© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - २४ | 09, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
प्रशस्त दाइजो नल्याएको आरोपमा आफ्नी चेली वेपत्ता वनाएकोले खोजी दिन प्रहरी तथा मानवअधिकारबादीलाई उनका माइतीपक्षले गुहारेका छन् ।
जिल्लाको गरुडा वैरीया - ९ की २० वषर्ीया रिंकी कुमारी जयसवाललाई गत १० भदौदेखि पति दिपककुमार जयसवाल, ससुरा रामबाबु जयसवाल र देवर राजनप्रसाद जयसवालले दाइजोको कारण बताउदै वेपत्ता वनाएको आरोप पीडित महिलाकी बाबु उमाशंकर जयसवालले लगाए ।
मोबाइल ल्यापटपलगायतका वस्तु
चोरेको आरोपमा हर्जना बुझाउन नसकेका कारण बाबुले आत्महत्या गरेपछि बेसहारा बनेका बर्दिया, मानपुरटपरा-५ का रमेश चौधरीलाई मंगलबार काठमाडौं पुर्याइएको छ ।
उनी बेसहारा भएको समाचारमाध्यमबाट थाहा पाएका प्रधानमन्त्री माधवकुमार नेपालको आग्रहपछि बालकलाई राजधानी लैजानेक्रममा सोमबार दिउँसो बर्दियाबाट नेपालगन्ज ल्याइएको थियो । उनको भरणपोषण तथा शिक्षादीक्षाको सम्पर्ूण्ा व्यवस्था प्रधानमन्त्री नेपाले मिलाउने भएका छन् ।
काठमाडौं, भाद्र २२ - प्रधानमन्त्री चयनका लागि मंगलबार भएको सातौं चरणको निर्वाचन पनि व्यर्थ भएको छ । एमाले, मधेसवादी चार दल, नेकपा माले, नेकपा संयुक्त लगायतका दलहरु तटस्थ बसेपछि निर्वाचन अनिर्णत बन्यो ।
छ पटक भएको निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बहुमत पुर्याउन नसकेपछि मंगलबार पुनः चुनाव भएको हो ।
कुनै एक उम्मेदवारले बहुमत प्राप्त नगरेसम्म मतदानको प्रक्रिया दोहोरिँदै जाने संसद् नियमावलीको व्यवस्थाअनुसार सातौं पटक दाहाल र पौडेलबीच प्रतिस्पर्धा भएको हो ।
कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल आज सातौं पटक पनि पराजित भएका छन् । उनको पक्षमा ११९ मत परेको थियो । यस्तै पौडेलको विपक्षमा २४५ र तटस्थमा १५१ मत परेको छ । मतदान प्रक्रियामा ५१५ सभासद सहभागी भएका थिए । माओवादी उम्मेदवार पुष्पकमल दाहाल पनि पराजित भएका छन् । उनको पक्षमा २५२ मत परेको छ । यस्तै दाहालको विपक्षमा ११० र तटस्थमा १५९ मत परेको छ । मतदान प्रक्रियामा ५२१ सभासद सहभागी भएका थिए ।
सविन प्रियासन
दाङ, २२ भदौ । दाङको देउखुरीमा नेपाल कम्यूनिष्ट पार्टी माओवादी (मातृका) समूहले व्यापारीहरुसँग किटानीसहित चन्दा माग गर्न थालेपछि व्यापारीहरु आतंकित बन्न थालेका छन् ।
