२०६६ - फागुन - २७ | 11, March 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा

राशिफल

खर्च धेरै हुनाले चिन्ता बढ्नेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
घरजग्गाको कारोवारबाट लाभ हुनेछ ।
अनावश्यक अपजसको सामना गर्नुपर्नेछ ।
वौद्धिक काममा समय खर्च हुनेछ ।
पुराना साथी भेट हुनुको साथै खर्च बढ्नेछ
अनावश्यक विषयमा विवाद हुनेछ ।
साँध सिमानाको किचलो साम्य हुनेछ ।
स्वास्थ्य प्रतिकूल भए पनि आम्दानी हुनेछ ।
पि्रयजनले धोका दिन सक्नेछन् ।
आम्दानीभन्दा खर्च धेरै हुनेछ ।
नयाँ कामको अवसर मिल्नेछ ।

देश

पश्चिम सेती अनिश्चित

नयाँ लगानीकर्ता नभेटिएसम्म सबैभन्दा ठूलो सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माण सुरु नहुने निश्चित भएको छ ।एसियाली विकास बैंकले लगानी गर्न आलटाल गरेका कारण निर्माण कार्य सुरु हुन नसकेको सो आयोजनामा पछिल्ल्ाो पटक चिनियाँ कम्पनी चाइना नेसनल मेसिनरी एन्ड इक्युपमेन्ट इम्पोर्ट एन्ड एक्सपोर्ट कार्पोरेसन -सिमेक) ले समेत लगानी गर्न अनिच्छा देखाएको छ । ऊर्जा मन्त्रालयले गत ३१ जनवरीमा आयोजना पर््रवर्द्धक कम्पनी वेस्ट सेती हाइड्रोलाई मार्च २०१० भित्र सेयर होल्डरको टुंगो लगाउन र जुनसम्म वित्तीय व्यवस्थापन गरिसक्न दिएको अल्टिमेटमबाट सिमेक असन्तुष्ट थियो ।

बाँकी अंश »

राष्ट्रसंघीय उपमहासचिव आउने

काठमाडौं/रास- संयुक्त राष्ट्रसंघीय राजनीतिक मामिला हर्ने उपमहासचिव बी लिन पास्को तीनदिने नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौं आउने भएका छन् ।

भारत हुँदै नेपाल आउन लागेका पास्कोले नेपालस्थित राष्ट्रसंघीय मिसन -अनमिन) को निरीक्षण गर्नुका साथै राजनीतिक दलका नेता तथा सरकारी पदाधिकारीहरूलाई भेटी शान्ति प्रक्रियाको विद्यमान स्थितिबारे छलफल गर्ने भएका छन् ।

करिब ४० वर्षअमेरिकी परराष्ट्र सेवामा बिताएका पास्को दोस्रो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् ।

बाँकी अंश »

दुर्घटनामा तीनको मृत्यु पाँच घाइते

छुटाछुटै दुर्घटनामा परि बारामा एक महिलाको मृत्यु हुनाका साथै ३ जना घाईते भएका छन् ।
पथलैया- बीरगंज सडकखण्ड अन्र्तगत बाराको छातापिपरा -२ मा आईतवार बिहान ना ३ ख २००६ नम्बरको ट्याक्टरको ठक्करबाट जिल्लाको ककरी- ६ का ४० वर्षिया श्रीपतिदेवी चौधरीको मृत्यु भएको छ ।
घटनामा उनका श्रीमान् रामयोगी चौधरी घाईते भएका छन् । सोही ट्याक्टरको ठक्करबाट पैदल यात्री बारा दहियारका जवाहिर
गुप्ता पनि घाईते भएको प्रहरीले बताएको छ ।
त्यसैगरी गुडिरहेको यात्रु बसको ढोकाबाट खस्दा एक युवक गम्भीर घाईते भएका छन् । बाराको भरतगंज सिगौलबाट निजगढ आई पुगेको ना १ ख ७७६१ नम्बरको बसबाट निजगढ स्थित लच्कामा आईतवार दिउसो खस्दा बारा भरतगंज सिगौल -७ बस्ने वर्ष १६ का दुर्गाबहादुर घावा गम्भीर घाईते भएका हुन् ।

बाँकी अंश »

