© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
लमजुङमा एक बालिकाको बेवारिसे शव भेटिएको छ । भोटेओडार-८ मा पर्ने मर्स्याङ्दी नदीको किनारमा अन्दाजी १३ वषर्ीया बालिकको शव शुक्रबार अनुहार जलेको अवस्थामा भेटिएको हो । शवको सनाखत हुन सकेको छैन । कसैले हत्या गरेर अनुहार नचिनोस् भन्ने उद्देश्यले अनुहार जलाएर नदीमा बगाएको आशंका गरिएको छ । शवको पोस्टमार्टमका लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ ।
बाँकी अंश »
तीनदेखि नेपालगन्जमा फैलिएको झाडापखालाले प्रकोपको रूप लिन थालेपछि विशेषज्ञसहितको स्वाथ्यकर्मीको टोली शुक्रबार नेपालगन्ज आइपुगेको छ ।
नेपालगन्ज तथा आसपासका ग्रामीण क्षेत्र र छिमेकी जिल्लामा समेत झाडापखालको संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको एक उच्चस्तरीय टोली शुक्रबार बिहान नेपालगन्ज आइपुगेको जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले जानकारी दिए ।
नेपालगन्जका डुबानग्रस्त क्षेत्रमा र्सवसाधा™णहरू पखाला लागेको केही मिनेटमै बेहोस हुने र नाडी नचल्ने गरी सिकिस्त हुन थालेपछि सो झाडापखाला हैजा हुन सक्ने आशंकामा केन्द्रीय टोली नेपालगन्ज आइपुगेको हो । महाशाखाका डा. प्रमोद खनालको नेतृत्वमा डा. ठाकुर सिंह सम्मिलित टोलीले सोको परीक्षण गर्ने जनस्वाथ्य प्रमुख शाहले जानकारी दिए ।
भाइबहिनीहरूले होटलमा गएर पक्कै पनि विभिन्न परिकार खाएको हुनर्ुपर्छ । मानिसका लागि मीठो परिकार खुवाउने होटल त हामी सबैले देखेको छौं । तर, कुकुरलाई मात्र मीठो परिकार खुवाउन होटल खोलिएको छ भन्दा भाइबहिनीहरूलाई अचम्म लाग्ला ।
वेल्स सहरमा कुकुरहरूका लागि नयाँ होटल खोलिएको छ । होटलमा भव्य कोठा छन् । नुहाउन स्विमिङ पुल छ । 'द रायवन पेट होटल' नाम राखिएको यो पाँच तारे होटल हो । सहरका बासिन्दाहरू कतै घुम्न जाँदा उनीहरूको पाल्तु कुकुर समस्या बन्ने गर्छ । तर, वेल्समा यो पाँचतारे होटल खोलपछि कुकुर धनीहरूलाई निकै सजिलो भएको छ ।
एउटा कुकुरलाई सो होटलमा एक दिन पालेबापत २९ पाउन्ड होटल वालाले लिनर्ेगर्छ ।
कक्षा पाँचको विद्यार्थी हो । उसलाई स्कुलमा सबैले बुद्धुराम, बुद्धुराम भनेर जिस्क्याउने गर्छन् । किन भने उसको बानी नै त्यस्तै छ ।
उसको नाम बुद्धुराम कसरी भयो त - उसको बानीले ।
अब उसको बानी कस्तो छ त-
राम जहिले पनि स्कुलमा ढिलो गरी पुग्दथ्यो । कक्षा कोठामा पुगेपछि सधैं सरले सोध्न हुन्थ्यो । तिमी किन ढिलो आएको भनेर । त्यतिबेला बाटोको सबै बेलीबिस्तार लगाउन थाल्थो, राम । कहिले जुत्ता खोज्दा ढिला भयो भन्थ्यो ।
सविन प्रियासन
दाङ १४ साउन । सञ्चार ब्यवसायी देविप्रसाद धिताल हेमराजको हत्याराबारे सूचना दिने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय दाङले ५० हजार पुरस्कार दिने घोषणा गरेको छ ।
रुद्र सुवेदी
नेपालगन्ज, १४साउन तीनदेखि नेपालगन्जमा फैलिएको झाडापखालाले प्रकोपको रुप लिन थालेपछि विशेषज्ञसहितको स्वाथ्यकर्मीको टोली शुक्रबार नेपालगञ्ज आईपुगेको छ ।
नेपालगन्ज तथा आसपासका ग्रामीण क्षेत्र र छिमेकी जिल्लामा समेत झाडापखालको संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको एक उच्चस्तरीय टोली शुक्रबार विहान नेपालगञ्ज आईपुगेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए ।
नेपालगन्जका डुबानग्रस्त क्षेत्रमा सर्वसाधारणहरु पखाला लागेको केही मिनेटमै बेहोस हुने र नाडी नचल्ने गरी सिकिस्त हुन थालेपछि सो झाडापखाला हैजा हुनसक्ने आशंकामा केन्द्रीय टोली नेपालगन्ज आईपुगेको हो ।
महाशाखाका डा.प्रमोद खनालको नेतृत्वमा डा.ठाकुर सिंह सम्मेलीत टोलीले त्यसको परिक्षण गर्ने वाँकेका जनस्वाथ्य प्रमुख धिरजंग शाहले जानकारी दिए ।
नेपालगन्ज नगर क्षेत्रमा फैलिएको झाडापखालाको संक्रमणबाट प्रभावित हुनेको संख्या बढ्दै गएको छ । समाचार तयार पार्दासम्म भेरी अञ्चल अस्पतालमा ६५ तथा नेपालगन्ज शिक्षण अस्पतालमा दुई सयबढी झाडा पखालाबाट प्रभावित विरमीहरुको उपचार भईरहेको छ ।
शुक्रबार २ बजेसम्म झाडा पखालाको कारण कसैको मृत्यु नभएपनि झाडापखालाबाट प्रभावितको संख्या बढ्दै गएको जिल्ला जस्वास्थ्य प्रमुख शाहले बातए ।
यसअघि बिहीबारमात्र बाँकेमा झाडापखालाबाट तीन जनाको मृत्यु भएको छ । वितेको४८ घण्टाको अवधीमा नेपालगंजका अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीमध्ये तीन जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।
मृत्यु हुनेमा दाङ तुलसीपुर–८ की ६५ वर्षीया कलावती बुढाथोकी, नेपालगंज–५ गौसिया टोलकी ५ वर्षीया जसविन हल्वाई र एक्लैनीका ५ वर्षीय तानिया हल्वाई रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका महामारी नियन्त्रण विभागका रामबहादुर चन्दले जानकारी दिए ।
भेरी अंचल अस्पताल नेपालगंजकी डा. सिन्धु शर्माले अस्पतालमा उपचारका लागि आएका प्रायः सबै बिरामीहरुमा एकै खालको लक्षण देखिएको बताईन ।
बुधबारदेखि फैलिएको झडापखलाका कारण नेपालगन्ज नगरपालिका वार्ड नं. २, ४, ५, ६, ८ र १४ का मानिसहरु बढी प्रभावित भएको भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मी दानबहादुर ठकुल्लाले बतए ।