© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६६ - फागुन - २७ | 11, March 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
राशिफल
अनन्त आकाशमा असंख्य आकाशीय पिण्डहरु छन् । ग्रह नक्षत्र राशिचक्र तारा तारापुाज धूम्रकेतु आदि सबै आकाशीय पिण्डहरु हुन् । यिनीहरुको आकृति प्रकृति भने फरक-फरक हुन सक्दछ । समग्र रुपमा ग्रहलगायत आकाशीय पिण्डहरुको अध्ययन गर्ने पूर्वीय ज्योतिषशास्त्रले सूर्य चन्द्रमा मंगल बुध बृहस्पति शुक्र शनि राहु र केतु गरी नौवटा ग्रहहरुको विवेचना गरेको छ भने पाश्चात्य ज्योतिषले बुध शुक्र पृथ्वी मंगल बृहस्पति शनि युरानस नेपच्युन र प्लुटो गरी नौ नै संख्यामा ग्रहहरुको विवरण बताएको छ ।
बाँकी अंश »
वर्तमान आधुनिक युगमा प्रशासनिक अधिकारको समुचित प्रयोग हुनु नै सुशासन हो । नेपाली समाजमा सुशासनलाई रामराज्यको रुपमा पनि बुझिन्छ । यथार्थमा सक्षम निस्पक्ष उत्पादनशील मितव्ययी छरितो जनमुखी र उत्तरदायी प्रशासनले सुशासनको अनुभूति दिलाउन सक्तछ । सुशासनलाई राजनीतिक व्यावसायिक र नैतिक आयाम गरी तीनवटा दृष्टिकोणबाट नियाल्न सकिन्छ । सुशासनको राजनीतिक आयामभित्र जनसहभागिता विकेन्द्रीकरण बहुलवाद मानव अधिकार कानुनी राज्यको स्थापना प्रेस स्वतन्त्रता सार्वजनिक उत्तरदायित्व र नागरिक समाजको स्थापनाजस्ता पक्षहरु समेटिन्छन् । यसैगरी सुशासनको व्यवस्थापकीय आयामभित्र छरितो तर सक्षम सरकार कार्यदक्षता र कार्यक्षमतामा आधारित प्रशासन एवं आर्थिक उदारीकरणजस्ता पक्षहरु समाविष्ट भएका हुन्छन् । यसैगरी सुशासनको नैतिक आयामअन्तर्गत पारदर्शिता उपभोक्ताको सन्तुष्टी जनताप्रतिको चासो भ्रष्टाचाररहित प्रशासन प्रशासन सुधार र कठोर नैतिक आचरण पर्दछन् ।
बाँकी अंश »
उन्नाइसांै शताब्दीको आरम्भदेखि नै सुरु भएको नारी दिवस अहिले एक्काइसौं शताब्दीको आँगनमा घुमिरहेको छ । फर्केर हेर्दा समयको थुप्रै कोल्टेफेराइसँगै ठूला परिवर्तनहरु हुनुपर्ने हो । तर भएको छैन । नारी नारीकै नामले उपेक्षित छन् कतिपय मुलुकहरुमा । हाम्रो जस्तो विकासोन्मुख मुलुकमा त झनै पिछडिएका छन् नारी । सहरका महलदेखि गाउँका झोपडीसम्म नारी विभिन्न प्रकारका िहंसाका सिकार भइरहेका छन् ।
कहीँ सुन्दरताका नाममा नारी लुटिएकी छे । कहीँ दाइजोका नाममा नारी जिउँदै जलेकी छे । कहीँ पैसाका नाममा नारी वस्तुझंै बेचिएकी छे र कहीँ आमाकै नाममा नारी प्रसव व्यथाले मृत भएकी छे । यति मात्र होइन यहाँ कुनादेखि खुला आँगनसम्म नारी विभिन्न बहानामा चोइटिएकी छे । क्षतविक्षत भइरहेकी छे । यहाँ नारीले िसंगो अस्तित्व बाँच्न अनेक चुनौतीहरुको सामना गर्नुपर्छ । जन्मँदै छोरी घरको इज्जत हो भनेर इज्जतको भारी बोकाइएका नारीलाई फेरि अर्को भारी बोकाइन्छ श्रीमान्को घरको सम्मान र इज्जतको । त्यो इज्जत र सम्मानको भारी बोकेकी नारी थाकुन्जेल त्यही भारी बोकिरहन्छे ।
मुलुकलाई नयाँ रुप दिन र गतिशील बनाउन संविधानसभामा पुगेका हाम्रा नेताहरु अहिले अन्यत्रै बरालिन थालेका छन् । कोही विद्रोहद्वारा सत्ता र सेनामाथि नियन्त्रण गर्ने भाषण गर्दैछन् भने कोही सत्ता जोगाउने धूनमा तल्लीन् छन् । शान्ति स्थापना गर्ने नयाँ संविधान निर्माण गर्ने र कानुनी राज्य स्थापना गर्ने वचनबद्धता हाम्रा नेताहरुले बिसर्िए । वास्तवमा नेपाली जनताले २०४६ सालपछि मुलुकमा पनप्पिएको सत्ता लाल्सालाई नेताहरुले त्यागुन् भन्ने अनुरोध गरेका थिए । व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर राष्ट्रका साथै जनताले आवश्यक ठानेका काम मात्र नेताहरुबाट होस् भन्ने सोचेका थिए ।
बाँकी अंश »
सदाझंै यस वर्ष पनि अन्तर्राष्ट्रिय नारी दिवस आज नेपालमा मनाइँदैछ । यो वर्षको नारी दिवसमा नयाँपन थपिएको छ । सरकारले महिला कर्मचारीहरुलाई मात्र सरकारी बिदा दिँदै आएकोमा यो वर्ष पुरुष कर्मचारीले पनि सरकारी बिदाको उपभोग गर्न पाएका छन् यो दिन । यो बिदा व्यंग्य छड्के आदिमा हाँसोको विषय पनि बनाइएको छ । अब तीज र पाचमीमा बिदा किन नपाउने भनेर गलल्ल हाँसो निकालियो विभिन्न सरकारी कार्यालयका महामहिम कर्मचारी महोदयहरुबाट । यो असंवेदनशील र क्रूर मजाक भएको कुरा जाहेर गर्दै विषय परिवर्तन गर्ने जमर्को गर्दछु । बधाई छ पुरुष कर्मचारीहरुलाई नारी दिवसमा पनि बिदा उपभोग गर्न पाएकोमा ।
बाँकी अंश »
२००७ सालबाट प्रत्यक्षः या अप्रत्यक्षः परम्परागत मित्रशक्ति भारतको चहलता या पहलतामा राजाशक्ति तथा राजनीतिक शक्तिका राजनीतिक सुहागरात पारपाचुके तथा पे्रमालाप र मुक्कालातका कसरतीसँगै प्रारम्भ भएपछिको यो ६ दशकमा ६ ओटा संविधानका भोटाहरु लाएछम् र फटाएछम् करिब ५० भन्दा बढी सरकारको पास्नी गर्दै । र अब संविधानसभामार्पुत रेशमका भोटा लाउने भन्दै भुइँमा खुट्टै नटेकी आकाशमै उपि्रुरहेका हामीसामु आजभोलि रेशमी भोटोको त के कुरा खद्दरकै जडौरी भोटोसमेत नपाइने हो कि भन्ने भयको पृष्ठभूमिमा विगतका संविधानका कुण्डली आयुकाल अकालमृत्यु र दाहसंस्कारहरुको सरसर्ती अध्ययन उपयोगी हुन सक्छ ।
बाँकी अंश »