२०६७ - भद्र - १७ | 02, September 2010
Advance Search
वाटिका
बालसखीको यादमा 'मालश्री'
काठमाडौं/रास- गत वर्षकर्ण्ााली नदीमा राङ्खटिङका क्रममा निधन भएकी मालाश्री काङ्खलेको याद उनकी संगी श्लेष्मा क्षेत्रीले काव्यमा उनेकी छन् । नौ वर्षै हु“दादेखि स“गै हर्ुर्के-बढेकी श्लेष्माले मित्र वियोग 'मालश्री' पुस्तकमा पोखेकी छन् । हालै राजधानीमा आयोजित एक समारोहमा पुस्तक विमोचन भइरह“दा सहभागी वक्ताका गला अवरुद्ध थिए । मालाश्रीका पिता डा. ऋषिकुमार काङ्खले र माता निलिमा छोरीको यादमा पग्लिएका देखिए । पिता ऋषिकुमारको गला अवरुद्ध भयो । उनको 'पुत्रिस्मृति'ले सभाहल स्तब्धझैं देखिएको थियो । 'मालश्री' विमोचन गर्दै डा. अच्युतमणि आचार्यले मित्रताको प्रगाढता र महत्त्वबारे प्रकाश पारे । 'समाजका लागि उदाहरणीय मित्रता हो यो,' उनले भने, 'साथीका लागि योभन्दा ठूलो प्रेम संसारमा अरू के हुन सक्छ ।'
गजल फा“टमा माधवको चर्चा
काठमाडौं/रास- डेढ वर्षघि राजधानी छिरेको एउटा नाम गजल फा“टमा चर्चाको भर्याङ उक्ल“दै छ । संगीत बजारमा खोजी हुन थालेको छ, 'माधवप्रसाद ढकाल को हुन् - कहा“का हुन् -' प्रश्न पहिल्याउ“दै माधव खितिक्क हाँसे । र, थपे, 'म सामान्य गजलकारमात्र हु“ । फरक यति हो, संगीत गजलमा भर्खरै प्रवेश भएको छु ।' त्रि्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्नदेऊ दुनिया“को कामै यही हो जति जल्छन् जल्नदेऊ...
मादलमा ताल रोज्दै
काठमाडौं- आधुनिक वाद्यवादन ड्रम, गितार, किबोर्डमा आफ्ना साथीहरू रुमल्लिएको देख्दा टिन एजमै पनि किशोर रञ्जित रनभुल्लमा पर्थे । 'नेपाली भएर पनि किन यस्तो पश्चिमाहरूको वाद्यवाधन बजाएको होला जस्तो लाग्थ्यो,' किशोर भन्छन् । ललितपुरको सानेपामा हर्ुर्किएका किशोरको मन मादलको तालमा अड्किएको थियो । उनले मादलको ताललाई किशोरावस्थामै आफ्नो धड्कन सम्भिmन थालिसकेका थिए । विद्यालय तहको शिक्षा सकिनासाथै उनले अठोट गरे कि, म अब राम्रो मादल बाधक बन्छु ।
'मैले महादेवको अपमान गरेकी छैन'
काठमाडौं/रास- महादेवलाई अपमान गरेको भन्दै नेपाल टेलिभिजनले आफ्नो गीति एल्बम 'बदमास' को भिजुअल प्रसारणामा रोक लगाएकोमा गायिका कोमल वलीले आपत्ति जनाएकी छिन् । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गायिका वलीले भनिन्, 'शिवजीलाई बदमास भन्न पाइँदैन भन्दै टेलिभिजनले प्रसारण रोकेर ममाथि अन्याय गर्यो ।' तीजको सर्न्दर्भमा महादेवको प्रसंग समेटेर गीत बनाउनुलाई सामान्य रूपमा लिनुपर्ने धारणा राखेकी वलीले आफूले महादेवलाई माया गरेर बदमास भनेको दाबी पनि गरिन् । 'म पनि हिन्दू नारी हुँ, महादेवको महिमा मलाई पनि थाहा छ, तर मैले महादेवको अपमान गरेको होइन,' उनले भनिन् ।
भुवन केसी, आर्यान सिग्देल र अनुप बराल सर्वोत्कृष्ट नायक
काठमाडौ/रास- भुवन केसी, आर्यान सिग्देल र अनुप बराल क्रमश तीन वर्षा सर्वोत्कृष्ठ नायक घोषित भए । सोमवार राजधानीमा चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा ती नायकले वर्षो र्सवश्रेष्ठ अवार्ड पाए । ०६३ मा बनेको चलचित्र दुनियावाट भुवन केसीले सर्वोत्कृष्ठ नायकको अवार्ड हात पारे भने ०६५ मा बनेको मौसमवाट आर्यन सिग्देल सर्वोत्कृष्ठ भए । प्रदर्शोन्मुख चलचित्र दासढुंगावाट अनुप बरालले ०६६ को अवार्ड हात पारे । सभामुख सुभाष चन्द्र नेम्वाङको प्रमुख आतिथ्यमा सम्मन्न कार्यक्रममा रेखा थापा, श्वेता खड्का र सञ्चिता लर्ुइटेलले सर्वोत्कृष्ठ नायिकाको सम्मान हात पारे । ०६३मा हिम्मतवाट रेखा थापा, ०६५ मा कहा भेटिएलावाट श्वेता खड्का र ०६६ मा छोडीगए पाप लाग्लावाट सञ्चिताले अवार्ड हात पारेकी थिईन् ।
प्राकृतिक छायांकन थलो बन्दै इलाम
