेषा लिसानेविच तथा अनुष्का जोशी फाइनलमा पुगेका छन् । सेमिफाइनलमा अश्लेषले गोल्डेनगेटकी पवित्रा गुरुङलाई ६-० र ६-२ तथा अनुष्काले सेन्ट जेभियर्सकी अनुष्का मल्ललाई ६-१ र ६-१ को सोझो सेटमा पाखा लगाए ।