२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

ताजा समाचार

गाविस सचिवको सुरक्षामा सरकार गम्भीर पाँचबुँदे सुरक्षा योजना तय

असुरक्षाको कारण देखाउँदै मुलुकभरका गाविस सचिवहरूले धमाधम राजीनामा दिन थालेपछि सरकारले उनीहरूलाई विशेष सुरक्षा प्रदान गर्ने निर्ण्र्ाागरेको छ ।
जिल्लाका गाउँ विकास समितिमा बसेर जनताको दैनिक काम गर्दै आएका गाविस सचिवहरूको समस्या दिनप्रतिदिन जटिल बन्दै गएपछि सरकारले उनीहरूको सुरक्षाका लागि पाँचबुँदे सुरक्षा योजना अघि सारेको हो ।
गृह मन्त्रालयमा शुक्रबार बसेको गृहसचिवसहित तीनओटै सुरक्षा निकायका प्रमुख र स्थानीय विकास मन्त्रालयका पदाधिकारी सम्मिलित बैठकले गाविस सचिवहरूलाई सुरक्षाको प्रत्याभूति दिई आश्वस्त बनाउने र राजीनामा फिर्ता गर्राई काममा फर्काउने निर्ण्र्ाागरेको छ । यसका लागि जिल्ला सुरक्षा संयन्त्रका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि र गाविस सचिव हकहित संरक्षण केन्द्रका प्रतिनिधिहरू बसी छलफल गर्न बैठकले निर्देशन दिएको छ ।

बाँकी अंश »

सोभराजलाई जन्मकैद अझै चौध वर्षकरागारमै

अन्तर्रर्ााट्रय रूपमा 'बिकिनी किलर' र 'सिरियल किलर'को उपनाम पाएका ६६ वषर्ीय वृद्ध चार्ल्स सोभराज गुरुमुखले अझै नेपालको कारागारमा १४ वर्षबिताउनर्ुपर्ने भएको छ ।
र्सवाेच्चका न्यायाधीशहरू रामकुमारप्रसाद साह र गौरी ढकालको शुक्रबारको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौं र पुनरावेदन अदालत पाटनको यसअघिको फैसला सदर गरेकाले उनले अझै करिब डेढ दशक नेपालको कारागारमा बिताउनर्ुपर्ने भएको हो । नेपालको कानुनअनुसार जन्मकैद फैसला भए २० वर्षकारागार बस्नर्ुपर्छ ।
दर्ुइ विदेशी नागरिकको हत्या र जाली राहदानी प्रयोग गरेको अभियोगमा २०६० सालमा काठमाडौंको एक क्यासिनोबाट पक्राउ परेका प|mान्सेली नागरिक सोभराज ६ वर्षेखि नेपालको कारागारमा छन् ।

बाँकी अंश »