कोकिला ढकाल इलाम/ दर्ुइपाते एक सुइरो चिया बोटैमा मनै मेरो फुरुंग भो लाली ओठैमा... चलचित्र 'साथी'को यो गीत कुनै समय निकै चर्चामा थियो । गीतस“गै यम बरालको अर्को गीत 'बादलुको घुम्टोले इलाम बजार छोपि“दा...'ले बजार पिटयो । चलचित्र बजार राम्रो भएरै होला, नेपाली चलचित्रमा प्राकृतिक सौर्न्दर्यर् क्यामरामा कैद गर्ने होड बढ्दै गएको छ । एकै स्थानमा छायांकृत दृश्यले खल्लो मानिरहेका दर्शकरुचिको मेसो पाएका निर्माता/निर्देशक अहिले राजधानी छाडेर बाहिरका प्राकृतिक सुन्दरता कैद गर्न कस्सिएका छन् । निर्माता/निर्देशकको रोजाइको थलोको रूपमा इलामले पनि चर्चाको उचाइ पाइरहेको छ । धेरै चलचित्रमा कन्याम चियाबारी थुम्को, माइपोखरीको प्राकृतिक सौर्न्दर्यले चलचित्रका दर्शकलाई प्राकृतिक सुन्दरता काँचको पर्दामा भए पनि हर्ेर्ने मौका दिएको छ । ठूला पर्दाका 'साथी' स“गै 'दिदी' 'रहर', 'पुकार'लगायतका चलचित्रमा इलामको प्राकृतिक सौर्न्दर्य कैद भइसकेका छन् । देउमाईकिनार विभिन्न जातीय चलचित्रसमेत इलाममै सुटिङ भएका छन् ।
तीज भड्किलो नबनाउन सांगीतिक आग्रह
दाङ/एकाबिहानै लमहीको र्सार्वजनिक बगैंचा भरिभराउ देखिन्थ्यो । चारैतिर विशेष जमघट थियो । राता साडीमा सजिएका महिलाको विशेष उपस्थिति देखिन्थ्यो । यो दृश्य हरितालिका तीज आउनै लाग्दा लमहीमा गरिएको विशेष कार्यक्रमको हो । झन्डै दर्ुइ साता बाँकी रह“दा तीजको चहल-पहल सहर-बजारमा देख्न सकिन्छ । यहीबेला नाचगान गर्ने क्रम पनि बढेको छ । तीज भड्किलो नबनाउन आग्रह गर्दै बागिना संास्कृतिक कला केन्द्र लमही र राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान दाङलेे संयुक्त रूपमा विशेष सांगीतिक कार्यक्रम अयोजना गरेे । कार्यक्रममा सहभागी महिलाले 'तीजको महत्त्व, विकृति मात्र औंल्याएनन्, दलका नेतालाई खबरदारीसमेत गरे ।
वाटिका संक्षेप
काठमाडौं/रास- गायक तथा संगीतकार देवकुमार चौधरीका नयाँ संगीत सिर्जना नसुनेको धेरै भयो । कुनै समय नेपाल प्रज्ञा प्रतिष्ठानका जागिरे कलाकार उनी इजरायलमा रहँदै आएका छन् । प्रवासमा रहेर पनि नेपाली संग्ाीतमा सक्रियता देखाउँदै आएका देवकुमारले नयाँ भिडियो संग्रह दर्शकमाझ ल्याउने भएका छन् । उनले इजरायलमै रेकर्डिङ गरेर केही समयअघि 'मेरो माया' नामक एल्बम स्रोतामाझ ल्याएका थिए ।
दर्ुइ दशकदेखि ताल मिलाउ“दै
'गीतियात्रा' रेकर्डिङका बेला नारायणगोपाल दिनभर 'रियाज' गर्थे । तर, सा“झतिर माइकअघिल्तिर जानुअघि उनी भन्थे, 'आज मुड भएन, भोलि रर्ेकर्ड गर्नुपर्ला †' तबलाको 'धिना धिन ता...' सिक्न वीरगन्जबाट काठमाडौं आइपुगेका किशोर सुनील स्वरसम्राट नारायणगोपालको 'स्टायल' देखेर छक्क पर्थे । 'नारायण दाइ दिनभर रियाज गर्नुहुन्थ्यो तर मुड नभएपछि रेकर्डिङै रद्द गर्न पनि पछि पर्नुहुन्नथ्यो,' तबला फिटाइमा दर्ुइ दशकभन्दा बढी बिताइसकेका सुनील अर्याल चापागाउ“को आङ्खनो घरभित्र अतीत बिछयाउ“दै छन्, 'देशको महान गायकको संगीतप्रतिको अगाध लगाव देखेर म झनै उत्प्रेरित हुन्थें ।'
किन रिसाए देउता
पानी त आज पनि उत्तिकै परिरहेकै थियो। बाहिरफेर निस्कने उपय थिएन । खेतबाली सबै बांगे खोलाले बगाएको घरैबाट देखिन्थ्यो । बर्खाभरिको बाली एकै गाँस पार्यो, पापी झरीले । आमाले विक्रमलाई भन्नुभयो, 'बाबु, हाम्रा देउता रिसाएका छन्, यसपाला । नत्र यस्तो हुने थिएन ।' विक्रम अलमल्ल पर्यो । उसलाई थाहा भएन देउता किन रिसाए एक्कासि । अस्ति ऊ बिरामी पर्दा तिनै देउताले बचाए भन्नुहुन्थ्यो, आमाले । हालका दिनमा उसले केही नराम्रो काम गरेको थिएन । घरका अन्य मानिस पनि आ-आफ्नै सर्ुर्तीखेतीमा व्यस्त थिए । कतैबाट कुनै कसुर भएको थाहा भएन, उसलाई । देउता रिसाउनु पर्ने कुनै कारण देखेन, उसले ।
इन्द्बेनी