© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
सर्वोच्च अदालतले सैन्य भर्नाविरुद्धको रिट निवेदन बुधबार खारेज गरेपछि नेपाली सेनालाई भर्ना खोल्न बाटो खुलेको छ ।
र्सवाेच्चका न्यायाधीशद्वय बलराम केसी र गौरी ढकालको संयुक्त इजलासको फैसलापछि सैन्य भर्नाविरुद्ध लामो समयदेखिको न्यायिक विवाद अन्त्य
भएको हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारको कार्यकालमा उब्जेको सैन्य भर्ना विवादलाई र्सवाेच्चले न्यायिक क्षेत्राधिकारभित्र नपर्ने ठहर गर्दै रिट खारेज गरेको हो ।
यद्यपि, यसअघि नेपाली सेना र माओवादी लडाकूले गरेको भर्ना वैध थियो/थिएन भन्ने विषयमा भने फैसला मौन छ ।
सैन्य भर्ना विवादबारे यसअघि सर्वोच्चले भर्ना भएका वाहेकलाई थप भर्ना नगर्न अन्तरिम आदेश दिएको थियो ।
इन्हुरेड इन्टरनेसनलका तर्फाट अधिवक्ता श्रीकृष्ण सुवेदीसहितले बेग्लाबेग्लै दर्ता गरेको दर्ुइओटा रिट निवेदनको सुनुवाइपछि र्सवाेच्चले तत्काललाई न्यायिक क्षेत्राधिकारभित्र नपर्ने ठहर गर्दै टंुग्याए पनि भर्नाबारे थप विवाद आउने निवेदकको दाबी छ ।
संवैधानिक वा कानुनी प्रश्न समावेश भएको विवादमात्र अदालतले समाधान गर्ने भएकाले सम्झौता, समझदारी वा करारका दर्ुइ पक्षबीच मात्र लागू हुने र्सतयुक्त दस्तावेजबाट उत्पन्न हुने विवाद असाधारण अधिकार क्षेत्रबाट हर्ेन नमिल्ने र्सवाेच्चको ठहर छ ।
माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले राष्ट्रिय संयुक्त सरकार गठन नभएसम्म शान्ति प्रक्रिया र संविधान निर्माण टुंगोमा पुग्न नसक्ने दाबी गरेका छन् ।
पार्टर्ीी तर्फाट प्रधानमन्त्रीको उम्मेदवार बनेका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई जिताउन दलहरूसँग वार्ता जारी रहेकै बेला उपाध्यक्ष डा. भट्टर्राईको सो धारणा आएको हो ।
हाल व्यवस्थापिका संसद्बाट बहुमतका आधारमा प्रधानमन्त्री चयनको काम भइरहेको छ । यसका लागि माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल चुनावी मैदानमा छन् । पहिलो र दोस्रो चरणको निर्वाचनबाट प्रधानमन्त्री चयन हुन नसकेपछि पुनः १७ गते निर्वाचन हुँदै छ ।
प्रधानमन्त्रीका लागि व्यवस्थापिका संसद्मा तीन पटकभन्दा बढी निर्वाचन गर्न नमिल्ने प्रावधानसहित संसद् नियमावली संशोधनको आवाज उठिरहेका बेला त्यसलाई बल पुग्ने गरी उपाध्यक्ष भट्टर्राईले पार्टर्ीी अन्तिम समयसम्म राष्ट्रिय संयुक्त सरकार निर्माणका लागि पहल गर्ने बताए । उनले त्यस्तो सरकारको नेतृत्व ठूलो दलको नाताले माओवादीले नै गर्न पाउनर्ुपर्ने दाबी गरे ।
महानगरीय प्रहरी परिसर भक्तपुरले बाघको छालासहित तीनजनालाई पक्राउ गरेको छ । दर्ुलभ मानिने पाटे बाघको छाला बिक्री गर्न लगिएका बेला अरनिको राजमार्गस्थित थिमीमा बुधबार बाघको छालासहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
बाँकी अंश »
सरकारले विशेष प्रकृतिका मुद्दा 'बन्द इजलास'बाट सुनवाइ गर्ने कानुनी व्यवस्था गरे पनि कार्यान्वयनमा जटिलता देखिएको छ ।
