२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बिदेश

अमेरिकालाई तेल नबेच्ने चाभेजको चेतावनी

संयुक्त राज्य अमेरिकाको सहयोगी कोलम्बियाले उसको देशका व्रि्रोहीलाई आश्रय दिएको बाहनामा भेनेजुयली भू-भागमा हमला गरेको खण्डमा अमेरिकातर्फआपर्ूर्ति हुने तेल रोकिदिने भेनेजुयलाका राष्ट्रपति हुगो चाभेजले चेतावनी दिएका छन् ।
हजारौं र्समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा चाभेजले सो चेतावनी दिएको प्राप्त समाचारमा उल्लेख छ । 'यदि कोलम्बियाली भूभाग वा यांकी साम्राज्यद्वारा समर्थित अन्य कुनै पनि ठाउँबाट भेनेजुयलामाथि कुनै पनि सशस्त्र हमला भयो भने हामी अमेरिकातर्फहुने तेलको चलानी रोकिदिन्छौं' चाभेजले भने ।
'हामी प्रशोधनकेन्द्रमा एक थोपा पनि थप तेल पठाउँदैनौं, एक थोपा पनि' संयुक्त राज्य अमेरिकालाई यस क्षेत्रमा उत्पन्न सबै तनावको दोष लगाउनयोग्य पात्रको रुपमा प्रस्तुत गर्दै चाभेले भने ।

बाँकी अंश »

इरानविरुद्ध प्रतिबन्धको तयारीमार् इयू

इरानको विवादास्पद आणविक कार्यक्रम रोक लगाउन यूरोपियन यूनियनका विदेशमन्त्रीहरु तेहरानमाथि आधिकारिकरुपमा प्रतिबन्ध लगाउने तयारीमा जुटेका छन् ।
प्रतिबन्धमा विदेश व्यापार, आर्थिक सेवाहरु र देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पेट्रोलियम क्षेत्रहरु पर्नेछन् । अधिकारीहरुले निर्ण्र्ााधिन फैसलाहरुलाई र्'इयूले कुनै पनि राष्ट्रमाथि लगाइने सबैभन्दा कठोर प्रतिबन्ध' भनी व्याख्या गरेका छन् ।
अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध सशक्त गरेको एक महिनापछिर् इयूले यस्तो कदम चाल्न लागेको हो ।
अमेरिका र उसका सहयोगी राष्ट्रहरुले तेहरानले आणविक हतियारको विकास गर्न खोजिरहेको आरोप लगाएका छन् । तर इरानले भने आफ्ना सबै आणविक कार्यक्रमहरु शान्तिपर्ूण्ा प्रयोजनका लागि भएको दाबी गरेको छ ।
गत महिना राष्ट्रसंघीय सुरक्षा परिषदले आणविक कार्यक्रमका लागि इरानमाथि चौथो चरणको प्रतिबन्ध पारित गरेको थियो । यसले प्रत्यक्षरुपमा इस्लामिक रिभोलुसनरी गार्ड कोप्स्लाई लक्षित गरेको छ ।

बाँकी अंश »

आतंककारी धपाउन मुसेवेनीको आग्रह

युगान्डाका राष्ट्रपति योवेरी मुसेवेनीले आतंककारीहरुलाई अप्रिmकाबाट जसरी पनि लखेट्न अप्रिmकी युनियनका नेताहरुलाई आग्रह गरेका छन् ।
'सामूहिक सहकार्य गरौं र उनीहरुलाई यहाँबाट लखेटौं' उनले भने ।
गएको ११ जुलाईमा युगान्डाको राजधानी कम्पालामा अतिवादीले गराएको बम विस्फोटमा परी ७६ जनाको निधन भएको घट्नाको स्मरण गर्दै उनले सो आग्रह गरेका हुन् ।

बाँकी अंश »

अमेरिका-कोरिया संयुक्त नौसैनिक अभ्यास सुरु

आणविक अस्त्रद्वारा प्रतिकार गरिने उत्तरकोरियाको चेतावनीका बाबजुद संयुक्त राज्य अमेरिका र दक्षिणकोरियाले आइतबार सी अफ जापानमा अणु ऊर्जाबाट सञ्चालित अमेरिकी युद्धपोतसहित ठूलो नौसैनिक अभ्यास सुरु
गरेको छन् ।
उक्त सैन्य अभ्यासले कोरियाली प्रायद्वीपलाई युद्धको डिलमा धकेल्ने प्योङयाङले चेतावनी दिएको थियो । सैन्य अभ्यासमा अणु ऊर्जाबाट सञ्चातिल हवाई जहाजबाहक युद्धपोत यूएसएस जर्ज वासिंगटन समेत सहभागी भएको प्राप्त समाचारमा उल्लेख छ ।

बाँकी अंश »

उत्तर कोरियाद्वारा आणविक युद्धको चेतावनी

प्योङयाङ/बीबीसी- उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले गरिरहेको संयुक्त सैन्य अभ्यासप्रति आणविक प्रतिक्रिया जनाउने धम्की दिएको छ ।
'प्योङयाङ जुनसुकै समयमा पवित्र प्रतिशोध युद्ध सुरु गर्न तयार छ,' सरकारद्वारा सञ्चालित कोरिया सेन्ट्रल न्युज एजेन्सी -केसीएनए) ले लेखेको छ ।
तर वासिंगटन र सिउलले भने आफूहरुको अभ्यासलाई उत्तरको आक्रमण निरुत्साहित गर्नका लागि भनेका छन् ।
गत मार्चमा दक्षिण कोरियाली युद्धपोत डुबेपछि दर्ुइ कोरियाबीच तनाव चुलिएकै बेला संयुक्त सैन्य अभ्यासको तयारी भएको छ । एक अन्तर्रर्ााट्रय अनुसन्धानले उक्त युद्धपोत उत्तरले डुबाएको जनाए पनि प्योङयाङले यसको कडा विरोध गरेको छ । राष्ट्रसंघीय छानविनले पनि उत्तरको हात नरहेको बताएको छ ।
उत्तर कोरियाले युद्धको धम्की दिएको यो पहिलो पटक भने होइन ।

बाँकी अंश »

अहमदिनेजादद्वारा मेद्भेदेभको आलोचना

इरानी राष्ट्रपति मुहमद अहमदिनेजादले रसियाली समकक्षी दिमित्री मेद्भेदेभलाई 'इरानका दुश्मनको प्रवक्ता' को रुपमा आलोचना गरेर तेहरान र मस्कोबीच तनाब बढ्दै गएको प्रष्ट पारेका छन् ।
रसियाले इरानको विवादास्पद आणविक कार्यक्रममा लुप्त एजेन्डा रहेको आरोप लगाउँदै अमेरिका र यूरोपेली संघकोको पक्षमा उभिएपछि अहमदिनेजादले यस्तो प्रतिक्रिया दिएका हुन् ।

बाँकी अंश »

View All »

वाटिका

इन्द्बेनी