© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - २२ | 07, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
सहआयोजक चेन इन्कका सुरज पाण्डेले प्रथम राष्ट्रिय माउन्टेन डिउ डाउन हिल साइक्लिङ च्याम्पियनसिपको उपाधि जितेका छन् । बुधबार सम्पन्न प्रतियोगितामा निर्धारित एक किलोमिटर सात सय २० मिटरको दूरी तीन मिनेट ३३ दशमलव १५ सेकेन्डमा पूरा गर्दै पाण्डेले ऐतिहासिक सफलता
हात पारे ।
प्रधानमन्त्री माधवकुमार नेपालले प्रसूति तथा स्त्रीरोग उपचार हुने एक मात्र अस्पताल व्यवस्थापन निकै कमजोर रहेको बताएका छन् ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ५१औं वाषिर्कोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री नेपालले वीर र प्रसुति अस्पतालको व्यवस्थापन एकैखाले भएको उदाहरण दिए ।
१८ प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौंकी सदीक्षा श्रेष्ठ यसवर्षो 'मिस नेपाल'को ताज पहिरिन सफल भएकी छन् । शर्ीष्ा उपाधिस“गै उनले 'उत्कृष्ट व्यक्तित्व', 'फोटोजेनिक' र 'मिस क्याटवाक'को पगरीसमेत गुथेंकी छन् । उनले अब चिनको संघाइ सहरमा हुने 'मिस वर्ल्ड'मा भाग लिन पाउने छिन् ।
राजधानीमा बुधबार सम्पन्न मुलुककै सबैभन्दा ठूलो सौर्न्दर्य प्रतियोगितामा सदीक्षालाई निर्ण्ाायक मण्डली संयोजक चाँदनी जोशीबाट 'नेपाली युवाका लागि कुन तीन क्षेत्रमा लगानी गर्नुहुन्छ - जसका कारण उनीहरू उत्तरदायी हुन सक्छन्' भन्ने प्रश्न गरियो ।
'उचित अवसर पाएमा नेपालको उधोग-धन्दा, विज्ञान तथा प्रविधि क्षेत्रमा लगानी गर्नुका साथै युवापुस्तालाई एकजुट बनाएर काम गर्नेछु,' यो जवाफस“गै सदीक्षा शर्ीष्ा उपाधिकी भागिदार बनेकी हुन् । उनलाई २००९ की मिस नेपाल जेनिशा मोक्तानले 'ताज' पहिर्याएकी थिइन् ।
उपाधि हात पारेलगत्तै विश्व बन्यजन्तु कोषको सद्भावना दुत भएकी छन्, सदीक्षा । उनले कोषमा एक वर्षकाम गर्न पाउने छिन् । साथमा, उनले कोरोनी कार र ५० हजार नगद पुरस्कारसमेत पाएकी छन् ।
राष्ट्रिय अधिवेसन नजिकिदै जाँदा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा दर्ुइ धार देखा परेका छन् । संस्थापन र केपी पक्षधर गरी दर्ुइ धारमा वाँडिएका विद्यार्थी नेताहरू यतिखेर चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।
आफुलाई केपी पक्षधर र संस्थापन पक्षधर भन्दै उम्मेदवारहरूले लविङ सुरु गरीसकेका छन् । आगामी असोज १५-१८ गते जनकपुरमा हुन गइरहेको राष्ट्रिय अधिवेसनमा विद्यार्थी नेताहरू यसरी छुट्टीएर प्रचार प्रसारमा लागेका हुन ।
प्राविधिक शिक्षा अध्ययनपछि सहजै रोजगारी पाउने भएपछि दाङमा प्राविधिक विषयमा अध्ययन गर्नेहरूको संख्यामा वृद्धि भएको छ । जिल्ल्ामा विभिन्न विषयमा प्राविधिक प्ाढाइ हुने गर्छ ।
यही क्रममा प्राविधिक ज्ञान र सीप सिकेर केही गर्छर्ुुन्ने संकल्पका साथ सौडियार-८ बेलरीकी सिर्जना सुवेदी हाल प्राविधिक शिक्षा अध्ययन गर्नमा तल्लीन छन् । उनले प्राविधिक शिक्षापछि रोजगार सुनिश्चित भएकाले आफू यस क्षेत्रमा लागेको बताइन् । 'मलाई प्राविधिक शिक्षामा ज्यादैै रुचि लाग्छ, प्राविधिक शिक्षा पढ्दा भविष्यप्रति आशासमेत पलाएको छ,' उनले भनिन् ।
उनी भविष्यमा सफल ओभरसियर बन्ने सपना बुनेकी छन् । राप्ती इन्जिनियरिङ कलेजको डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तहको दोस्रो वर्षचौथो सेमेस्टरमा अध्ययनरत सुवेदीले अन्नपर्ूण्ा बोर्डिङबाट एसएलसी उत्तर्ीण्ा गरेकी हुन् । 'मलाई एसएलसी पास हुनुअघि नै प्राविधिक शिक्षा अध्ययन गर्ने रहर जागेको थियो, पास भएपछि प्राविधिक शिक्षाका लागि यहाँ आएकीे हुँ' उनले भनिन् ।
पाकिस्तानका बाढीपीडित सयौं भोका नागरिकले बुधबार खानेकुरा माग्दै राजमार्ग अवरुद्ध पारेका छन ।
उनीहरुले सरकारसँग खाने र बस्ने व्यवस्थाको माग गर्दै बाढी प्रभावित दक्षिणी प्रान्तको राजमार्गमा अवरोध पुर्याए ।
सरकारद्वारा निर्मित अस्थायी शिविरमा बसेका बाढीबाट र्सवाधिक प्रभावित सिन्ध प्रान्तका पाँचसय नागरिकले खाना र बास्ास्थानको प्रबन्धका लागि सरकारसँग माग गर्दै कराँची र थहटा शहर जोड्ने राजमार्ग अवरुद्ध गरेका हुन् ।