कानुनी व्यवस्थाबारे सम्बन्धित निकायबीच नै पर्याप्त जानकारी नहु“दा कार्यान्वयनमा जटिलता देखिएको हो । बालबालिकासम्बन्धी ऐन २०४८, मानव बेचविखन तथा ओसारपसार -नियन्त्रण) ऐन २०६४, घरेलु हिंसा -कसुर र सजाय) ऐन २०६६, मुलुकी ऐन जबरजस्ती करणीको महल, सर्वोच्च अदालत नियमावली २०४९, पुनरावेदन र जिल्ला अदालत नियमावली २०४८ र २०५२ ले बन्द इजलास व्यवस्था गरेको छ ।
तर, यी कानुनी व्यवस्था कार्यान्वयन प्रक्रिया कस्तो हुने - भन्नेमा सम्बन्धित निकाय नै अन्योलमा छन् । महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रहरी सहायक निरीक्षक चन्द्रकुमार सिंहले जिल्ला प्रहरी कार्यालयबाट पीडितको वास्तविक नामको सट्टा 'कोड' प्रयोग गरेर पठाए पनि सरकारी वकिलले नाम परिवर्तन गरी न्यायाधीशसम्म पुग्दा अर्कै नाम हुने गरेको बताए ।
काठमाडांै/रास- राष्ट्रिय उपविजेता नविल थ्रि स्टारका प्रमुख चार स्टारलाइ अनुवन्धन गर्दै लक्ष्मी हुण्डाइ मनाङ मस्यांदी क्लवले वुधवार नया सिजनका लागी टोलीको र्सार्वजनिक गरेको छ । मनाङका अनुबन्ध हुनेमा नेपालका उत्कष्ृट ' लेफ्ट फुटेड खेलाडी 'अन्जन केसी र विजय गुरुङ सहित सन्दिप राइ र सन्तोष साहुखल रहेका छन् । राइ गोलरक्षक बाहेक प्राय सबै पोजीसनमा दक्ष मानीन्छन् भने साुहखल पछिल्लो लिगका र्सवाधीक गोलकर्ता हुन् ।
वुधवार र्सार्वजनिक १७ सदस्यिय टोलीमा अनुवन्धन भएका खेलाडीमा मच्छिन्द्रका पर्ूव खेलाडी रोबीत चन्द र नरेस केसी पनि रहेका छन् । चन्दले बर्तमान नेपाली फुटबलमा उत्कृष्ट रक्षकको छबी बनाएका छन् भने केसी स्कीलफुल र गतीसील खेलाडी मानीन्छन् । प|mेन्ड्सका मास्टर क्लास मिडफील्डर निराजन खड्का र दिपक भुसालका साथै एन आर टीका सुवाश राइ र संकटाका सुजल श्रेष्ठले पनि पुरानो क्लब छाड्दै मनाङको जर्सर्ीीभरेका छन् ।
पेन्टागन र ह्वाइटहाउस ँए’ ँमोर्गन कप’ नवौं पुरुष राष्ट्रिय बास्केटबल प्रतियोगिताको बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।राखेप कभर्डहलमा समूह ँसी’ को लिग खेलमा पेन्टागनले रिभल्वरलाई ६९-५७ ले पराजित गर्यो । पेन्टागनका लागी विस्डम पाण्डेले १८ स्कोर गरे ।
पराजित रिभल्वरका लागी उत्सव चन्दले २४ स्कोर गरे । लगातार तेश्रो जितसंगै पेन्टागन समूह विजेता बन्यो । दोश्रो क्वाटरमा पेन्टागनले हासिल गरेको अग्रता नै उसको जितको आधार बन्यो । त्यसमा पेन्टागनको पर््रदर्शन २२-११ रह्यो । पहिलोमा पनि पेन्टागन १७-१४ को झीनो अन्तरले अगाडि थियो । तेश्रोमा पेन्टागन १४-१६ ले पछि पर्यो भने चौथोमा १६-१६ को बराबरीमा रोकियो ।
समूह ँबी’ को लिग खेलमा ह्वाइटहाउस ँए’ ले कास्कीमाथि ९१-३६ को सहज जित दर्ता गर्यो । तेश्रो क्वाटर १८-१७ ले आफ्नो पक्षमा पारेको कास्कीले अन्यको नतिजा भने ह्वाइटहाउसलाई सुम्पेको थियो । ह्वाइटहाउस पहिलोमा २४-५, दोश्रोमा २६-१० तथा चौथोमा २४-३ ले अगाडि रह्यो । विजेताका विनोद श्रेष्ठले २३ स्कोर गरे । पुरुषकै अन्य समूह चरणको खेलमा भीएस निकेतन र नेपाल आर्मीले आ-आफ्नो खेल जिते ।