गोली चल्दा एकको मृत्यु, तीन घाइते

टोकियो÷सिन्ह्वा– पश्चिमी जापानको याकायामा भन्ने स्थानमा रहेको एक निर्माण सामग्री उत्पादन कम्पनीमा सोमबार बिहान गोली चल्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । सो गोलीकाण्डमा परी अरू तीनजना नराम्ररी घाइते भएका छन् ।

प्रहरीका अनुसार कम्पनीमा सोमबार बिहान पुगेको करिब ५० वर्षको जस्तो देखिने व्यक्तिले पहिला सो कम्पनीका कर्मचारीसँग कुराकानी गरेपछि झोलाबाट बन्दुक झिकेर अकस्मात् प्रहार गर्न थालेको थियो । सो व्यक्तिले कम्पनीका चारजनालाई तारो बनाएको र कम्पनीमा पसेपछि उनीहरूसँग कुरा गरेजस्तो गरेर गोली हानेको थियो । 

प्रकाशित मिति: २०१६-०८-३० ०९:३८ | १०१६ पटक हेरिएको