२०६६ - फागुन - २६ | 10, March 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा

राशिफल

खर्च धेरै हुनाले चिन्ता बढ्नेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
घरजग्गाको कारोवारबाट लाभ हुनेछ ।
अनावश्यक अपजसको सामना गर्नुपर्नेछ ।
वौद्धिक काममा समय खर्च हुनेछ ।
पुराना साथी भेट हुनुको साथै खर्च बढ्नेछ
अनावश्यक विषयमा विवाद हुनेछ ।
साँध सिमानाको किचलो साम्य हुनेछ ।
स्वास्थ्य प्रतिकूल भए पनि आम्दानी हुनेछ ।
पि्रयजनले धोका दिन सक्नेछन् ।
आम्दानीभन्दा खर्च धेरै हुनेछ ।
नयाँ कामको अवसर मिल्नेछ ।

राजधानी

कांग्रेस एक महिनादेखि अनिर्णयको बन्दी - महाधिवेशन रोकिएको भन्नसमेत असमर्थ

एक महिनादेखि कांग्रेस केन्द्रीय समिति बैठक अनिर्णित हुँदा १२औं महाधिवेशन अन्यौलमा परेको छ ।
कांग्रेस केन्द्रीय समितिले २६ फागुनदेखि १ चैतसम्म १२ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर मंगलबार बसेको केन्द्रीय समिति बैठकले भोलिपल्टबाट तोकिएको महाधिवेशन स्थगित गरेको निर्णयसमेत गर्न सकेन ।

बाँकी अंश »

जमिमका हत्यारा अझै प्रहरीको पहुँचबाहिर

साचार-उद्यमी जमिम साहको हत्या भएको एक महिना पुग्दा पनि प्रहरीले मुख्य अभियुक्त बब्बु भनिने दीपक शाहीलाई पक्राउ गर्न सकेको छैन । उनलाई पक्राउ गर्न इन्टरपोलमार्फत पनि प्रयास
भएको छैन ।
प्रहरीले बब्बुलाई पक्राउ गर्न इन्टरपोलमार्फत खोजी गर्ने बताएको थियो । तर उनकाविरुद्ध अदालतमा मुद्दा दायर नभइकन इन्टरपोलमार्फत् सार्वजनिक गर्न मिल्दैन । प्रहरी प्रशासन अहिलेसम्म सो प्रकि्रयामा समेत पुगेको छैन ।
प्रहरीले साह हत्यामा संलग्न भएको आरोपमा अहिलेसम्म बहालवाला प्रहरी नायब निरीक्षक प्रकाश क्षेत्री किशोर खड्कालाई पक्राउ गरी अनुसन्धान गरेको छ भने आरोपी पूर्वडीएसपी जगदीश चन्द फरार छन् ।

बाँकी अंश »

लडाकूको विवरण माग गर्दै अनमिनलाई तेस्रो पत्र राष्टसंघीय उपमहासचिवलाई अनमिनको भूमिकाबारे प्रश्न गरिने

सरकारले राष्ट्रसंघीय मिसन अनमिनसँग विभिन्न शिविरमा रहेका माओवादी लडाकूहरुको अद्यावधिक विवरण माग गर्दै तेस्रो पटक बुधबार पत्राचार गर्ने भएको छ ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयले माओवादीसमेत सम्मिलित माओवादी लडाकू रेखदेख पुनःस्थापना र समायोजन विशेष समितिको निर्देशनअनुसार यथाशीघ्र चाँडो लडाकूहरुको विवरण उपलब्ध गराउन अनमिनलाई पत्राचार गर्न लागेको हो । यसअघि दुई पटक शान्ति तथा पुनर्निर्माण मन्त्रालयले लडाकूहरुको नाम ठेगाना र फोटोसहितको विवरण उपलब्ध गराउन अनमिनलाई पत्राचार गरिसकेको छ । तर अनमिनले गोप्य सूचनाहरु हतियार तथा लडाकू व्यवस्थापन सम्झौताअनुसार दिन नमिल्ने जवाफ दिँदै आएको छ ।

बाँकी अंश »

डिल्ली आचार्य÷राजधानी

काठमाडौं जिल्ला अदालतले दण्ड-जरिवाना ठहर गरेपछि फरार रहेका सात हजार बढी व्यक्तिलाई पक्राउ गर्न आग्रह गर्दै प्रहरी प्रधान कार्यालयलगायतका प्रहरी निकायमा पत्राचार गरेको छ ।
पक्राउ गर्न आग्रह गर्दै बुझाइएको नामावलीमा २००८ सालदेखि तिर्न बाँकी रहेका व्यक्तिहरुको विवरण उल्लेख छ ।
अदालतले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसर हनुमानढोकामा बुझाएको चार सय पृष्ठ लामो फेहरिस्तमा दुई रुपैयाँदेखि ३१ करोडसम्मका रकम नतिरी फरार व्यक्तिका ठेगाना र हुलियासमेत समावेश छ ।

बाँकी अंश »

संविधान निर्माणका लागि एमाले गम्भीर छैन ः केन्द्रीय सदस्य

शासकीयस्वरुप र राज्यको पुनःसंरचनाबारे पार्टीको स्पष्ट धारणा बनाइ आगाडि बढ्न एमाले केन्द्रीय सदस्यहरुले नेतृत्वलाई सुझाव दिएका छन् ।
शासकीयस्वरुप र राज्य पुनःसंरचनाबारे पार्टीले स्पष्ट अडानका साथ अघिबढ्न नसकेकाले संविधानसभामा दुविधा देखिएको भन्दै उनीहरुले यस विषयमा तत्काल आधिकारिक धारणा तय गरी अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
पार्टी कार्यालय बल्खुमा जारी केन्द्रीय कमिटीको आइतबार बसेको बैठकमा सदस्यहरुले संविधान निर्माणका सवालमा पार्टी बोलीमा जति व्यवहारमा गम्भीर नभएको भन्दै आलोचनासमेत गरेका थिए ।
बैठकमा सहभागी एक सदस्यका अनुसार आइतबार बोल्ने अधिकांश सदस्यले संविधान निर्माणबारे पार्टीले आफ्नो चुनावी घोषणापत्रमा लेखिएका विषयलाई आधिकारिक मानी त्यसमै अडिग हुनु सुझाव

बाँकी अंश »

'संविधान कांग्रेसले मात्र चाहेर हुँदैन ।'

कांग्रेस संसदीय दलका नेता एवं पार्टर्ीीपसभापति रामचन्द्र पौडेलले निर्धारित समयमा संविधान जारी गर्न संविधानसभाको सबैभन्दा ठूलो दल माओवादी बाधक भएको बताएका छन् ।

ज्ाापान सरकारको निमन्त्रणामा टोकियोतर्फलागेका नेता पौडेलले शनिबार त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थलमा सञ्चारकर्मीसँग भने 'माओवादी सहमति कायम गरेर समयमै संविधान बनाउने पक्षमा नदेखिएकाले कांग्रेसले मात्र संविधान बनाउन चाहेर हुँदैन ।'

बाँकी अंश »

View All »

वाटिका

इन्द्बेनी