© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
लमजुङमा एक बालिकाको बेवारिसे शव भेटिएको छ । भोटेओडार-८ मा पर्ने मर्स्याङ्दी नदीको किनारमा अन्दाजी १३ वषर्ीया बालिकको शव शुक्रबार अनुहार जलेको अवस्थामा भेटिएको हो । शवको सनाखत हुन सकेको छैन । कसैले हत्या गरेर अनुहार नचिनोस् भन्ने उद्देश्यले अनुहार जलाएर नदीमा बगाएको आशंका गरिएको छ । शवको पोस्टमार्टमका लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ ।
बाँकी अंश »
तीनदेखि नेपालगन्जमा फैलिएको झाडापखालाले प्रकोपको रूप लिन थालेपछि विशेषज्ञसहितको स्वाथ्यकर्मीको टोली शुक्रबार नेपालगन्ज आइपुगेको छ ।
नेपालगन्ज तथा आसपासका ग्रामीण क्षेत्र र छिमेकी जिल्लामा समेत झाडापखालको संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको एक उच्चस्तरीय टोली शुक्रबार बिहान नेपालगन्ज आइपुगेको जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले जानकारी दिए ।
नेपालगन्जका डुबानग्रस्त क्षेत्रमा र्सवसाधा™णहरू पखाला लागेको केही मिनेटमै बेहोस हुने र नाडी नचल्ने गरी सिकिस्त हुन थालेपछि सो झाडापखाला हैजा हुन सक्ने आशंकामा केन्द्रीय टोली नेपालगन्ज आइपुगेको हो । महाशाखाका डा. प्रमोद खनालको नेतृत्वमा डा. ठाकुर सिंह सम्मिलित टोलीले सोको परीक्षण गर्ने जनस्वाथ्य प्रमुख शाहले जानकारी दिए ।
सविन प्रियासन
दाङ १४ साउन । सञ्चार ब्यवसायी देविप्रसाद धिताल हेमराजको हत्याराबारे सूचना दिने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय दाङले ५० हजार पुरस्कार दिने घोषणा गरेको छ ।
नेपालगन्ज÷रास–बाँकेको राप्तीपारीको लक्ष्मणपुर–८ अलीनगरमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ ।
बाँकी अंश »
प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरद्वारा सञ्चालित आकस्मिक सेवा केन्द्रमा र्सपदंशका विरामीको चाप बढेको छ । गत असारमा मात्रै २९ जना र साउन लागेपछि १५ जना भन्दा बढी र्सपदंशका विरामीको उपचार गरिएको छ । यी मध्ये एक जना विरामीले ज्यानसमेत गुमाएका छन् ।
अकस्मात बढेको गर्मी र वषर्ाको कारण जमिन मुनिबाट र्सप बाहिर निस्कने गरेकोले र्सपदंशका घटना बढेको चिकित्सकहरु बताउछन । केन्द्रमा कहिले कहि एकै दिनमा चार पाच जना र्सपदंशका विरामी आउने गरेको उपचारमा संलग्न चिकित्सक अभय ठाकुरले बताए । केन्द्रमा बिस्तराकोसमेत अभाव रहेकोले र्सपदंशका धेरै विरामी एक पटक आउदा भर्ूइं मै राखेर उपचार गर्नु पर्ने बाध्यता छ ।र्
बाँकेमा झाडापखालाबाट तीन जनाको मृत्यु भएको छ भने सो रोगबाट सयौं र्सवसाधारण बिरामी परेका छन । बुधबार र बिहीबार मात्र नेपालगंजका अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीमध्ये तीन जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
मृत्यु हुनेमा दाङ तुलसीपुर-८ की ६५ वषर्ीया कलावती बुढाथोकी, नेपालगंज-५, गौसिया टोलकी ५ वषर्ीया जसविन हल्वाई र एक्लैनीका ५ वषर्ीय तानिया हल्वाई रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका महामारी नियन्त्रण विभागका रामबहादुर चन्दले जानकारी दिए ।
लक्ष्मण केसी
रुकुम १३ साउन
जिल्लाको एक र्दजन भन्दा बढी सरकारी कार्यालयका प्रमुखहरु एक साता देखि विहीन भएका छन । चालु आर्थिक वर्षको शुरुवात सगै विभिन्न कारण देखाउदै कार्यालय प्रमुख तथा कर्मचारीहरुले जिल्ला छोडेपछि सेवा गाहीहरु मर्कामा परेका छन ।
