२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

देश

रुकुमका सरकारी कार्यालय प्रमुख विहीन

लक्ष्मण केसी
रुकुम १३ साउन
जिल्लाको एक र्दजन भन्दा बढी सरकारी कार्यालयका प्रमुखहरु एक साता देखि विहीन भएका छन । चालु आर्थिक वर्षको शुरुवात सगै विभिन्न कारण देखाउदै कार्यालय प्रमुख तथा कर्मचारीहरुले जिल्ला छोडेपछि सेवा गाहीहरु मर्कामा परेका छन ।

बाँकी अंश »

झाडापखालावाट थप एकको मृत्यु

दाङ, १३ साउन । जिल्लाको पश्चिम भेग तुलसीपुर र त्यसका आसपासमा रहेका पाँच गाविसमा फैलिएको झाडापखालाले प्रकोपकोरुप लिदैगएको छ । झाडापखालाबाट थप एकको मृत्यु भएको छ । तुलसीपुर–८ निवासी कलवति बुढाथोकिको मृत्यु भएको इलाका प्रहरी कार्यालय दाङले जनाएको छ । उनको उपचारकाक्रमा मृत्यु भएको हो ।

बाँकी अंश »

अवरुद्ध सडक सुचारु

लमजुङ,१३ साउन
लमजुङ सदरमुकाम वेसीशहरदेखि तनहुँको डुम्रे सम्मको बन्द सडक मध्यान्नदेखि खुलेको छ ।

बाँकी अंश »

रेबिजबाट महिलाको मृत्यु

लमजुङको चन्द्रेश्वर-१, स्वाँरा गाउँकी एक महिलाको रेबिज लागेर ज्यान गएको छ ।
आफ्नै घरमा पालेको कुकुरले टोकेको तीन महिनापछि स्थानीय ५१ वषर्ीया निर्मला अधिकारीको बुधबार बिहान ज्यान गएको हो ।
विगत सात वर्षेखि स्वास्थ्य स्वयंसेविकको रूपमा कार्यरत अधिकारीको उपचारका क्रममा बिहान काठमाडौँस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ज्यान गएको आफन्तले बताएका छन् । वैशाख अन्तिमतिर कुकुरले टोकेकोमा साउन दोश्रोसातामात्रै निर्मलालाई रेविजको लक्षण देखिएपछि उपचारका लागि सोमवारमात्रै काठमाडौँ लगिएको थियो । बैशाखमा कुकुरले टोक्ने वित्तिकै उपचारका लागि स्वास्थ्य संस्थामा गएको तर, स्वास्थ्यकर्मीले सामान्य टोकाईमा उपचारको आवश्यक नपर्ने वताएपछि उनले थप उपचार नगरेको आफन्तले वताएका छन् ।

बाँकी अंश »

स्वास्थ्यकर्मी छैनन् झाडापखालाको प्रकोप तीव्र

 जिल्लाको पश्चिम भेगका सबैजसो गाउँमा झाडापखाला व्यापकरूपमा फैलिए पनि  गाउँका  स्वास्थ्य चौकी र हेल्थपोष्टमा स्वास्थ्यकर्मी र कर्मचारीहरू स्वास्थ्य संस्थामा उपस्थित छैनन् ।  स्वास्थ्यकर्मीको अभाव र जनचेतनाको कमिले पश्चिम दाङमा झाडापखाला फैलिएको अनुगमनमा गएका एक स्वास्थ्यकर्मीले वताए ।
पञ्चकुले-९, मलै खोला गाउँमा फैलिएको झाडापखालाको अध्ययन गर्न गएका जनस्वास्थ्य अधिकृत डा. आरडि शाहले पञ्चकुले, पुरन्धारा, गोल्टाकुरी, हेकुली, श्रीगाउँमा रहेका हेल्थ पोस्थ र स्वास्थ्य चौकिमा कार्यरत प्रमुखहरू नै नियमित गाउँमा नबस्दा झाडापखालाले प्रकोपको रूप लिएको आफुले पाएको वताए । त्यस्तै उनले त्यसक्षेत्रमा जनचेतनाको कमि, सुद्ध पिउने पानीको अभाव, सरसफाईमा कमिलगायतका कारणले पनि झाडा पखाला फैलिरहेको वताए ।
यस विषयमा यसअघि जिल्ला जनस्वास्थ्य कार्यालयमा कुनै जानकारी नआएको भए पनि अध्ययनका क्रममा आफुले त्यसो पाएकाले कडाइका साथ कारवाही प्रक्रिया अगाडि बढाउने शाहको भनाइ छ ।

बाँकी अंश »

खोलामा बालक बेपत्ता

दाङ १२, साउन । रोल्पामा बुधवार एक वालक खोलामा वेपता भएका  छन्  रोल्पाको मिझिङ–८ मा रहेको जुटुङखोलामा वगेर वेपता भएका हुन् ।

बाँकी अंश »

View All »

वाटिका

इन्द्बेनी