© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - १७ | 02, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
जिल्लाका दर्जन गाविसहरूका अधिकांश प्राथमिक तहका कक्षाहरूमा स्थानीय मातृभाषा खाममगर पढाइ हुने गरेको छ ।
मातृभाषा बोलिरहेका स-साना बालबालिकाहरूले नेपाली भाषाका पाठययसामग्री नबुभmने भएपछि प्राथमिक तहका कक्षाहरूमा स्थानीय स्तरमा बोलिने खाममगर भाषामा शिक्षण गरिएको हो । जिल्लामा स्थानीय खाममगर भाषा बोल्ने विभिन्न विद्यालयका प्राथमिक तहमा मात्र करिब १३ हजार आठ ९० बालबालिका रहेका छन् । जसमध्ये ६ हजार ६ सय २७ बालिका रहेका छन् भने सात हजार एक सय ६३ बालक रहेका छन् ।
नेपाल सरकारले प्राथमिक तहमा स्थानीय भाषाको पाठयक्रम लागू गर्न सकिने व्यवस्था गरे पनि जिल्लास्थित स्थानीय भाषाको पाठयक्रम निर्माण नहुँदा स्थानीय मातृभाषामा पढाउन थालिएको हो ।
शिक्षासचिव शंकरप्रसाद पाण्डेले खेताला शिक्षक राखी आफ्नो व्यक्तिगत काममा विद्यालय छाडेर हिँड्ने शिक्षकहरूलाई कारबाही गर्न जिल्ला शिक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।
तीन दिनदेखि भक्तपुरमा जारी देशभरका जिल्ला शिक्षा अधिकारीको तालिमको समापन कार्यक्रममा सचिव पाण्डेले सो निर्देशन दिएका हुन् ।
सचिव पाण्डेले खेताला शिक्षक खोजेर विद्यालय बाहिर जाने शिक्षकहरूलाई तत्काल कारबाही प्रक्रिया अगाडि बढाउनका जिशिअहरूलाई अधिकारसमेत दिएका छन् । 'यस्ता शिक्षकलाई तत्काल कारबाही गर्नुस्, मन्त्रालयबाट आवश्यक सहयोग हुनेछ,' पाण्डेले भने ।
शिक्षा क्षेत्रमा सहयोग गर्दै आएका दातृ निकायका प्रतिनिधिहरूले शिक्षकहरूले खेताला खोजेर विद्यालयमा पढाउन छाडी आफ्नो व्यक्तिगत काममा हिँडेको समाचार राष्ट्रिय दैनिकहरूमा प्रकाशित भएपछि मन्त्रालयलाई पत्र समेत पठाएको थियो । दोलखा, नुवाकोटलगायतका जिल्लामा खेताला शिक्षक राखेर व्यक्तिगत काममा हिँडेको समाचार राजधानी राष्ट्रिय दैनिकले १५ भदौमा प्रकाशित गरेको थियो ।
राष्ट्रिय अधिवेसन नजिकिदै जाँदा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा दर्ुइ धार देखा परेका छन् । संस्थापन र केपी पक्षधर गरी दर्ुइ धारमा वाँडिएका विद्यार्थी नेताहरू यतिखेर चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।
आफुलाई केपी पक्षधर र संस्थापन पक्षधर भन्दै उम्मेदवारहरूले लविङ सुरु गरीसकेका छन् । आगामी असोज १५-१८ गते जनकपुरमा हुन गइरहेको राष्ट्रिय अधिवेसनमा विद्यार्थी नेताहरू यसरी छुट्टीएर प्रचार प्रसारमा लागेका हुन ।
प्राविधिक शिक्षा अध्ययनपछि सहजै रोजगारी पाउने भएपछि दाङमा प्राविधिक विषयमा अध्ययन गर्नेहरूको संख्यामा वृद्धि भएको छ । जिल्ल्ामा विभिन्न विषयमा प्राविधिक प्ाढाइ हुने गर्छ ।
यही क्रममा प्राविधिक ज्ञान र सीप सिकेर केही गर्छर्ुुन्ने संकल्पका साथ सौडियार-८ बेलरीकी सिर्जना सुवेदी हाल प्राविधिक शिक्षा अध्ययन गर्नमा तल्लीन छन् । उनले प्राविधिक शिक्षापछि रोजगार सुनिश्चित भएकाले आफू यस क्षेत्रमा लागेको बताइन् । 'मलाई प्राविधिक शिक्षामा ज्यादैै रुचि लाग्छ, प्राविधिक शिक्षा पढ्दा भविष्यप्रति आशासमेत पलाएको छ,' उनले भनिन् ।
उनी भविष्यमा सफल ओभरसियर बन्ने सपना बुनेकी छन् । राप्ती इन्जिनियरिङ कलेजको डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तहको दोस्रो वर्षचौथो सेमेस्टरमा अध्ययनरत सुवेदीले अन्नपर्ूण्ा बोर्डिङबाट एसएलसी उत्तर्ीण्ा गरेकी हुन् । 'मलाई एसएलसी पास हुनुअघि नै प्राविधिक शिक्षा अध्ययन गर्ने रहर जागेको थियो, पास भएपछि प्राविधिक शिक्षाका लागि यहाँ आएकीे हुँ' उनले भनिन् ।
श्री महेन्द्र उ.मा.वि। छिवाङ्ग चौताराका बालबालिकाहरूलाई नेपाल बालमजदुर सरोकार केन्द्र - सिविन नेपाल रुकुम ) को सहायोगमा जिल्लाका १७ वटा बिद्यालयमा कक्षा १ देखि ३ सम्म बालमैत्रिक कक्षाशिक्षण संचालनमा आएको छ ।
सो बालमैत्रिक शिक्षणमा १ कक्षाका १४२ जना बालबालिका संलग्न छन । सो वाल शिक्षणमा छिवाङ्गको ७, पेउघाका ५ तथा भलाक्चाका ५ वटा गरि जम्मा १७ वटा बिद्यालमा संचालन भएके छ । सो कक्षामा ७९० छात्र र ६५२छात्ताको सहभागीता रहेको छ । गैरसरकारी संस्था सिविन नेपालले यी बालबालिकाको लागि कक्षा शिक्षनमा आबश्यक सामाग्रीको ब्यबस्था मिलाउँदै आएको छ ।
उपराष्ट्रपति परमानन्द झाले सबै वर्ग तथा क्षेत्रमा औपचारिक एवं अनौपचारिक शिक्षाका लागि पुस्तकालय जननी भएको बताएका छन् ।
तेस्रो पुस्तकालय दिवसको अवसरमा बहादुरभवनस्थित उनकै कार्यालयमा आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति झाले थपे, 'आजका नानीलाई भोलिका र्सजक बनाउन पुस्तकालयले अहं भूमिका खेलेको हुन्छ ।'