दाङ, १३ साउन । जिल्लाको पश्चिम भेग तुलसीपुर र त्यसका आसपासमा रहेका पाँच गाविसमा फैलिएको झाडापखालाले प्रकोपकोरुप लिदैगएको छ । झाडापखालाबाट थप एकको मृत्यु भएको छ । तुलसीपुर–८ निवासी कलवति बुढाथोकिको मृत्यु भएको इलाका प्रहरी कार्यालय दाङले जनाएको छ । उनको उपचारकाक्रमा मृत्यु भएको हो ।
बाँकी अंश »
लमजुङ,१३ साउन
लमजुङ सदरमुकाम वेसीशहरदेखि तनहुँको डुम्रे सम्मको बन्द सडक मध्यान्नदेखि खुलेको छ ।
लमजुङको चन्द्रेश्वर-१, स्वाँरा गाउँकी एक महिलाको रेबिज लागेर ज्यान गएको छ ।
आफ्नै घरमा पालेको कुकुरले टोकेको तीन महिनापछि स्थानीय ५१ वषर्ीया निर्मला अधिकारीको बुधबार बिहान ज्यान गएको हो ।
विगत सात वर्षेखि स्वास्थ्य स्वयंसेविकको रूपमा कार्यरत अधिकारीको उपचारका क्रममा बिहान काठमाडौँस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ज्यान गएको आफन्तले बताएका छन् । वैशाख अन्तिमतिर कुकुरले टोकेकोमा साउन दोश्रोसातामात्रै निर्मलालाई रेविजको लक्षण देखिएपछि उपचारका लागि सोमवारमात्रै काठमाडौँ लगिएको थियो । बैशाखमा कुकुरले टोक्ने वित्तिकै उपचारका लागि स्वास्थ्य संस्थामा गएको तर, स्वास्थ्यकर्मीले सामान्य टोकाईमा उपचारको आवश्यक नपर्ने वताएपछि उनले थप उपचार नगरेको आफन्तले वताएका छन् ।
जिल्लाको पश्चिम भेगका सबैजसो गाउँमा झाडापखाला व्यापकरूपमा फैलिए पनि गाउँका स्वास्थ्य चौकी र हेल्थपोष्टमा स्वास्थ्यकर्मी र कर्मचारीहरू स्वास्थ्य संस्थामा उपस्थित छैनन् । स्वास्थ्यकर्मीको अभाव र जनचेतनाको कमिले पश्चिम दाङमा झाडापखाला फैलिएको अनुगमनमा गएका एक स्वास्थ्यकर्मीले वताए ।
पञ्चकुले-९, मलै खोला गाउँमा फैलिएको झाडापखालाको अध्ययन गर्न गएका जनस्वास्थ्य अधिकृत डा. आरडि शाहले पञ्चकुले, पुरन्धारा, गोल्टाकुरी, हेकुली, श्रीगाउँमा रहेका हेल्थ पोस्थ र स्वास्थ्य चौकिमा कार्यरत प्रमुखहरू नै नियमित गाउँमा नबस्दा झाडापखालाले प्रकोपको रूप लिएको आफुले पाएको वताए । त्यस्तै उनले त्यसक्षेत्रमा जनचेतनाको कमि, सुद्ध पिउने पानीको अभाव, सरसफाईमा कमिलगायतका कारणले पनि झाडा पखाला फैलिरहेको वताए ।
यस विषयमा यसअघि जिल्ला जनस्वास्थ्य कार्यालयमा कुनै जानकारी नआएको भए पनि अध्ययनका क्रममा आफुले त्यसो पाएकाले कडाइका साथ कारवाही प्रक्रिया अगाडि बढाउने शाहको भनाइ छ ।
दाङ १२, साउन । रोल्पामा बुधवार एक वालक खोलामा वेपता भएका छन् रोल्पाको मिझिङ–८ मा रहेको जुटुङखोलामा वगेर वेपता भएका हुन् ।
लमजुङमा सम्बन्ध बिच्छेद् गर्नेहरुको संख्या बर्षेनी दोब्बर हुँदै गएको छ ।
गएको आर्थिक बर्ष २०६६÷०६७ मा मात्र जिल्ला अदालत पुगेर ४१ जना श्रीमान्श्रीमतीले सम्बन्ध विच्छद गरेकाछन् ।
मोरङ, १२ साउन स्थानीय एक यूवकको कुटापिट मोरङको सोराभागका एक जना गम्भीर घाइते भएकी छन् ।
मंगलबारराती स्थानिय युवाको कुटपिटवाट कुल्सुना खातुन गम्भिर घाईते भएकी हुन् । सोराभाग २ का मुस्तर मियाँले लेनदेनको विषयमा राती ८ वजे कुटपिट गर्दा ३५ वर्षिया खातुन घाईते हुनु भएको मोरङ प्रहरीले जनाएको छ । घाईते खातुनको बिराटनगर स्थित कोशी अंचल अस्पतालमा उपचार भइरहेको छ भने कुटपिट गर्ने मुस्तर फरार भएकाले खोजी कार्य भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
दाङ, १२ साउन । दाङमा ट्रेयाक्टरको ठक्करबाट मंगलबार राति एक जनाको मृत्यु भएको छ । तुलसीपुरबाट सल्यानतर्फजाँदै गरेको लु १ त ७७२० नम्वरको ट्रेयाक्टरलाई सल्यानबाट तुल्सीपुरतर्फ आउँदै गरेको लु १ त २२९३ नम्वरको ट्रेयाक्टरले ठक्कर दिंदा सहचालक तुलसीपुर नगरपालिका–१० दमारगाउँ निवासी २५ वर्षीर्य भिमबहादुर बिकको घटनास्थलमै मृत्युभएको हो ।
बाँकी अंश »