© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
धान रोप्ने समयमा सरकारले रासायनिक मल उपलब्ध नगराएपछि रौतहटमा रासायनिक मलको अभाव भएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडले उपलब्ध गराउँदै आएको रासायनिक मल यस पटक मकैपीडित किसानहरूलाई मात्र उपलब्ध गराएपछि अन्य किसानहरूले रासायनिक मल नपाएका हुन् ।
रौतहट जिल्लामा मकैपीडित किसानका लागि भन्दै डीएपी एक सय ९८, युरिया दर्ुइ सय ४७ र पोटास एक सय २३ मेटि्रक टन रासायनिक मल सरकारले पठाएको छ ।
सो मल जिल्ला कृषि विकास कार्यालयले मकैपीडित किसानहरूलाई वितरण गर्न खरिद गरेपछि जिल्लामा रासायनिक मलको अभाव भएको कृषि सामग्री कम्पनी चन्द्रनिगाहपुरका शाखा प्रबन्धक शिवबहादुर बुढाथोकीले बताए । साउनको अन्तिम सातामा थप रासायनिक मल आउने समेत उनले जानकारी दिए ।
गत फागुन चैतमा रौतहटलगायतका जिल्लामा किसानले रोपेको मकैको घोगामा दाना नलागेपछि किसानहरूले क्षतिपर्ूर्तिको माग गर्दै चरणबद्ध आन्दोलनसमेत गरेका थिए ।
जिल्ला कृषि विकास कार्यालयले स्थलगत निरीक्षण नगरी हचुवाको भरमा जिल्लाभरिमा ४५ सय हेक्टरमा लगाएको मकै बालीमा घोगा नलागेको भन्दै क्षतिपर्ूर्ति रकम माग गरेपछि सरकारले जिल्लालाई तीन करोड नौ लाख २५ हजार रकम दिएको छ ।
र्सार्वजनिक यातायातमा सरकारको उपस्थिति अत्यन्तै न्यून हँुदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् । सरकारले र्सार्वजनिक यातायातमा आफ्नो उपस्थिति घटाएर निजी क्षेत्रलाई स्वतन्त्र ढंगले छोडिदिँदा सेवाग्राहीलाई मर्का पर्ने गरेको हो ।
र्सार्वजनिक यातायातका रूपमा रहने सडकमा दगर्ुने सवारीसाधनमा निजी क्षेत्रको एकाधिकारले यात्रु मर्कामा पर्ने गर्छन् । रेल्वेको विकास नहुनु र र्सार्वजनिक यातायातमा पनि सरकारी संरचना नहँुदा यात्रुले भरपर्दाे सेवा लिनबाट वञ्चित हुने अवस्था आउँछ ।
उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले र्सार्वजनिक यातायात अति आवश्यक सेवाभित्र पर्ने हुनाले यसलाई पर्ूण्ारूपमा खुला बजारलाई छोड्न नहुने बताए । 'निजी क्षेत्रलाई अगाडि बढाउनुमा हाम्रो विरोध छैन्,' उनले भने, 'तर, निजी क्षेत्रले मात्र अति आवश्यक सेवामा पर्ूण्ारूपमा काम गर्न सक्दैन ।'
उनले र्सार्वजनिक यातायात सञ्चालन गरिरहेकामा अझै पनि 'कर्पाेरेट कल्चर' आउन नसकेको अवस्थाका कारण पनि सरकारको बलियो उपस्थिति चाहिने जिकिर गरे ।
अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको उद्योग व्यवसायलाई संगठित रूपमा विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन ।
ग्रिल व्यवसायी संस्था नेपालको पा“चौं साधारणसभाको अवसरमा शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा सरोकारवालाले संगठित नभएसम्म कुनै व्यवसाय अगाडी बढाउन नसकिने भन्दै सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा उद्योग मन्त्रालयका सचिव प्रतापकुमार पाठकले भौतिक पर्ूवाधारको आधारस्तम्भ ग्रिल व्यवसायलाई व्यवस्थित बनाएर लैजानुपर्ने बताए । उनले अहिले सरकारले व्यवसाय दर्तामा रोक लगाएको भए पनि चाँडै नया“ व्यवस्था गरेर व्यवसाय दर्ता खुला गरिने बताए ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भाष्कराज राजकणिर्कारले सरकारी उदासीनताले उद्योग व्यवसाय धराशयी बनेको बताए । उनले सरकारको स्पष्ट नीति तथा कार्यक्रम नआउँदा निजी क्षेत्रले कठिनाइ भोग्नुपरेको बताए ।
नेपाल राष्ट्र बैंकमा रिक्त एक जना डेपुटी गभर्नर नियुक्ती प्रकृया विगत लामो समय देखि अन्यौलमा परेको छ । तत्कालिन डेपुटी गभर्नर कृष्णवहादुर मानन्धरले अनिवार्य अवकार पाए पश्चात खाली भएको सो पद राजनीतिक भाडवण्डा र खिचातानीका कारण विगत चार महिनादेखि पर्ूर्ति हुन नसकेको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले सो पद पर्ूर्ीतका लागि सरकारी निर्ण्र्ााआवस्यक हुने भएपनि त्यसो हुन नसकेका कराण ढिलाई भएको वताए । 'मैले मात्रै गरेर हुनेभए अहिले नै गरिदिन्थें,' गभर्नर डा. खतिवडाले भने 'यसमा मैले ढिलाई गरेको होइन । किन ढिलाई भयो आफैं वुझ्नोस ।'