लिबियामा सरकार पक्षधर १८ लडाकुको मृत्यु

त्रिपोली (लिबिया)÷एजेन्सी– लिबियाको सिर्त इलाकामा संयुक्त राष्ट्र संघद्वारा मान्यता प्राप्त संयुक्त सरकार पक्षधर लडाकू र इस्लामिक स्टेट (आईएस) समूहबीच झडप हुँदा आइतबार कम्तीमा १८ जना सरकारी पक्षधर लडाकुको मृत्यु भएको छ ।

घटनामा १ सय २० जनाभन्दा बढी नागरिक घाइते भएका बताइएको छ । द्वन्द्वग्रस्त लिबियामा सबैको पहुँचमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ निर्माण गरिएको अस्थायी स्वास्थ्य केन्द्रले जानकारी दिएको हो ।

प्रकाशित मिति: २०१६-०८-३० ०९:३७ | ७३९ पटक हेरिएको