© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
सरकारले राष्ट्रपति र उपराष्ट्रपतिले गरेका कुनै पनि कार्यमा अदालतमा प्रश्न उठाउन नपाउने प्रावधानसहितको ऐन ल्याउने तयारी गरेको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक, सेवाको र्सत र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमार्फ सरकारले राज्यप्रमुखलाई उन्मुक्तिसहितको कानुनी प्रावधान प्रस्ताव गरेको हो ।
पञ्चायतको अन्त्य र २०४६ को जनआन्दोलनदेखि गणतन्त्र घोषणा नभएसम्म राजा र राजपरिवारका सदस्यलाई मात्र यस्तो उन्मुक्ति थियो ।
दुवै कार्यालयबाट मस्यौदाका रूपमा प्रस्ताव गरी कानुन मन्त्रालयमा विचाराधीन विधेयकमा राष्ट्रपति र उपराष्ट्रपति पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि उनीहरूले राष्ट्रपति र उपराष्ट्रपतिको हैसियतले सम्पादन गरेका कामकारबाहीप्रति अदालतमा मुद्दा नचलाइने उल्लेख छ । यस्तो मुद्दामा नेपालका कुनै पनि अदालतमा प्रश्न नउठाइने विधेयकमा उल्लेख छ ।
प्रधानमन्त्रीका लागि व्यवस्थापिका संसद्मा तीन पटकभन्दा बढी निर्वाचन गर्न नमिल्ने प्रावधानसहित संसद् नियमावली संशोधनका लागि कसरत सुरु भएको छ ।
१७ साउनमा हुन लागेको तेस्रो चरणको निर्वाचनबाट पनि मुलुकले नयाँ प्रधानमन्त्री पाउने/नपाउने आशंका बढिरहेका बेला नियमावली संशोधनमार्फ विकल्प खोज्ने प्रयास भएको हो ।
अन्तरिम संविधानको धारा ३८ को उपधारा -२) मा व्यवस्थापिका संसद्को तत्काल कायम रहेको सम्पर्ूण्ा सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुने उल्लेख छ । व्यवस्थापिका संसद्को कार्य सञ्चालन नियमावलीको नियम ७ को उपनियम ८ मा प्रधानमन्त्रीको प्रस्ताव बहुमतबाट पारित नभएसम्म मतदान जारी रहने उल्लेख छ ।
धारा ३८ को उपधारा १ मा भने राष्ट्रिय सहमतिको सरकार गठनको प्रावधान उल्लेख छ ।
एमाले अध्यक्ष झलनाथ खनाल र माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टर्राईनिकट नेताहरू नियमावली संशोधनका लागि जुटेको स्रोतले बतायो । तेस्रो चरणको निर्वाचनले पनि प्रधानमन्त्री चयन गर्न नसके ताजा निर्वाचन हुनर्ुपर्ने र उम्मेदवार पनि नयाँ खडा गर्न पाउनर्ुपर्ने खनाल र डा. भट्टर्राई पक्षधरको माग छ ।
एमालेका वरिष्ठ नेतासमेत रहेका कामचलाउ प्रधानमन्त्री माधवकुमार नेपालले सत्ता नेतृत्वको दाबेदार कांग्रेससँग वर्तमान राजनीतिक गतिरोध अन्त्य गरी प्रधानमन्त्री चयनका लागि पार्टर्ीीनर्ण्र्ााफिर्ता गराउन पहल गर्ने आश्वासन दिएका छन् ।
व्यवस्थापिका संसद्मा दर्ुइ/दर्ुइ पटकसम्म भएको प्रधानमन्त्री निर्वाचनमा माओवादी र कांग्रेसका उम्मेदवारले आवश्यक बहुमत हासिल गर्न नसकेको अवस्थामा १७ साउनलाई ध्यानमा राख्दै प्रधानमन्त्री नेपालले आइतबार कांग्रेस नेताहरूसँगको भेटमा त्यस्तो आश्वासन दिएका हुन् ।
प्रधानमन्त्री चयनमा एमाले तटस्थ बसेका कारण प्रधानमन्त्री पदका लागि आफ्नो पार्टर्ीीे उम्मेदवार रामचन्द्र पौडेलले बहुमत हासिल गर्न नसकेको कांग्रेस नेताको गुनासोको जवाफमा प्रधानमन्त्री नेपालले भने, 'बहुमतीय प्रणालीबाट प्रधानमन्त्री चयन गर्दा पार्टर्ीीटस्थ बस्ने निर्ण्र्ााबदल्न नसके पनि यसलाई सच्याउन सक्रिय पहल गर्छु ।' प्रधानमन्त्री चयनका लागि तेस्रो पटक १७ साउनमा पुनः निर्वाचन हँुदै छ ।
दाङ ९ साउन । संविधानसभाका उपाध्यक्ष पूर्णकुमारी सुवेदीले साउन १७ गते नै मुलुकले नयाँ प्रधानमन्त्री पाउने वताएकी छन् । नेपाल पत्रकार महासंघ दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष सुवेदीले यस्तो वताएकी हुन् ।
बाँकी अंश »
दाङ ९ साउन । सर्पले डस्दा दाङमा एक महिलाको मृत्यु भएको छ । घोराही नगरपालीका ४ चौघेरा निबासी २१ वर्षीय देबा श्रेष्ठको सर्पले डस्दा मृत्युभएको हो ।
बाँकी अंश »
काठमाडौँ, ९ साउन । प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपाली काँग्रेसका कार्यबाहक सभापति सुशील कोइराला र संसदीय दलका नेता रामचन्द्र पौडेलले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटगरी प्रधानमन्त्रीको निर्वाचन, वर्तमान राजनीतिक अन्यौल र सहमतीय सरकारलगायतका विषयमा छलफल गरेका छन ।
भेटवार्तामा नेपाली काँग्रेसले प्रधानमन्त्रीको निर्वाचनमा आफ्नो पार्टीलाई समर्थन गर्न आग्रह गरेको र प्रधानमन्त्रीले नेकपा एमालेको केन्द्रीय कमिटीको निर्णय अनुरुप पार्टी तटस्थ बस्ने बताएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तले जानकारी दिए ।
नेकपा (एमाले) केन्द्रीय कमिटीले सहमतीय सरकार गठन नभएसम्म संसदमा मतदान नगरी तटस्थ बस्ने निर्णय गरिसकेको छ ।
यसैगरी प्रधानमन्त्री नेपालले आजै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणा र राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापासँग प्रधानमन्त्री चयनको गतिरोध र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । रासस