© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६६ - फागुन - २८ | 12, March 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
राशिफल
म्यानमारको नामले समेत चिनिने बर्मा सरकारले बिहीबार जारी गरेको कानुनअनुसार प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीले आगामी निर्वाचनमा उम्मेदवार हुन र मतदान गर्न नपाउने भएकी छिन् ।
यहाँका सैनिक शासकहरुले दुई दशकअघि सुकीको पार्टीले ऐतिहासिक रुपमा जितेको निर्वाचनलाई समेत औपचारिक रुपमा अवैध घोषित गरेको छ ।
गृह नजरबन्दमा रहेकी सुकीले नयाँ कानुनलाई दमनकारी र अन्यायीभन्दै आफ्नो राजनीतिक कर्तव्यमा प्रतिबद्ध रहेको बताएको उनको दल नेसनल लिग फर डेमोक्रेसीका प्रवक्ता न्यान विनले जानकारी दिएका छन् ।
ुआङसाङ सुकीले यस्तो कानुन आउला भन्ने आफूले कहिल्यै नसोचेको बताउनुभयोु न्यान विनले सुकीलाई भेटेर फर्केपछि भने ।
ुयस्ता चुनौतीले जनता र प्रजातान्त्रिक शक्तिबाट अस्वस्थ्य कानुनविरुद्ध साझा कदम र स्पष्ट प्रतिकि्रयाको आवश्यकता औंल्याएको उहाँले बताउनुभयोु बिहीबार सुकीलाई उनकै घरमा भेटेर फर्केका न्यान विनले भने ।
अफगान राष्ट्रपति हमिद कार्जाईले विद्रोही तालिबानसँगको शान्तिवार्तामा पाकिस्तानको महŒवपूर्ण भूमिका रहने बताएका छन् । कार्जाईको यो भनाइलाई उनको सरकारले छिमेकीलाई बेवास्ता गरिरहेको भन्ने हल्लालाई मत्थर गर्ने सम्भावित प्रयासका रुपमा लिइएको छ ।
एकताका आफैंले हतियार र आर्थिक सहयोग उपलब्ध गराएको अफगान तालिबानसँगको वार्तामा सहयोग गर्न पाकिस्तानले प्रस्ताव राखेको थियो । तर केही विश्लेषकहरु भने पाकिस्तानको मनसायमाथि अफगानिस्तानलाई विश्वास नभएको भन्दै काबुलले इस्लामावादलाई त्याग्ने विश्वास गर्छन् ।
अमेरिकी उपराष्ट्रपति जो बिदेनले मध्यपूर्व भ्रमणका क्रममा प्यालेस्टाइन र इजरायलबीच शान्ति हुन सक्ने ुवास्तविक अवसरको समयु रहेको बताएका छन् ।
दुवै पक्षबीच बढिरहेको अविश्वासको तहलाई अप्रत्यक्ष वार्ताको माध्यमबाट रोक्न सक्ने बिदेनले जेरुसलेममा इजरायली नेताहरुको वैठकमा भनेका छन्् ।
बिदेन आउनुभन्दा केही घन्टाअघि इजरायलले आफूले कब्जा गरेको वैस्ट बैंकमा एक सय १२ नयाँ घर बनाएर प्यालेस्टाइनलाई आक्रोशित बनाएको थियो ।
इजरायलले वार्तालाई अवमूल्यन गर्न खोजेको प्यालेस्टिनी ्
भारतीय राज्य सभाले अहिलेसम्मकै सबैभन्दा बढी विवादास्पद तथा ऐतिहासिक मानिएको महिला आरक्षण मंगलबार पारित गरेको छ ।
उक्त विधेयकमा भारतको प्रतिनिधिसभामा महिलाका लागि ३३ प्रतिशत सिट आरक्षित गर्ने प्रावधान समेटिएको छ ।
चर्को विरोध र बारम्बारको अवरोधपछि मंगलबार साँझतिर राज्यसभामा ऐतिहासिक महिला आरक्षण विधेयकमाथि बहस भई मतदानबाट टुंगिएको प्राप्त समाचारमा उल्लेख छ ।
पन्ध्र वर्षउमेरका अमन अहमेदीको उज्यालो भविष्यतर्फो यात्रा थालनी सिंगो परिवारका लागि निकै महँगो साबित भएको छ
उनका अभिभावकले अमन र उनका १४ वर्षो भाइ क्वाइसलाई गैरकानुनी रुपमा बेलायत पुर्याउन दलाललाई पैसा तिरेका हुन् 'हामीलाई अभिभावकले नै पठाएका हुन् किनभने उनीहरू हाम्रो जीवन सुखद् होस्, भविष्य उज्यालो होस् र राम्रो शिक्षादीक्षा पाओस् भन्ने चाहन्थे' अमनले भने 'त्यसकारण उनीहरूले हामीलाई बेलायत पठाउन थुप्रै पैसा खर्च गरे
संसारकै सबैभन्दा ठूलो प्रजातन्त्र भारतको सदनमा महिला सहभागिता बढाउन संसदको एक तिहाई सिट उनीहरूका लागि आरक्षित गर्ने ऐतिहासिक विधेयक पारित गर्ने यहाँको सरकारले जनाएको छ
'हाम्रो सरकार महिलाको सामाजिक र आर्थिक सशक्तीकरणप्रति प्रतिबद्ध छ
अन्तर्रर्ााट्रय महिला दिवसको अवसर पारेर सोमबार संसदमा विवादास्पद महिला आरक्षण विधेयक टेबुल गर्नुभन्दा दर्ुइ दिनअघि प्रधानमन्त्री सिंहको भनाई प्रकासमा आएको छ
बाँकी अंश »