आईएसआरओद्वारा स्क्रामजेट रकेट इन्जिन सफल प्रक्षेपण

चेन्नई÷एजेन्सी– भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (आईएसआरओ) ले आइतबार इन्जिन इन्धन जलाउन वायुमण्डलकै अक्सिजन लिने उसको आफ्नै स्क्रामजेट सफल प्रक्षेपण गरेको जानकारी आईएसआरओका एक वरिष्ठ अधिकारीले दिएका छन् ।

आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धावन स्पेस सेन्टरमा रहेको रकेट पोर्टबाट दुईओटा स्क्रामजेट छाडिएका थिए । ‘हामी यस्तो सफल प्रक्षेपण गर्ने चौथो राष्ट्र हौं, यो प्रक्षेपण निकै सफल रह्यो,’ आईएसआरओ अध्यक्ष एएस किरण कुमारले भने ।

आईएसआरओ अधिकारीहरूले सो इन्जिनले वायुमण्डलीय अक्सिजन प्रयोग गरेर साधनको आधा तौल घटाउन सक्ने र गह्रौं भार बोकेर कक्षमा जान सक्ने दाबी गरे ।

इन्धन र अक्सिडाइजर दुवै बोक्ने परम्परागत रकेट इन्जिनजस्तो नभएर तीव्र गतिमा भएका बेला यसको ‘एयर ब्रिदिङ’ सिस्टमले गर्दा जबर्जस्त वायुमण्डलीय अक्सिजनलाई खाँद्छ । यसले गर्दा वायुमण्डलीय अक्सिजनले अक्सिडाइजरका रूपमा इन्धन जलाउन थाल्छ । विक्रम सराभाइ स्पेस सेन्टरका निर्देशक के सिवनले यो काम महŒवपूर्ण भएको बताए ।

प्रकाशित मिति: २०१६-०८-३० ०९:३४ | ५५१ पटक हेरिएको