चुनावअघि नै परीक्षा

सुच्चा सिंह छोटेपुरलाई पन्जाबका संयोजकबाट हटाइएपछि उत्पन्न विवादले विधान सभा चुनावअघि नै आम आदमी पार्टीलाई एउटा कडा परीक्षामा पु¥याएको छ । दुईपटक विधायक भएका लामो राजनीतिक जीवन बिताएका छोटेपुरमाथि पार्टीमा सहभागी गराउन र टिकट दिन पैसा लिएको आरोप छ । पैसा लिएर रसिद नदिएको उनले स्वीकार पनि गरेका छन्, जुन आम आदमी पार्टीको विधानविरुद्ध हो । यस्तोमा आम आदमी पार्टीको राजनीतिक मामिला समितिका अरबिन्द केजरिवालको अध्यक्षतामा दिल्लीमा भएको बैठकमा छोटेपुरलाई पन्जाबका संयोजक पदबाट हटाउने निर्णय स्वाभाविकै मानिन्छ र तर्कसंगत पनि तर राजनीति यति सीधा चाल कहाँ चल्छ र ? आश्चर्य मान्नुपर्दैन कि छोटेपुर केजरिवालका विश्वस्त एवं दिल्लीका उपमुख्यमन्त्री मनीष सिसौदियामाथि आफ्नाविरुद्ध षड्यन्त्र रचेको आरोप लगाइरहेको छन् । यद्यपि, चर्चा त यहाँसम्म छ कि आमआदमी पार्टीले छोटेपुरलाई पार्टीबाट निकाल्ने मन गरेका थिए, तर अहिले संयोजक पदबाट हटाएर जाँच समिति बनाइदिएका छन् । आश्चर्य हुनेछैन, यदि जाँच समितिको रिपोर्ट आएपछि छोटेपुरलाई पार्टीबाट निकालिएमा । आखिर उनले केजरीवालका सबैभन्दा भरोसायोग्य मानिने मनीष सिसौदियामाथि आरोप लगाएका छन् । योगेन्द्र यादव तथा प्रशान्त भूषण पनि यस कुराका उदाहरण हुन् कि केजरीवाल तथा उनका निकटका रीतिनीतिमाथि सवाल उठाउनेप्रति आम आदमी पार्टीमा कस्तो व्यवहार गरिन्छ भन्ने । अन्य दलको भन्दा राम्रो र जवाफदेही राजनीतिको कुरा गर्ने आम आदमी पार्टीको दलगत भ्रष्टाचारमाथि यो कार्य अपेक्षित मानिन्छ, तर विगतमा पन्जाबमा आपको राजनीतिक मामिलाका प्रभारी सञ्जय सिंहमाथि लागेको आरोपमा केजरिवालको मौनताले देखाउँछ कि नियम सबैका लागि समान छैन, सुविधाअनुसार नै लागू गरिन्छ ।

आपको जन्म दिल्लीमा भयो । त्यहीँ उसलाई विधान सभामा अप्रत्यासित सफलता र सत्ता पनि प्राप्त भयो, तर दिल्लीभन्दा बाहिर सबैभन्दा प्रभावी चुनावी सफलता उसलाई कहीँ प्राप्त भयो भने त्यो पन्जाबमा भयो । सन् २०१४ को लोकसभा चुनावमा जब दिल्लीमा पनि आपको खाता खुल्न सकेन, पन्जाबले अप्रत्यासित रूपमा त्यहाँका चार सांसद निर्वाचित गरेर पठायो । यो फरक कुरा हो कि आपको नेतृत्वले त्यसलाई एकजुट बनाउन सकेन । दुई सांसदले असन्तुष्ट भएर नेतृत्वलाई चुनौती दिएपछि पनि कार्यकर्ता तथा समर्थकमा त्यस्तो विभाजन देखिएन भने त्यसलाई केजरिवालको पार्टीमा पकड तथा उनको लोकप्रियता मान्न सकिनेछ । तर, छोटेपुर प्रकरणपछि पार्टीमा उठिरहेको असन्तोषपछि पनि त्यस्तै हुनेछ, यसमा शंका छ । यसको कारण छ । एक, दिल्लीको जस्तो पन्जाब एउटा विशाल महानगर मात्र होइन, जहाँ विभिन्न राज्यबाट आएका मानिस बस्छन् । पन्जाबको आफ्नो राजनीतिक, सामाजिक, आर्थिक पहिचान छ तथा आकांक्षा पनि । यसलाई संवेदनशील रूपले सम्हाल्ने कुरामा आपको क्षमतामाथि प्रायः प्रश्न उठिरहन्छ । अर्को, विधान सभा चुनाव नजिकिँदै गर्दा आपमा पनि जनताका महŒवाकांक्षा बढिरहेका छन् ।

(भारतबाट प्रकाशन हुने ‘नई दुनियाँ’को सम्पादकीयबाट)

प्रकाशित मिति: २०१६-०८-३० ०९:४९ | १२२५ पटक हेरिएको