© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
प्रजातान्त्रिक गणतन्त्र कंगोमा एउटा यात्रुबाहक डुंगा नदीमा डुब्दा करिब १ सय ४० जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् । पश्चिमी बानडुनडु प्रान्तको कंगो नदीको सहायक कार्साई नदीमा डुंगा डुबेको बताइएको छ ।
डुबेको डुंगाले क्षमता भन्दा निकै बढी यात्रु बोकेको प्रहरीले बेलायती समाचार संस्था रोयर्टसलाई बताए ।
दशकौंको द्वन्द्वपछि कंगोमा थोरै मात्र सडक सर्म्पर्कहरु बाँकी रहेकोले यहाँका बासिन्दाहरुले खचाखच भरिएका डुंगा मार्फत् यात्रा गर्छन् ।
इस्लामावादले 'आतंकवाद निर्यातलाई प्रोत्साहन' गर्न नहुने बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको अभिव्यक्तिले पाकिस्तानी अधिकारीहरुलाई आक्रोशित बनाएको छ ।
क्यामरुनले बुधबार छिमेकी देश भारतको भ्रमणका बेला पाकिस्तानबारे त्यस्तो टिप्पणी गरेका थिए । उनको भ्रमणको उद्देश्य भारतसँगको व्यापारिक सम्बन्ध विस्तार गर्नु थियो ।'यो मुलुक -पाकिस्तान) ले भारत, अफगानिस्तान वा विश्वको जुनसुकै देशमा आतंकवाद निर्यातलाई प्रोत्साहन दिएको हामी कदापि सहन सक्दैनौं' क्यामरुनले बुधबार बैंगलोरमा भनेका थिए । पाकिस्तानी जासुसी अधिकारीहरुले लश्कर-ए-ताइवा जस्ता समूहहरुलाई संरक्षण दिइरहेको आरोप लगाइरहेको भारतमा यो प्रतिक्रियालाई स्वागत गर्ने अपेक्षा गरिएको छ । भारतले लश्कर-ए-टाइबामाथि सन् २००८ मा मुर्म्बई हमला गराएको आरोप लगाएको छ ।
बाँकी अंश »
तेहरान/एजेन्सी( संयुक्त राज्य अमेरिकाले इरानी सत्ता ढाल्न विपक्षीलाई अर्बौं डलर सहयोग दिएको र अरू पचासौं अर्ब डलर दिने वाचा गरेको इरानको निर्वाचन पहरेदारले आरोप लगाएको खबर आएको छ ।
गार्जियन काउन्सिलका अयातोल्लाह अहमद जन्नतीका अनुसार वासिंगटनले इरानका 'देशद्रोही नेताहरू'लाई गतवर्षराष्ट्रपतीय निर्वाचनपछि भएको आन्दोलनका क्रममा सत्ता ढाल्न एक अर्ब डलर उपलब्ध गराएको थियो ।
'अमेरिकीहरूले क्षेत्रीय मुलुकहरूमा क्रियाशील तिनका साउदी एजेन्ट मार्फ एक अर्ब डलर देशद्रोही नेताहरूलाई दिएको देखाउने लिखतहरू मैले हात पारेको छु' इरानको आइएलएनए समाचार समितिले जन्नतीलाई उद्धृत गरेको छ । अमेरिकाको तर्फाट बोलेका ती साउदी नागरिकहरूले विपक्षी नेताहरूलाई 'सत्ता ढाल्न सक्छौ भने हामी थप ५० अर्ब डलर दिन्छौं' भनेको जन्नतीले बताए ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले भारतसँग नयाँ सम्बन्ध विस्तारका लागि अपिल गरेका छन् ।
भारत भ्रमणमा रहेका बेलायती प्रधानमान्त्री क्यमरुनले भारत आफ्नो देशको निकै पुरानो मित्र राष्ट्र भएको र ऊसँगको सम्बन्धबाट दुवै मुलुकलाई आर्थिकलगायतका धेरै क्षेत्रमा आपसी सहयोग पुग्ने धारणा राखे ।
बंैगलोरमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उनले लण्डन पहिलोपटक भारतमा बेलायती आणविक प्रविधिको निर्यातका लागि सहमत भएको पनि जानकारी गराए । क्यामरुनले भने 'म बेलायत र भारतको सम्बन्धलाई नयाँ र अर्कै तहमा स्थापित गर्न र यसलाई आगामी दिनमा पनि थप बलियो र प्रगाढ बनाउन चाहन्छु ।'
