बलुचिस्तान विधान सभामा मोदीको निन्दा

नयाँ दिल्ली÷एजेन्सी– पाकिस्तानको बलुचिस्तान प्रान्तको विधान सभाले बलुचिस्तानमाथि प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइको निन्दा गर्दै एक प्रस्ताव पारित गरेको छ ।

सत्तारूढ पाकिस्तान मुस्लिम लिग–नावाजका विधायक मुहम्मद खान लहरीले शनिबार यस विषयमा प्रस्ताव राखेका थिए । विधान सभामा सबै राजनीतिक दलले प्रस्तावको समर्थन गरे । बलुचिस्तानका मुख्यमन्त्री नवाब सनाउल्ला जहरीले अन्य विधायकसँगै प्रस्तावमा दस्तखत गरे ।

प्रस्तावमा भनिएको छ, ‘बलुचिस्तानबारे भारतका प्रधानमन्त्रीको भनाइले साबित गरेको छ कि प्रान्तमा आतंकवाद स्पष्ट रूपमा भारत प्रायोजित हो ।’ प्रस्तावमा टिप्पणी गर्दै लहरीले भने, ‘भारतीय प्रधानमन्त्रीले पाकिस्तानको सम्प्रभुताको तथा यस सम्बन्धमा संयुक्त राष्ट्रसंघको चार्टरको उल्लंघन गरेका छन् ।’ सदनले संघीय सरकारले यस विषयलाई अन्तर्राष्ट्रिय स्तरमा उठाउन माग गरेका छन् । यसमा भनिएको छ, ‘बलुचिस्तानमा भारतको कुटिल सोचको उजागर गरियोस् ।’ बलुचिस्तानका गृहमन्त्री सरफराज बुगतीले मोदीले कास्मिरबाट विश्वको ध्यान हटाउन यस प्रकारको भनाइ राखेका बताए ।

प्रकाशित मिति: २०१६-०८-३० ०९:३८ | ८३७ पटक हेरिएको