© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
लमजुङमा सम्बन्ध बिच्छेद् गर्नेहरुको संख्या बर्षेनी दोब्बर हुँदै गएको छ ।
गएको आर्थिक बर्ष २०६६÷०६७ मा मात्र जिल्ला अदालत पुगेर ४१ जना श्रीमान्श्रीमतीले सम्बन्ध विच्छद गरेकाछन् ।
मोरङ, १२ साउन स्थानीय एक यूवकको कुटापिट मोरङको सोराभागका एक जना गम्भीर घाइते भएकी छन् ।
मंगलबारराती स्थानिय युवाको कुटपिटवाट कुल्सुना खातुन गम्भिर घाईते भएकी हुन् । सोराभाग २ का मुस्तर मियाँले लेनदेनको विषयमा राती ८ वजे कुटपिट गर्दा ३५ वर्षिया खातुन घाईते हुनु भएको मोरङ प्रहरीले जनाएको छ । घाईते खातुनको बिराटनगर स्थित कोशी अंचल अस्पतालमा उपचार भइरहेको छ भने कुटपिट गर्ने मुस्तर फरार भएकाले खोजी कार्य भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
दाङ, १२ साउन । दाङमा ट्रेयाक्टरको ठक्करबाट मंगलबार राति एक जनाको मृत्यु भएको छ । तुलसीपुरबाट सल्यानतर्फजाँदै गरेको लु १ त ७७२० नम्वरको ट्रेयाक्टरलाई सल्यानबाट तुल्सीपुरतर्फ आउँदै गरेको लु १ त २२९३ नम्वरको ट्रेयाक्टरले ठक्कर दिंदा सहचालक तुलसीपुर नगरपालिका–१० दमारगाउँ निवासी २५ वर्षीर्य भिमबहादुर बिकको घटनास्थलमै मृत्युभएको हो ।
बाँकी अंश »
दाङ, १२ साउन । जिल्लाको पश्चिम भेगका सबै गाउँमा झाडापखालाको प्रकोप देखिएको छ । गाउँगाउँमा भएको स्वास्थ्य चौकी र हेल्थपोष्टमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरु नियमित स्वास्थ्य संस्थामा उपस्थित नहुँदा र जनचेतनाको कमिले पश्चिम दाङमा झाडा पखाला फैलिएको अनुगमनमा गएका एक स्वास्थ्यकर्मीले वताए ।
बाँकी अंश »
सुदिप कोइराला
मोरङ, ११ साउन चार बर्षपछि अपहरण गरी फिरौती लिने तीन जना अभियुक्त पक्राउ परेका छन् ।
मोरङ्ग , ११ साउन मोरङको पथरी–१ गैरीटोलको ४२ बर्षिय हर्कबहादुर मगरको खोलामा डुबेर मृत्यु भएको छ ।