© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि माओवादी र कांगे्रस दुवै दललाई प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।
उनले शान्ति स्थापना र संविधान निर्माणजस्ता राष्ट्रिय मुद्दालाई निष्कर्षा पुर्याउन राष्ट्रिय सहमतिको खाँचो भएकाले एमाले राष्ट्रिय सहमतिबाट बन्ने उम्मेदवारलाई सघाउन तयार भएकोसमेत बताए ।
एमालेनिकट युवा संघले बिहीबार राजधानीमा गरेको कार्यक्रममा खनालले कांग्रेस र माओवादीले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिए राष्ट्रिय सहमतिको नयाँ आधार तयार हुन सजिलो हुने दाबी गरे ।
'फेरि पनि बहुमतीय सरकारका लागि प्रतिस्पर्धा गरे मुलुकको समस्या समाधानमा कुनै उपलब्धि हँुदैन, त्यो दर्ुभाग्य हुनेछ,' उनले भने, 'संविधान निर्माण गर्न बाँकी दस महिना पुनः त्यत्तिकै खेर जानेछ ।'
नयाँ प्रधानमन्त्रीका लागि आगामी सोमबार हुने तेस्रो निर्वाचनबाट पनि र्सार्थक परिणाम आउने संकेत हालसम्म देखिएको छैन । त्यस स्थितिमा भावी विकल्पका रूपमा संसद्को कार्यसञ्चालन नियमावली संशोधनलाई प्राथमिकतामा राखी दर्ुइ विकल्प अघि सारिने भएको छ ।
प्रधानमन्त्रीको एउटा प्रस्तावमा तीनपटकभन्दा बढी मतदान गर्न नपाइने व्यवस्था र राजनीतिक सहमतिमा उम्मेदवारी फिर्ता लिएर संयुक्त सरकार निर्माणको विकल्प ल्याइने भएको हो ।
बाघको संख्यामा विश्वव्यापी ह्रास भइरहेका बेला नेपालमा भने बढेको छ । सरकारले तीन महिनाअघि विश्व वन्यजन्तु कोष -डब्लूडब्लूएफ) र राष्ट्रिय प्रकृति संरक्षण कोष -एनटीएनसी) को सहकार्यमा गरेको गणनाले गत वर्षो तुलनामा थप ३४ बाघ फेला परेको देखाएको छ ।
यो वर्षनेपालभर एक सय ५५ बाघ गणना गरिएको छ । गत वर्षएक सय २१ ओटामात्रै बाघ थिए । प्रथम विश्व बाघ संरक्षण दिवसका अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बिहीबार र्सार्वजनिक गरेको तथ्यांकअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २५ र अन्यत्र ३० गरी मुलुकभर एक सय ५५ बाघ छन् ।
जेलभित्रै कैदी लागूऔषध कारोबारमा संलग्न रहेको तथ्य फेला परेपछि प्रहरीले कारागारमा विशेष निगरानी थालेको छ । लागूऔषध नियन्त्रण तथा कार्यान्वयन इकाइ नयाँ बानेश्वरले जेल सुरक्षार्थ खटिएका प्रहरीसँग समन्वय गरेर निगरानी थालेको हो । एक महिनाअघि डिल्लीबजार कारागारका कैदी श्याम वर्ण्र्ाालको योजनामा लागूऔषध ओसारपसारमा संलग्न अभियोगमा प्रहरीले पा“चजना पक्राउ गरेको थियो ।
बाँकी अंश »
प्रजातान्त्रिक गणतन्त्र कंगोमा एउटा यात्रुबाहक डुंगा नदीमा डुब्दा करिब १ सय ४० जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् । पश्चिमी बानडुनडु प्रान्तको कंगो नदीको सहायक कार्साई नदीमा डुंगा डुबेको बताइएको छ ।
डुबेको डुंगाले क्षमता भन्दा निकै बढी यात्रु बोकेको प्रहरीले बेलायती समाचार संस्था रोयर्टसलाई बताए ।
दशकौंको द्वन्द्वपछि कंगोमा थोरै मात्र सडक सर्म्पर्कहरु बाँकी रहेकोले यहाँका बासिन्दाहरुले खचाखच भरिएका डुंगा मार्फत् यात्रा गर्छन् ।
इस्लामावादले 'आतंकवाद निर्यातलाई प्रोत्साहन' गर्न नहुने बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको अभिव्यक्तिले पाकिस्तानी अधिकारीहरुलाई आक्रोशित बनाएको छ ।
क्यामरुनले बुधबार छिमेकी देश भारतको भ्रमणका बेला पाकिस्तानबारे त्यस्तो टिप्पणी गरेका थिए । उनको भ्रमणको उद्देश्य भारतसँगको व्यापारिक सम्बन्ध विस्तार गर्नु थियो ।'यो मुलुक -पाकिस्तान) ले भारत, अफगानिस्तान वा विश्वको जुनसुकै देशमा आतंकवाद निर्यातलाई प्रोत्साहन दिएको हामी कदापि सहन सक्दैनौं' क्यामरुनले बुधबार बैंगलोरमा भनेका थिए । पाकिस्तानी जासुसी अधिकारीहरुले लश्कर-ए-ताइवा जस्ता समूहहरुलाई संरक्षण दिइरहेको आरोप लगाइरहेको भारतमा यो प्रतिक्रियालाई स्वागत गर्ने अपेक्षा गरिएको छ । भारतले लश्कर-ए-टाइबामाथि सन् २००८ मा मुर्म्बई हमला गराएको आरोप लगाएको छ ।
बाँकी अंश »