भाडापखालाको प्रकोप, हैजाको आशंका विषेशज्ञसहितको टोली नेपालगन्जमा

रुद्र सुवेदी
नेपालगन्ज, १४साउन  तीनदेखि नेपालगन्जमा फैलिएको झाडापखालाले प्रकोपको रुप लिन थालेपछि विशेषज्ञसहितको स्वाथ्यकर्मीको टोली शुक्रबार नेपालगञ्ज आईपुगेको छ ।
  नेपालगन्ज तथा आसपासका ग्रामीण क्षेत्र र छिमेकी जिल्लामा समेत झाडापखालको संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको एक उच्चस्तरीय टोली शुक्रबार विहान नेपालगञ्ज आईपुगेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए ।
  नेपालगन्जका डुबानग्रस्त क्षेत्रमा सर्वसाधारणहरु पखाला लागेको केही मिनेटमै बेहोस हुने र नाडी नचल्ने गरी सिकिस्त हुन थालेपछि सो झाडापखाला हैजा हुनसक्ने आशंकामा केन्द्रीय टोली नेपालगन्ज आईपुगेको हो ।
  महाशाखाका डा.प्रमोद खनालको नेतृत्वमा डा.ठाकुर सिंह सम्मेलीत टोलीले त्यसको परिक्षण गर्ने वाँकेका जनस्वाथ्य प्रमुख धिरजंग शाहले जानकारी दिए ।  
  नेपालगन्ज नगर क्षेत्रमा फैलिएको झाडापखालाको संक्रमणबाट प्रभावित हुनेको संख्या बढ्दै गएको छ । समाचार तयार पार्दासम्म भेरी अञ्चल अस्पतालमा ६५ तथा नेपालगन्ज शिक्षण अस्पतालमा दुई सयबढी झाडा पखालाबाट प्रभावित विरमीहरुको उपचार भईरहेको छ ।
  शुक्रबार २ बजेसम्म झाडा पखालाको कारण कसैको मृत्यु नभएपनि झाडापखालाबाट प्रभावितको संख्या बढ्दै गएको जिल्ला जस्वास्थ्य प्रमुख शाहले बातए ।
  यसअघि बिहीबारमात्र बाँकेमा झाडापखालाबाट तीन जनाको मृत्यु भएको छ । वितेको४८ घण्टाको अवधीमा नेपालगंजका अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीमध्ये तीन जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।
मृत्यु हुनेमा दाङ तुलसीपुर–८ की ६५ वर्षीया कलावती बुढाथोकी, नेपालगंज–५ गौसिया टोलकी ५ वर्षीया जसविन हल्वाई र एक्लैनीका ५ वर्षीय तानिया हल्वाई रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका महामारी नियन्त्रण विभागका रामबहादुर चन्दले जानकारी दिए ।
   भेरी अंचल अस्पताल नेपालगंजकी डा. सिन्धु शर्माले अस्पतालमा उपचारका लागि आएका प्रायः सबै बिरामीहरुमा एकै खालको लक्षण देखिएको बताईन ।
  बुधबारदेखि फैलिएको झडापखलाका कारण नेपालगन्ज नगरपालिका वार्ड नं. २, ४, ५, ६, ८ र १४ का मानिसहरु बढी प्रभावित भएको भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मी  दानबहादुर ठकुल्लाले बतए ।


बाँकी अंश »

काँग्रेसले साना दलसँग सहमति जुटाउदै

काठमाडौँ, १४ साउन । सरकार गठनको कसरतमा रहेको नेपाली काँग्रेसलाई साना दलहरुले राष्ट्रिय सहमतिको प्रयासमा लाग्न सुझाव दिँदै लोकतान्त्रिक गठबन्धनप्रति आफ्नो विश्वास कायमै रहेको बताएका छन् ।


बाँकी अंश »

सर्वोच्चद्धारा सोभराजलाई जन्म कैदको फैसला

काठमाडौ , १४ साउन
सर्वोच्चअदालतले फान्सेली नागरिक चाल्स सोभराजलाई सवस्व सहित जन्म कैदको फैसला गरेको छ । 

न्यायाधीशद्वय रामकुमार प्रसाद साह र गौरी ढकालको संयुक्त इजलासले पुनरावेदन अदालतको फैसलालाईर् सदर गर्ने निर्णय सुनाएको हो । उनी पाँच वर्षदेखि जेलमा थिए ।

अमेरिकी महिला कोन्निजो ब्रोनिचिजको हत्या गरेको अभियोगमा शोभराजलाई काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । काठमाडौं जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालत पाटनले पनि सदर गरेपछि शोभराजले ०६२ साल कात्तिक २४ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए । शोभराजको यसअघि असार ३० गते हुने भनिएको फैसला शुक्रबारसम्मका लागि सरेको थियो । 



बाँकी अंश »

सहमतिका लागि चक्रीय प्रणाली

प्रधानमन्त्री पदका लागि सहमतीय र दर्ुइपटक बहुमतीय प्रयास असफल भएपछि प्रमुख तीन दलबीच आलोपालो गरी सरकारको नेतृत्व गर्ने नयाँ प्रस्तावमा छलफल सुरु भएको छ ।
एमाले र माओवादीका शर्ीष्ा नेतृत्वबीच भने त्यस्तो चक्रीय प्रणालीबारे दर्ुइपक्षीय र बहुपक्षीय छलफल चलिसकेको छ । तर, त्यसलाई १७ साउनमा हुने प्रधानमन्त्री निर्वाचनपछि अन्य दलबीच छलफलका लागि प्रस्ताव गर्ने सुझाव माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिएको स्रोतले बतायो । स्रोतका अनुसार माओवादीबाट प्रधानमन्त्रीका प्रत्यासी प्रचण्ड र एमाले उपाध्यक्ष वामदेव गौतमबीच बुधबार त्यसबारे छलफल भएको थियो ।

बाँकी अंश »

वाघ संरक्ष गर्न भारतसँग सम्झौता

काठमाडौँ, १३ साउन । नेपाल सरकार र भारत सरकारबीच बाघ लगायतका जनावरको संरक्षण गरी पर्यावरणीय सुरक्षा बढाउने विषयमा आज सम्झौता भएको छ ।

