© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
बाघको संख्यामा विश्वव्यापी ह्रास भइरहेका बेला नेपालमा भने बढेको छ । सरकारले तीन महिनाअघि विश्व वन्यजन्तु कोष -डब्लूडब्लूएफ) र राष्ट्रिय प्रकृति संरक्षण कोष -एनटीएनसी) को सहकार्यमा गरेको गणनाले गत वर्षो तुलनामा थप ३४ बाघ फेला परेको देखाएको छ ।
यो वर्षनेपालभर एक सय ५५ बाघ गणना गरिएको छ । गत वर्षएक सय २१ ओटामात्रै बाघ थिए । प्रथम विश्व बाघ संरक्षण दिवसका अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बिहीबार र्सार्वजनिक गरेको तथ्यांकअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २५ र अन्यत्र ३० गरी मुलुकभर एक सय ५५ बाघ छन् ।
जेलभित्रै कैदी लागूऔषध कारोबारमा संलग्न रहेको तथ्य फेला परेपछि प्रहरीले कारागारमा विशेष निगरानी थालेको छ । लागूऔषध नियन्त्रण तथा कार्यान्वयन इकाइ नयाँ बानेश्वरले जेल सुरक्षार्थ खटिएका प्रहरीसँग समन्वय गरेर निगरानी थालेको हो । एक महिनाअघि डिल्लीबजार कारागारका कैदी श्याम वर्ण्र्ाालको योजनामा लागूऔषध ओसारपसारमा संलग्न अभियोगमा प्रहरीले पा“चजना पक्राउ गरेको थियो ।
बाँकी अंश »
फोरम अध्यक्ष उपेन्द्र यादवले १७ साउनमा हुने तेस्रो चरणको प्रधानमन्त्री निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासम्बद्ध चार दल तटस्थ बस्ने या नबस्ने भन्ने विषयमा केही दिनभित्रै निर्ण्र्ाागर्ने बताएका छन् ।
तर, मधेसका मुद्दामा सहमति नभएमा मोर्चा संर्घष्ामा उत्रन बाध्य हुने उनले चेतावनी दिए । रिपोर्र्टर्स क्लबले बुधबार आयोजना गरेको साक्षात्कारमा स्वायत्त मधेस प्रदेशमा सहमति नभएमा मधेसी मोर्चा संयुक्त रूपमा संर्घष्ामा जाने चेतावनी दिँदै यादवले भने, 'समयमै यसबारे सोच्न कांग्रेस र माओवादीलाई आग्रह गछौर्ं ।'
'हामीले हाम्रो आधारपत्र स्पष्ट रूपमा राखेका छौं, कांग्रेस र माओवादीले जस्तो धारणा र्सार्वजनिक गर्छन्, त्यहीबेला हामी निर्ण्र्ाागर्र्छौं,' यादवले भने । तर, अहिले नै कुन दललाई र्समर्थन गर्ने भन्नेबारे कुनै पनि निर्ण्र्ााभइनसकेको उनको भनाइ थियो । 'हामी स्पष्ट छौं, साउन १७ मा मुलुकले नयाँ प्रधानमन्त्री पाउनर्ुपर्छ,'
जलवायु परिवर्तनले नेपालमा पारेको असर र त्यसबाट अनुकूलित हुने उपाय समेटिएको प्रतिवेदन राष्ट्रिय अनुकूलन कार्यक्रम -नापा) को तयारी अन्तिम चरणमा पुगेको छ ।
जसअनुरूप नापाको प्रारम्भिक मस्यौदा यसै सातादेखि सुझावका लागि र्सार्वजनिक गरिएको छ । इच्छुक सबैबाट सुझाव तथा प्रतिक्रिया लिइसकेपछि त्यसैअनुरूप संशोधन गरेर नापालाई अन्तिम रूप दिइनेछ ।
अगस्ट पहिलो सातासम्म मस्यौदामाथिको सुझाव र प्रतिक्रिया लिने तथा त्यसपछि सोहीअनुरूप संशोधित अन्तिम रूप जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि -यूएनएफसीसीसी) मा पठाइने नापा परियोजनाले जनाएको छ ।
'सुझाव आउन सुरु भइसकेको छ, अगस्ट पहिलो सातासम्म सुझाव लिएर त्यसै आधारमा नापालाई अन्तिम रूप दिन्छौं,' नापाका प्राविधिक अधिकृत ज्ञानेन्द्र कार्कीले बुधबार राजधानीसँग भने, 'अगस्ट अन्तिमसम्म पर्ूण्ा नापाको प्रतिवेदन यूएनएफसीसीसीमा पठाउँछौं ।'
महानगरीय प्रहरी परिसर भक्तपुरले बाघको छालासहित तीनजनालाई पक्राउ गरेको छ । दर्ुलभ मानिने पाटे बाघको छाला बिक्री गर्न लगिएका बेला अरनिको राजमार्गस्थित थिमीमा बुधबार बाघको छालासहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
बाँकी अंश »
सरकारले विशेष प्रकृतिका मुद्दा 'बन्द इजलास'बाट सुनवाइ गर्ने कानुनी व्यवस्था गरे पनि कार्यान्वयनमा जटिलता देखिएको छ ।
कानुनी व्यवस्थाबारे सम्बन्धित निकायबीच नै पर्याप्त जानकारी नहु“दा कार्यान्वयनमा जटिलता देखिएको हो । बालबालिकासम्बन्धी ऐन २०४८, मानव बेचविखन तथा ओसारपसार -नियन्त्रण) ऐन २०६४, घरेलु हिंसा -कसुर र सजाय) ऐन २०६६, मुलुकी ऐन जबरजस्ती करणीको महल, सर्वोच्च अदालत नियमावली २०४९, पुनरावेदन र जिल्ला अदालत नियमावली २०४८ र २०५२ ले बन्द इजलास व्यवस्था गरेको छ ।
तर, यी कानुनी व्यवस्था कार्यान्वयन प्रक्रिया कस्तो हुने - भन्नेमा सम्बन्धित निकाय नै अन्योलमा छन् । महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रहरी सहायक निरीक्षक चन्द्रकुमार सिंहले जिल्ला प्रहरी कार्यालयबाट पीडितको वास्तविक नामको सट्टा 'कोड' प्रयोग गरेर पठाए पनि सरकारी वकिलले नाम परिवर्तन गरी न्यायाधीशसम्म पुग्दा अर्कै नाम हुने गरेको बताए ।