दुई चौकीमाथि आक्रमण प्रहरीसहित सात घाइते

महोत्तरीको हलखोरी गाविसमा प्रहरी र स्थानिय बासिन्दाबीच झडप हुँदा प्रहरी
सहायक निरीक्षकसहित पाँच जना सख्त घाइते भएका छन् ।
घाइते हुनेमा हलखोरी प्रहरी चौकीका इन्चार्ज प्रसनी दीपनारायण राउत र हलखोरीकै नरेश यादवसहित चार जना स्थानीय
बासिन्दा रहेका छन् । उनीहरु सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घाइते राउतको उपचार जलेश्वर अस्पतालमा भइरहेको छ भने स्थानीय बासिन्दाहरुको उपचार स्वास्थ्य चौकी हलखोरीमा भइरहेको छ । टाउको फुटेको र शरीरभरि चोटपटक लागेका प्रहरी सहायक निरीक्षक राउतको अवस्था गम्भीर छ ।
हलखोरी-८ का जुलाई यादव र नरेश यादवकी श्रीमतिबीच घाँस काट्ने विषयमा भएको झगडामा प्रहरीले जुलाई यादवलाई पक्राउ गरी कुटपिट गरी घाइते बनाएको आरोप स्थानीय बासिन्दाले लगाएका थिए । त्यसको विरोधमा स्थानीय बासिन्दाले प्रहरी चौकी घेराउ गरी ढुंगामुढा गर्न थालेपछि दोहोरो झडप सुरु भएको थियो ।
करिब एक घन्टासम्म चलेको झडप नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड अश्रुग्याँस र सात राउन्ड हवाई फायर गरेको थियो । घटनाबारे बुझ्न प्रहरी निरीक्षक दिनेश भण्डारीको नेतृत्वमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक साजयराज शर्माले बताए ।

बाँकी अंश »

टेलिमेडिसिन सेवा बन्द उपकरण फिर्ता

मकवानपुरस्थित हेटौंडा अस्पतालमा सुरु गरिएको टेलिमेडिसिन सेवा बन्द भएको छ७३डद्दघढस। नेपालमै सरकारी अस्पतालमा पहिलो पटक हेटौंडा अस्पतालमा सुरु गरिएको टेलिमेडिसिन सेवा अस्पताल र चिकित्सको लापरबाहीका कारण बन्द भएको जिल्लाबासीले
बताएका छन्७३डद्दघढस।

बाँकी अंश »

मन्त्रीमाथि आक्रमणसभासद् घाइते

बर्दियाबाट नेपालगन्ज फर्किने क्रममा माओवादी कार्यकर्ताले मंगलबार साँझ मैनापोखरमा स्वास्थ्यमन्त्री उमाकान्त चौधरीमाथि ढु¨ामुढा गरेका छन् । ढु¨ामुढाबाट सभाषद बदशाह कुर्मीलगायत केही कांग्रेस कार्यकर्ता घाईते भएका छन् ।
ईलाका प्रहरी कार्यालय मैनापोखरका अनुसार कालोझण्डा देखाइरहेका माओवादी कार्यकर्ताले एक्कासी मन्त्रीको गाडीमाथि ढु¨ामुढा गरेका थिए । तर मन्त्रीको गाडीमा ढुङ्गा लागेपनि मन्त्री बच्न सफल भएका छन् । मन्त्रीको पछि रहेको जिटीजेड र वेस संस्थाको गाडीमा भने क्षति पुगेको छ ।
ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक बिरबहादुर ओलीले मन्त्रीमाथि ढु¨ामुढा गर्ने माओवादीका चार जना कार्यकर्तालाई नियन्त्रमा लिइएको जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेहरुमा बर्दिया क्षेत्र न। १ का वाईसीएल ईन्चार्ज शंकर चौधरी गिरधरी पोख्रेललगायतका रहेका छन् ।
मन्त्री चौधरीमाथि अधिल्लो दिन महेन्द्रनगरमा आक्रमण भएकालॆ सुरक्षा कडा पारिएको भएपनि माओवादीले आक्रमण गरेका थिए । माओवादीकॊ सम्भावित आक्रमणलाई मध्यनजर गरी बर्दिया प्रशासनले नेपालगन्जबाट सुरक्षाकर्मी पनि मगाएको थियो ।

बाँकी अंश »

View All »

वाटिका

इन्द्बेनी