  

बाँकी अंश »

त्रिवि पदाधिकारी घेराबन्दीमा

काठमाडौं, १३ साउन । प्रवीणता प्रमाणपत्र हटाउने निर्णय फिर्ता लिनुपर्ने अडानसहित आज ११ विद्यार्थी सङ्गठनले त्रिभुवन विश्ववद्यालयका पदाधिकारीलाई कार्यालयमै घेराबन्दीमा राखेका छन् ।


बाँकी अंश »

बाँकेमा झाडापखालाको प्रकोप तीनको मृत्यु, सयौ प्रभावित

रुद्र सुवेडी
नेपालगन्ज, १३ साउन  
 बाँकेमा झाडापखालाबाट तीन जनाको मृत्यु हुनुको सयौं मानिसहरु बिरामी परेका छन ।
 

बाँकी अंश »

दुर्घटनामा सैनिकको मृत्यु

कास्की, १३ साउन । सवारी दुर्घटनामा पोखरामा एक सैनिक जवानको मृत्यु भएको छ ।

    पोखरा विमानस्थलस्थित कालीभन्ज्याङ गणमा कार्यरत दैलेख घर भएका सैनिक जवान जगतबहादुर बडुवालको उपचारको क्रममा मृत्यु भएको हो ।

    बडुवाल चढेको ग२प ४६ नं को मोटरसाइकललाई गएराति ग१ज २९२६ नं को प्राइभेटकारले ठक्कर दिँदा उनीसहित मोटरसाइकलचालक नरेन्द्रकुमार गुरुङ घाइते भएका थिए । अर्का घाइते गुरुङको उपचार भइरहेको छ ।

    घटनापछि फरार रहेको कार आज बिहान पृथ्वीचोकस्थित राजभण्डारी ग्यारेजमा फेला परेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ  ।      कार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस



बाँकी अंश »

बाघको सङ्ख्यामा वृद्धि

काठमाडौँ, १३ साउन । वन तथा भू–संरक्षण मन्त्रालयले आज सार्वजनिक गरेको प्रतिवेदनले नेपालमा बाघको सङ्ख्या १२१ बाट बढेर १५५ पुगेको देखाएको छ ।

    प्रथम बाघ संरक्षण दिवसका अवसरमा आज सार्वजनिक भएको प्रतिवेदनमा चितवन राष्ट्रिय निकुञ्जमा हालै गरिएको सर्वेक्षणसहितका आधारमा नेपालमा बाघ सङ्ख्या बढेको हो ।

    यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा मात्रै १२५ वटा वयस्क बाघ देखिएका छन् ।

    गत वर्ष सो स्थानमा बाघको सङ्ख्या ९१ रहेको थियो । नेपालमा सबैभन्दा बढी बाघ पाइने क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज नै हो ।

    निकुञ्जको चुरिया र बरण्डारभार मध्यवर्ती क्षेत्रमा समेत गरी एक हजार २६१ वर्ग किलोमिटर क्षेत्रमा वैज्ञानिक  अनुगमन गर्दा प्रति वर्गकिलोमिटर क्षेत्रफलमा ६ दशमलव ५३ वयस्क बाघ रहेको पाइएको छ ।

    अध्ययनका लागि विश्व वन्यजन्तु कोष, नेपालबाट रु ३८ लाख उपलब्ध गराएको थियो ।

    गत अक्टोबर २००९ मा नेपालमा भएको विश्व बाघ सम्मेलन र जनवरीमा थाइल्यान्डमा सम्पन्न मन्त्रीस्तरीय बैठकमा नेपालले प्रस्ताव गरेअनुसार बाघ पाइने देशहरुमा २९ जुलाईका दिन बाघ संरक्षण दिवस मनाउने तय भएको थियो ।

    यसअघि यस्तो दिवस बङ्गलादेशमा मात्रै मनाउँदै आएको थियो ।
 दक्षिण एसियामा पनि भुटान, नेपाल र भारतमा मात्रै ६० प्रतिशत बाघ रहेका छन् ।

वनमन्त्री दीपक बोहराले प्रतिवेदन सार्वजनिक गर्दै बाघको सङ्ख्या वृद्धिले नेपालले बाघ संरक्षणमा विश्वमै उदाहरणीय कार्य गरेको पुष्टि भएको दावी गरे । रासस


बाँकी अंश »

