२०६७ - भद्र - २२ | 07, September 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

अनावश्यक काममा खर्च हुनेछ ।
साथीभाइबीच मनमुटावको योग छ ।
श्रीमान्-श्रीमतीबीच सम्बन्ध समुधुर हुनेछ ।
आम्दानीभन्दा खर्च धेरै हुनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
साथीभाइले सताउनेछन् ।
विपरीत लिंगीको सहयोग मिल्नेछ ।
आकस्मिक धन लाभको योग छ ।
मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।
आम्दानी राम्रो हुँदा मन खुसी हुनेछ ।
अध्ययन कार्यबाट सफलता मिल्नेछ ।
पारिवारिक सुख मिल्नेछ ।

अनमिनको जिम्मा प्रधानमन्त्रीलाई

नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन -अनमिन)को म्याद थप्ने, नथप्ने र कार्यादेश घटाएर थप्ने विषयमा दलहरुबीच व्यापक विवाद भइरहेका बेला मन्त्रिपरिषद्को सोमबारको बैठकमा चार महिनाका लागि म्याद थप्नेबारे छलफल भएको छ । बैठकले यही स्थितिमा म्याद थप्ने कि कार्यादेश घटाएर थप्ने विषयको जिम्मा भने प्रधानमन्त्रीलाई दिएको छ ।

बाँकी अंश »

आज पनि प्रधानमन्त्री निर्वाचन प्रचण्डको सम्भावना

प्रधानमन्त्री चयनका लागि मंगलबार हुने सातौं चरणको निर्वाचनमा माओवादी उम्मेदवार पुष्पकमल दाहाल 'प्रचण्ड' को पक्षमा बहुमत पुग्नेे संकेत देखिएको छ ।
मोर्चाको दोस्रो ठूलो घटक मधेसी जनअधिकार फोरमले माओवादी उम्मेदवारको पक्षमा मतदान गर्ने घोषणा गरिसकेको र लोकतान्त्रिक फोरम पनि माओवादीप्रति सकारात्मक बन्दै गएकाले प्रचण्डको पक्षमा बहुमत जुट्ने संकेत देखिएको हो ।

बाँकी अंश »

भोटेकोसीमा बस खस्यो पाँचको शव फेला, दर्ुइ दर्जन बढी बेपत्ता

तातोपानी नजिकैबाट बाह्रबीसे आउँदै गरेको एक यात्रुबाहक बस अरनिको राजमार्गअर्न्तर्गत गाती गाविसस्थित बसेरीमा दर्ुघटनाग्रस्त हुँदा त्यसमा सवार पाँच यात्रुको मृत्यु भएको छ ।
सोमबार बिहान बाह्रबीसेबाट तातोपानीतर्फगएको सो बस बाटो ब्रि्रेकाले गाती-९ स्थित ढुंगाखानीबाट र्फकने क्रममा भोटेकोसी नदीमा खसेको हो । ढुंगाखानीबाट र्फकेको १० मिनेटमै बस दर्ुघटनामा परेको हो । एक सातादेखि पहिरोले बाह्रबीसे-तातोपानी सडकखण्डका विभिन्न स्थान अवरुद्ध भएपछि यातायात सञ्चालनमा अवरोध खडा भइरहेको छ ।
बा२ख ४०१३ नम्बरको सो बस भोटेकोसीमा खस्दा दर्ुइ दर्जनभन्दा बढी यात्रु बेपत्ता भएका छन् । चालक, सहचालक र दर्ुइ यात्रुले भने पौडिएर ज्यान जोगाएका छन् ।
बसमा तीन दर्जन यात्रु भएको दर्ुघटनाबाट बाँच्न सफल यात्रुको दाबी छ । तर, प्रहरी नियन्त्रणमा रहेका चालक विक्रम शाक्यले भने १७ जना मात्र रहेको बताए । उनी र सहचालक बुद्ध श्रेष्ठलाई नियन्त्रणमा लिई प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

बाँकी अंश »

राष्ट्रपतिद्वारा वीरेन्द्र अस्पताल भ्रमण

राष्ट्रपति डा. रामवरण यादवले नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अस्पतालको भ्रमण गरी त्यहाँ रहेका बिरामीहरूको अवस्थाका बारेमा जानकारी लिएका छन् । उनले त्यहाँस्थित विभिन्न शयनकक्षको निरीक्षण गर्दै बिरामीहरूसँग पनि भलाकुसारी गरेको सैनिक जनसर्म्पर्क निर्देशनालयले विज्ञप्तिमार्फ जनाएको छ । सो अवसरमा राष्ट्रपति यादवलाई वीरेन्द्र अस्पतालका कमान्डान्ट सहायक रथी डा. गम्भीरलाल राजभण्डारीले अस्पतालको विविध पक्षको बारेमा जानकारी गराएका थिए ।

बाँकी अंश »

जनता दलका अध्यक्षद्वारा किर्ते हस्ताक्षर पार्टर्ीी विवाद

नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले किर्ते हस्ताक्षर गरेर निर्वाचन आयोगमा दल दर्ता गराएको रहस्य खुलेपछि सो पार्टर्ीी विवाद उत्पन्न भएको छ । संस्थापक अध्यक्ष रामदुलारीदेवी साहले हरीचरण साहविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गर्दै आफू पार्टर्ीीे अध्यक्ष भएको दाबी गरेकी छन् ।  
किर्ते हस्ताक्षर गरेर निर्वाचन आयोगमा दल दर्ता गरेको रहस्य खुलेपछि हरिचरण साहविरुद्ध उजुरी गरेको साहले राजधानीलाई बताइन् ।

बाँकी अंश »

सर्वोच्चमा फैसला कार्यान्वयन निर्देशनालय गठन तयारी

फैसला कार्यान्वयन प्रभावकारी बनाउन पहिलो चरणमा सर्वोच्च अदालतमा केन्द्रीय तहको र जिल्ला अदालत काठमाडौंमा फैसला कार्यान्वयन निर्देशनालय गठन हुने भएको छ ।
सर्वोच्च अदालतले देशभर एकसाथ  फैसला कार्यान्वयन निर्देशनालय गठनको मागसहित संगठन तथा  व्यवस्थापन र्सवेक्षणका लागि पठाएको पत्रमा हालका लागि दर्ुइ ठाउँबाट मात्र निर्देशनालय सुरु गर्न सामान्य प्रशासन मन्त्रालयले  सुझाव दिएको छ ।
र्सवाेच्चको एक हजार कर्मचारी आवश्यक पर्ने संगठन तथा व्यवस्थापन र्सर्वेक्षेणसहितको पत्रमा सामान्यले हालका लागि करिब ३० जना मात्र कर्मचारी उपयुक्त हुने सुझाव दिएको छ ।

बाँकी अंश »

View All »

वाटिका

इन्द्बेनी