© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - १७ | 02, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
मुलुकको समष्टिगत नेतृत्व नीतिद्वारा निर्देशित रहनु पर्दछ । राजनीतिक पार्टर्ीी तथा नेतृत्व वर्ग यसका माध्यममात्र हुन् । यद्यपि, नीति निर्माणमा उनीहरूको भूमिकाले महत्त्वपर्ूण्ा योगदान गरेको हुन्छ । यर्सथ सम्बद्ध राष्ट्रिय नेतृत्वले निर्वाह गर्नुपर्ने भूमिकाहरूमा राष्ट्रिय लक्ष्य हासिल गर्न तर्जुमा गरिएका कार्यनीतिक एवं रणनीतिक दायित्वहरू कौशलताका आधारमा सम्प्रेषित गर्नुपर्ने हुन्छ । यसमा सन्तुलन राख्न सकिएन वा जानिबुझिकन चाहना गरिएन वा जानकारी लिइएन भने राष्ट्रले लामो समयसम्म यसैद्वारा सिर्जित दुष्परिणामहरूलाई विविध रूप र शैलीमा भोग्नुपर्ने हुन्छ ।
बाँकी अंश »
म्ााधव नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिएको दर्ुइ महिना बितिसक्दा पनि मुलुकले नया“ सरकार पाउने नसकेको दुःखद् अवस्था छ । 'काशी कस्मिर अजव नेपाल' उखान त्यतिकै प्रचलनमा नआएको कटु वास्तविकता राजनीतिका नाममा मुलुकमा जारी गाईजात्रे प्रहसनले स्पष्ट गरेको छ । मुलुक संक्रमणको र्सवाधिक जटिल कालखण्डमा रहेका बेला पनि आफ्नै दाउमात्र हेरिरहने राजनीतिक जुवारीका कारण मुलुकको परिस्थिति दिनप्रतिदिन विषम बन्दै गइरहेको छ ।
सही दिशा दिने नेतृत्वको जस्तो मति छ, मुलुकको गति पनि उस्तै छ । नेतृत्व वर्ग दिग्भ्रमित छ, राष्ट्रिय अभिभारा सम्पन्न गर्न उदासीन र अकर्मण्य पनि ।
विधिशास्त्रमा कानुनको परिभाषा गर्ने एक ऐतिहासिक तथा विकासवादी सिद्धान्त छ । सो विचारधाराअर्न्तर्गत ब्रिटिस विधिशास्त्री सर हेनरी मेनको सिद्धान्तअर्न्तर्गत समाज दर्ुइ प्रकारको हुन्छ, एक स्थिर समाज र अर्को प्रगतिवादी समाज । यी दुवै समाजमा प्रारम्भिक विकास समान पाइन्छ । तर, केही खास चरणपश्चात्को समाज स्थिर भएर रहन्छ र अर्को समाज विकासशीलका रूपमा अगाडि बढ्छ । विकासशील समाजले कानुनलाई पनि समयसापेक्ष सुधार गर्दै लैजान्छ भने स्थिर समाजले कुने पनि कुराको विकास गर्दैन । यसलाई छुच्चो शब्दमा असभ्य समाज भनिन्छ ।
बाँकी अंश »
२०४६ सालको जनआन्दोलन सफल भएपछि प्रजात्ान्त्र पुनःस्थापना भयो । त्यसपछि बनेको ०४७ सालको संविधानले संसदीय व्यवस्थाको विश्वजनिन् मान्यतालाई स्थापित गर्दै बहुदलीय प्रजातन्त्र र संसदीय शासन पद्धतिलाई शासन व्यवस्थाका अपरिहार्य स्तम्भका रूपमा परिभाषित गर्यो । संसदीय शासन पद्धत्रि्रति सबै दलहरूको समान धारणा नहँुदा यसको प्रयोग, कार्यान्वयन र प्रभावकारितामा विविधता देखियो । यसको प्रयोगसँगै धेरै विकृति र विसंगतिले संस्कारको रूप धारण गरे । जसले गर्दा विश्वको उत्कृष्ट व्यवस्था मानिएको यस पद्धत्रि्रति नानाथरी प्रश्न उठाइए । दलहरूको कमजोरीका कारण संसदीय व्यवस्थाको स्वरूपलाई नै खिल्ली उडाउन यसका आलोचकहरूलाई अवसर मिल्यो । यसविरुद्ध माओवादीले जंगलबाट र राजाले दरबारबाट एकसाथ हमला गरे । संसदीय व्यवस्थाका पक्षपाति दलहरू पनि यसका लागि सबै एकनासले प्रतिबद्ध थिएनन् ।
बाँकी अंश »
लुतो लागेको मान्छेले लुतो चिलाएपछि यसरी कन्याउँछ, यसरी कन्याउँछ कि, उसले आफू र आफ्नो लुतो तथा लुतो कन्याउनेबाहेक अरू केही पनि सोच्नै सक्दैन । ऊ कन्याउन यति मस्त हुन्छ कि, आफू कुन ठाउँमा छु भन्ने समेत विचार गर्नै सक्दैन । भान्छामा छ कि चर्पीमा - सभामा हो कि, मञ्चमा छ ऊ - बसमा या सडकमा हिँड्दै - या मोमो कि भात खाँदै या खल्तीबाट झिकेर च्युरा, दालमोठ या भटमास खाँदै या खैनी चुना मोल्दै - सराद्धे गर्दै कि द्यौताको पूजा र हवन गर्दै - कि भोज खाँदै या रक्सीको प्याला समात्दै, कक्टेल पार्टर्ीी - विवाहमण्डपमा कि घाटमा - प्रेमिकासित अंगालोमा या बिछयौनामा - अर्थात्, जुनसुकै ठाउँमा भए पनि उसले मतलब राख्दैन र ऊ धमाधम् धमाधम् लुतो कन्याउन थाल्छ, कन्याउन थाल्छ र कन्याउन थाल्छ ।
बाँकी अंश »
हिजोआज नेपाली राजनीतिमा राजावादी र माओवादीहरूबीचको सकहार्यको चर्चा पनि निकै चल्न थालेको छ । यो चर्चाले नेपाली राजनीतिमा एउटा तरंग पैदा गरेको छ । नेपालमा स्थापित गणतन्त्रको मियोमा प्रहार हुन थालेको छ । तर, यो चर्चालाई यथार्थहीन भन्न पनि सकिँदैन र अहिले नै पर्ूण्ा सत्य मानिहाल्न पनि सकिँदैन । राजनीतिको परिवेशले मुलुक त्यो ठाउँमा नपुग्ला भन्न पनि सकिँदैन । नेपालमा ७ मंसिर २०६२ मा भारतको दिल्लीमा सात संसद्वादी दल र तत्कालीन सशस्त्र व्रि्रोही माओवादीबीच १२ बुँदे समझदारी भएको थियो । त्यो समझदारी हुँदा भारतीय भूमिका निकै महत्त्वपर्ूण्ा थियो ।
बाँकी अंश »