माओवादीद्वारा मधेसीमोर्चालाई पठाइने लिखितपत्र पारित

काठमाडौँ, १३ साउन । माओवादीले लोकतान्त्रिक मधेसी मोर्चालाई पठाइने लिखितपत्र आज पारित गरेको छ ।

 पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले मोर्चाले पठाएको लिखितपत्रका आधारमा तयार पारिएको लिखित जवाफपत्र अनुमोदन गरेको हो ।

बाँकी अंश »

सैन्य भर्नाको बाटो खुल्यो थप विवाद आउन सक्छ ः रिट निवेदक

सर्वोच्च अदालतले सैन्य भर्नाविरुद्धको रिट निवेदन बुधबार खारेज गरेपछि नेपाली सेनालाई भर्ना खोल्न बाटो खुलेको छ ।
र्सवाेच्चका न्यायाधीशद्वय बलराम केसी र गौरी ढकालको संयुक्त इजलासको फैसलापछि सैन्य भर्नाविरुद्ध लामो समयदेखिको न्यायिक विवाद अन्त्य
भएको हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारको कार्यकालमा उब्जेको सैन्य भर्ना विवादलाई र्सवाेच्चले न्यायिक क्षेत्राधिकारभित्र नपर्ने ठहर गर्दै रिट खारेज गरेको हो ।
यद्यपि, यसअघि नेपाली सेना र माओवादी लडाकूले गरेको भर्ना वैध थियो/थिएन भन्ने विषयमा भने फैसला मौन छ ।
सैन्य भर्ना विवादबारे यसअघि सर्वोच्चले भर्ना भएका वाहेकलाई थप भर्ना नगर्न अन्तरिम आदेश दिएको थियो ।
इन्हुरेड इन्टरनेसनलका तर्फाट अधिवक्ता श्रीकृष्ण सुवेदीसहितले बेग्लाबेग्लै दर्ता गरेको दर्ुइओटा रिट निवेदनको सुनुवाइपछि र्सवाेच्चले तत्काललाई न्यायिक क्षेत्राधिकारभित्र नपर्ने ठहर गर्दै टंुग्याए पनि भर्नाबारे थप विवाद आउने निवेदकको दाबी छ ।
संवैधानिक वा कानुनी प्रश्न समावेश भएको विवादमात्र अदालतले समाधान गर्ने भएकाले सम्झौता, समझदारी वा करारका दर्ुइ पक्षबीच मात्र लागू हुने र्सतयुक्त दस्तावेजबाट उत्पन्न हुने विवाद असाधारण अधिकार क्षेत्रबाट हर्ेन नमिल्ने र्सवाेच्चको ठहर छ ।

बाँकी अंश »

राष्ट्रिय संयुक्त सरकारको विकल्प छैन ः भट्टर्राई

माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले राष्ट्रिय संयुक्त सरकार गठन नभएसम्म शान्ति प्रक्रिया र संविधान निर्माण टुंगोमा पुग्न नसक्ने दाबी गरेका छन् ।
पार्टर्ीी तर्फाट प्रधानमन्त्रीको उम्मेदवार बनेका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई जिताउन दलहरूसँग वार्ता जारी रहेकै बेला उपाध्यक्ष डा. भट्टर्राईको सो धारणा आएको हो ।
हाल व्यवस्थापिका संसद्बाट बहुमतका आधारमा प्रधानमन्त्री चयनको काम भइरहेको छ । यसका लागि माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल चुनावी मैदानमा छन् । पहिलो र दोस्रो चरणको निर्वाचनबाट प्रधानमन्त्री चयन हुन नसकेपछि पुनः १७ गते निर्वाचन हुँदै छ ।
प्रधानमन्त्रीका लागि व्यवस्थापिका संसद्मा तीन पटकभन्दा बढी निर्वाचन गर्न नमिल्ने प्रावधानसहित संसद् नियमावली संशोधनको आवाज उठिरहेका बेला त्यसलाई बल पुग्ने गरी उपाध्यक्ष भट्टर्राईले पार्टर्ीी अन्तिम समयसम्म राष्ट्रिय संयुक्त सरकार निर्माणका लागि पहल गर्ने बताए । उनले त्यस्तो सरकारको नेतृत्व ठूलो दलको नाताले माओवादीले नै गर्न पाउनर्ुपर्ने दाबी गरे ।

बाँकी अंश »

प्रधानमन्त्री – राजदूत भेट

काठमाडौँ, १२ साउन । प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत एन्ड्रयुहलले आज बिदाई भेट गरेका छन् ।

 

बाँकी अंश »

वाटिका

इन्द्बेनी