सिंगापुरमा जिका भाइरसबाट ४१ संक्रमित

सिंगापुर÷एपी– सिङ्गापुरमा पछिल्लो समय ४१ जनामा जिका भाइरस देखिएको छ । उनीहरूको अवस्था स्थानीय अस्पतालमा उपचारपछि सामान्य भएको बताइएको छ ।

सिंगापुरमा जिका भाइरसको संक्रमण पहिलोपटक यही वर्षको मेमा भेटिएको थियो ।ब्राजिल भ्रमणबाट फर्केका ४८ वर्षीय नागरिकमार्फत सो भाइरस मुलुकमा भित्रिएको सिंगापुरका स्वास्थ्य अधिकारीको दाबी छ ।

संक्रमितमध्ये सात जनाको तान टकसेङ अस्पतालमा उपचार भइरहेको भए पनि ३४ जना उपचारपछि घर फर्किसकेका छन् । मन्त्रालयले जिका भाइरसको संक्रमण प्रायः विदेशी निर्माण मजदुरमा रहेको पाइएको जनाएको छ ।

प्रकाशित मिति: २०१६-०८-३० ०९:३६ | ६६७ पटक हेरिएको