सुरक्षा निकायबाट सुरक्षित मानिने भालुवाङ क्षेत्रमा माओवादीले चन्दा दिन भन्दै व्यापारीहरुलाई पत्र पठाएको छ । पत्र पठाएपछि यहाँका व्यापारीहरु आंतकित बनेका हुन् । देश र जनताको मुक्तिका लागि, देशका भ्रष्ट कमिशनखोर, प्रतिकृयावादी र परिस्थितिसँग कडा सघर्ष गर्न र सम्पूर्ण खाले उत्पीडन, अन्याय, अत्याचारको अन्त्यको साथै समान हकअधिकारका लागि आवाज बुर्लन्द गर्न चन्दा माग गरेको पत्रमा उल्लेख छ । दाङ जिल्लामा नेकपा माओवादीलाई अझै सुदृढ गरी विस्तार, व्यवस्थित र परिचालनका लागि रकम आवश्यक परेको भन्दै जिल्ला सेक्रेटरी आकाश घर्तीको हस्ताक्षर गर्नुभएको पत्र यहाँका व्यापारीहरुलाई दिइएको छ । पत्रमा रु. ५ हजार रुपैया भनेर चन्दा तोकिएको छ ।
भालुवाङमा लामोसमयदेखि व्यवसाय गर्दै आएका एक व्यापारीले आफूलाई रु. ५ हजार चन्दा कटिनीसहित पत्र पठाएको बताए । उनले केहीदिन अगाडि २ जना युवाहरु पसलमै आएर पत्र दिएको बताउँदै भनेजति चन्दा नदिएमा भौतिक कारवाही हुने चेतावनीसमेत दिएको उनको भनाइ थियो । अधिकाशं व्यापारीहरुलाइ पत्र थमाउदै चन्दा नदिएमा भौतिक कारवाही हुने चेतावनी दिएको व्यापारीहरु बताउँछन् । यसरी व्यापारीहरुमा किटानीसहितको चन्दा पत्र आउँदासम्म यहाँ अवस्थित इलाका प्रहरी कार्यालय भालुवाङ ,ज्वालामाइ गण भालुवाङ ,सिमा सुरक्षा बल लमही र व्यापारीहरुको हकहितका लागि खोलिएको छाता संगठन राप्ती उद्योग वाणिज्य संघ भालुवाङलाई भने कुनै जानकारी नभएको बताइएको छ । केही समय अगाडि दाङको तुलसीपुरक्षेत्रमा चन्दा आतंक निक्कै मौलाएको थियो ।
लमजुङ, २२ भदौ
लमजुङको घनपोखरा गाउँ विकास समिति वडा नम्बर ३, घनपोखरा गाउँमा फैलिएको ज्वारोका कारण एक बालिकाको ज्यान गएको छ ।
घनपोखराको नाँयूस्थित ग्रामकल्याण निम्न माध्यमिक विद्यालय कक्षा ५ मा पढ्दै गरेकी १३ बर्षिया बालिका मेखकुमारी गुरुङको उच्च ज्वारोका कारण मृत्यु भएको हो ।
बाबु आमा खेतमा गएको बेला तीन–चार दिनदेखि ज्वरोले थलिएका बालिकाको अन्तिम अवस्थामा धामीझाँक्रीले उपचार गर्दागर्दै ज्यान गएको घनपोखरा उपस्वास्थ्य चौकीका अहेव जगरनाथ प्रसाद साहले जानकारी दिए । बालिका विरामी भएको छिमेकीहरुले समेत चाल नपाएपछि बालिकाको समयमै उपचार नपाउँदा अकालमै ज्यान गएको स्थानीयवासिन्दाले वताएका छन् ।
भाइरल ज्वरोका कारण घनपोखरा गाउँ साथै वडा नम्बर ८ को घोप्टे गाउँ, ५ मोर्ङि लगायत गाउँका वासिन्दा स्थानीयवासिन्दा विरामी परेका घनपोखराका स्थानीय जीतबहादुर गुरुङले जानकारी दिएकाछन् । रुघाखोकी र ज्वरोको महामारि नै फैलिएपछि सिङगो गाउँको जिवन नै प्रभावित वनेको छ ।
नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन -अनमिन)को म्याद थप्ने, नथप्ने र कार्यादेश घटाएर थप्ने विषयमा दलहरुबीच व्यापक विवाद भइरहेका बेला मन्त्रिपरिषद्को सोमबारको बैठकमा चार महिनाका लागि म्याद थप्नेबारे छलफल भएको छ । बैठकले यही स्थितिमा म्याद थप्ने कि कार्यादेश घटाएर थप्ने विषयको जिम्मा भने प्रधानमन्त्रीलाई दिएको छ ।
बाँकी अंश »