जी–२० बैठकको सफलतामा पश्चिमसँग चीन सशंकित 

बेइजिङ÷एजेन्सी– चीनले जी–२० को बैठकका क्रममा आफूलाई विश्वशक्तिका रूपमा देखाउन चाहेको छ । विश्वका ठूला अर्थतन्त्र भएका मुलुकका प्रमुख नेता उपस्थित हुने सो बैठकलाई पश्चिमा राष्ट्रहरूले असफल बनाइदिने हुन् कि भन्ने चिन्ता भने उसमा देखिएको छ ।

चीनका राष्ट्रपति सी जिन पिङका निम्ति यो ठूलो चुनौती रहेको विश्लेषकहरू बताउँछन् । बेइजिङ सेप्टेम्बर ४–५ मा हुने जी–२० बैठकमा हाङ्चओलाई पर्यटक केन्द्र बनाउन चाहन्छ । ‘अहिले चीन जहाँ छ, यसले अमेरिकीहरूलाई ऊसँग नजिक हुन बाध्य पार्दै छ,’ एक विश्लेषकले भने ।

हालै साउथ चाइना सीबारे अन्तर्राष्ट्रिय अदालतले गरेको रुलिङलाई लिएर चीन रुष्ट बनेको छ, जुन मुद्दा फिलिपिन्सले दायर गरेको थियो, तर बेइजिङले भने यसको आरोप अमेरिकालाई लगाएको छ ।

यदि चीनले यस बैठकलाई सफलतापूर्वक सम्पन्न गराउन सके पनि सीलाई साउथ चाइना सीबारेको चुनौती सामना गर्न देशभित्रैबाट ठूलै दबाब आइलाग्नेछ ।

चीनले अगाडि नै प्रस्ट पारेको छ कि बैठकलाई छायामा पार्ने यस्ता कुनै पनि विषय उठाइनेछैन । बैठकमा अमेरिकी राष्ट्रपति बाराक ओबामा, जापानी प्रधानमन्त्री सिन्जो अवेलगायत विश्वका शक्तिशाली नेताको उपस्थिति रहनेछ । 

प्रकाशित मिति: २०१६-०८-३० ०९:३५ | ६०९ पटक हेरिएको