दुर्घटनाका कारण केरलामा रेल यातायात अवरुद्ध

नयाँ दिल्ली÷एजेन्सी– तिरुवनलाथपुरम–मंगलोर एक्सप्रेसको रेल आइतबार दुर्घटना हुँदा केरलाको यातायात प्रभावित भएको छ । रेलवे अधिकारीका अनुसार अलुवा र त्रिसरगटका १२ भन्दा बढी रेल सो दुर्घटनाका कारण प्रभावित भएका छन्, तर यात्रु भने सुरक्षित रहेका छन् ।

दुर्घटना करुकुटी नजिक बिहान सवा २ बजेतिर भएको थियो । रेलवे अधिकारीले दुर्घटनाको जाँच भइरहेको बताएका छन् । दुर्घटनाका कारण प्रान्तीय सदरमुकामबाट प्रस्थान गर्ने रेलहरूलाई कि त फर्काइएको छ, कि निश्चित स्टेसनमा जान भनिएको छ, कतिपय रेलको प्रस्थान रद्द गरिएको छ ।

मुख्यमन्त्री पिनारयी विजयनले दुर्घटनाका कारण भएको अप्ठ्यारोलाई समाधान गर्न विशेष बस सेवा सञ्चालन गर्न अधिकारीहरूलाई भनेका छन् ।

प्रकाशित मिति: २०१६-०८-३० ०९:३४ | ५२१ पटक हेरिएको