भारतको दक्षिणी भागमा रहेको सहर बैंगलोरमा अवस्थित सफ्टवेयर कम्पनर्ीर् इन्फोसिसमा सम्बोधन गर्दै उनले दर्ुइ देशबीचको सम्बन्धलाई नयाँ परिभाषाका साथ अगाडि बढाउनर्ुपर्नेमा जोड दिए ।
वासिंगटन/एजेन्सी- अमेरिकी नेतृत्वमा भइरहेको अफगान युद्धको धमिलो तस्बिर प्रस्तुत गर्दै वासिंगटनको आतंकविरोधी युद्धको प्रमुख सहयोगी पाकिस्तानबारे नयाँ आशंका जन्माएको गोप्य सैन्य प्रतिवेदनको विस्फोटक चुहावट व्यवस्थापन ओबामा प्रशासन सोमबार कठिन बाटो सावित भयो ।
राष्ट्रपति बाराक ओबामाले तालिबान व्रि्रोह दबाउन ३० हजार थप सैनिक पठाएको पृष्ठभूमिमा करिब ९१ हजार बर्गीकृत लिखतको चुहावटले अलोकप्रिय युद्धबारे कंग्रेसमा अनिश्चितता बढाउने सम्भावना व्यक्त गरिएको छ ।
सियाको पवित्र सहर कारबालामा धार्मिक उत्सवका लागि जम्मा भएको ठूलो भीडमा सोमबार दर्ुइ वटा बम विस्फोट हुँदा कम्तीमा ४० मारिनुका साथै ६८ जना घाइते भएको प्रत्यक्षदर्शीहरु र चिकित्सकहरुले जनाएका छन् ।
पहिलो विस्फोट एक आत्मघातीले तर्ीथालुहरुको एउटा ठूलो समूहमा आफैलाई उडाएका थिए । सो विस्फोटमा १८ जना मारिएका थिए । त्यसको केही मिनेटपछि नै पहिलो विस्फोट भएको स्थानबाट करिब तीन सय मिटर पर कार विस्फोट भएको थियो, जसमा कम्तीमा २२ जनामो मृत्यु भएको थियो ।
दुवै विस्फोट इराकको राजधानी बग्दादबाट एक सय १८ किलोमिटर पर मध्य कारबारामा भएका थिए ।
कारबारामा इमाम अल-माहदीको विदा मनाउन हजारौं शियाहरु त्यहाँ भेला भएका थिए । प्रहरीका अनुसार तर्ीथालुहरुको सुरक्षाका लागि करिब ३० हजार सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।
संयुक्त राज्य अमेरिकाको सहयोगी कोलम्बियाले उसको देशका व्रि्रोहीलाई आश्रय दिएको बाहनामा भेनेजुयली भू-भागमा हमला गरेको खण्डमा अमेरिकातर्फआपर्ूर्ति हुने तेल रोकिदिने भेनेजुयलाका राष्ट्रपति हुगो चाभेजले चेतावनी दिएका छन् ।
हजारौं र्समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा चाभेजले सो चेतावनी दिएको प्राप्त समाचारमा उल्लेख छ । 'यदि कोलम्बियाली भूभाग वा यांकी साम्राज्यद्वारा समर्थित अन्य कुनै पनि ठाउँबाट भेनेजुयलामाथि कुनै पनि सशस्त्र हमला भयो भने हामी अमेरिकातर्फहुने तेलको चलानी रोकिदिन्छौं' चाभेजले भने ।
'हामी प्रशोधनकेन्द्रमा एक थोपा पनि थप तेल पठाउँदैनौं, एक थोपा पनि' संयुक्त राज्य अमेरिकालाई यस क्षेत्रमा उत्पन्न सबै तनावको दोष लगाउनयोग्य पात्रको रुपमा प्रस्तुत गर्दै चाभेले भने ।
इरानको विवादास्पद आणविक कार्यक्रम रोक लगाउन यूरोपियन यूनियनका विदेशमन्त्रीहरु तेहरानमाथि आधिकारिकरुपमा प्रतिबन्ध लगाउने तयारीमा जुटेका छन् ।
प्रतिबन्धमा विदेश व्यापार, आर्थिक सेवाहरु र देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पेट्रोलियम क्षेत्रहरु पर्नेछन् । अधिकारीहरुले निर्ण्र्ााधिन फैसलाहरुलाई र्'इयूले कुनै पनि राष्ट्रमाथि लगाइने सबैभन्दा कठोर प्रतिबन्ध' भनी व्याख्या गरेका छन् ।
अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध सशक्त गरेको एक महिनापछिर् इयूले यस्तो कदम चाल्न लागेको हो ।
अमेरिका र उसका सहयोगी राष्ट्रहरुले तेहरानले आणविक हतियारको विकास गर्न खोजिरहेको आरोप लगाएका छन् । तर इरानले भने आफ्ना सबै आणविक कार्यक्रमहरु शान्तिपर्ूण्ा प्रयोजनका लागि भएको दाबी गरेको छ ।
गत महिना राष्ट्रसंघीय सुरक्षा परिषदले आणविक कार्यक्रमका लागि इरानमाथि चौथो चरणको प्रतिबन्ध पारित गरेको थियो । यसले प्रत्यक्षरुपमा इस्लामिक रिभोलुसनरी गार्ड कोप्स्लाई लक्षित गरेको छ ।
युगान्डाका राष्ट्रपति योवेरी मुसेवेनीले आतंककारीहरुलाई अप्रिmकाबाट जसरी पनि लखेट्न अप्रिmकी युनियनका नेताहरुलाई आग्रह गरेका छन् ।
'सामूहिक सहकार्य गरौं र उनीहरुलाई यहाँबाट लखेटौं' उनले भने ।
गएको ११ जुलाईमा युगान्डाको राजधानी कम्पालामा अतिवादीले गराएको बम विस्फोटमा परी ७६ जनाको निधन भएको घट्नाको स्मरण गर्दै उनले सो आग्रह गरेका हुन् ।
आणविक अस्त्रद्वारा प्रतिकार गरिने उत्तरकोरियाको चेतावनीका बाबजुद संयुक्त राज्य अमेरिका र दक्षिणकोरियाले आइतबार सी अफ जापानमा अणु ऊर्जाबाट सञ्चालित अमेरिकी युद्धपोतसहित ठूलो नौसैनिक अभ्यास सुरु
गरेको छन् ।
उक्त सैन्य अभ्यासले कोरियाली प्रायद्वीपलाई युद्धको डिलमा धकेल्ने प्योङयाङले चेतावनी दिएको थियो । सैन्य अभ्यासमा अणु ऊर्जाबाट सञ्चातिल हवाई जहाजबाहक युद्धपोत यूएसएस जर्ज वासिंगटन समेत सहभागी भएको प्राप्त समाचारमा उल्लेख छ ।
प्योङयाङ/बीबीसी- उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले गरिरहेको संयुक्त सैन्य अभ्यासप्रति आणविक प्रतिक्रिया जनाउने धम्की दिएको छ ।
'प्योङयाङ जुनसुकै समयमा पवित्र प्रतिशोध युद्ध सुरु गर्न तयार छ,' सरकारद्वारा सञ्चालित कोरिया सेन्ट्रल न्युज एजेन्सी -केसीएनए) ले लेखेको छ ।
तर वासिंगटन र सिउलले भने आफूहरुको अभ्यासलाई उत्तरको आक्रमण निरुत्साहित गर्नका लागि भनेका छन् ।
गत मार्चमा दक्षिण कोरियाली युद्धपोत डुबेपछि दर्ुइ कोरियाबीच तनाव चुलिएकै बेला संयुक्त सैन्य अभ्यासको तयारी भएको छ । एक अन्तर्रर्ााट्रय अनुसन्धानले उक्त युद्धपोत उत्तरले डुबाएको जनाए पनि प्योङयाङले यसको कडा विरोध गरेको छ । राष्ट्रसंघीय छानविनले पनि उत्तरको हात नरहेको बताएको छ ।
उत्तर कोरियाले युद्धको धम्की दिएको यो पहिलो पटक भने होइन ।
इरानी राष्ट्रपति मुहमद अहमदिनेजादले रसियाली समकक्षी दिमित्री मेद्भेदेभलाई 'इरानका दुश्मनको प्रवक्ता' को रुपमा आलोचना गरेर तेहरान र मस्कोबीच तनाब बढ्दै गएको प्रष्ट पारेका छन् ।
रसियाले इरानको विवादास्पद आणविक कार्यक्रममा लुप्त एजेन्डा रहेको आरोप लगाउँदै अमेरिका र यूरोपेली संघकोको पक्षमा उभिएपछि अहमदिनेजादले यस्तो प्रतिक्रिया दिएका हुन् ।