२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

ताजा समाचार

कोइराला-लनग्रेन भेट अनमिनको कार्ययोजनाप्रति आपत्ति प्रकट

कांग्रेस कार्यबाहक सभापति सुशील कोइरालाले नेपालस्थित राष्ट्र संघीय मिसन -अनमिन)ले केही साताअघि र्सार्वजनिक गरेको ६० साता लामो कार्ययोजनाप्रति आपत्ति प्रकट गरेका छन् ।
मंगलबार बिहान आफूलाई भेट्न आएकी अनमिन प्रमुख करिन लनग्रेनसँग कोइरालाले माओवादी लडाकूको समायोजन र पुनःस्थापनाका विषयमा दलहरू सचेत रहेको भन्दै कार्ययोजनाले नेपालको राजनीतिमा हस्तक्षेप गरेको बताए ।
उनले अनमिनजस्तो अन्तर्रर्ााट्रय निकायले कुनै एकको पक्षपोषण गर्नेखालको कार्ययोजना ल्याएको भन्दै त्यसले संयुक्त राष्ट्रसंघको छवि र विश्वसनीयतामै प्रश्न खडा गरेको बताएका थिए । जवाफमा लनग्रेनले कार्ययोजना अनमिनको आधिकारिक धारणा नभई नेपालका विज्ञहरूको सुझावको आधारमा तयार पारिएको एउटा प्रस्ताव मात्र भएको भनी स्पष्टीकरण दिएकी थिइन् ।

बाँकी अंश »

एमाले निर्ण्र्ााो पर्खाइमा कांग्रेस

नयाँ प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ रहने एमाले केन्द्रीय कमिटीको निर्ण्र्ााबदलिने पर्खाइमा कांग्रेसले आफ्नो रणनीति बनाउन सकेको छैन । कांग्रेस नेताहरू एमाले केन्द्रीय कमिटीको निर्ण्र्ाापरिवर्तन नभएसम्म १७ साउनमा हुने तेस्रो चरणको निर्वाचनले पनि प्रधानमन्त्री चयन हुन नसक्ने निष्कर्षा पुगेका छन् ।
संसदीय दलका नेता रामचन्द्र पौडेलको नेतृत्वमा सरकार गठन गर्न अर्काे निर्ण्ाायक शक्ति मधेसी मोर्चासँग सहयोग माग गरेको कांग्रेस एमाले निर्ण्र्ााबदल्न पनि लागिपरेको छ ।

बाँकी अंश »

‘युनेस्को साक्षरता पुरस्कार’ नेपाललाई

काठमाडौँ, ११ साउन । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन (युनेस्को) पेरिसले नेपालको साक्षरता अभियान सञ्चालन गर्ने सरकारी निकाय ‘अनौपचारिक शिक्षा केन्द्र’ लाई २० हजार अमेरिकी डलरको ‘साक्षरताका लागि युनेस्को कन्फ्युसियस पुरस्कार २०१०’ प्रदान गर्ने भएको छ ।


बाँकी अंश »

बस दुर्घटनामा दुईको मृत्यु

पाल्पा ११ साउन । बुटवलबाट वामीटक्सार जाँदैगरेको लु१ख ३९९६ नं को बस आज दिउँसो १ः४५ बजे पाल्पाको बन्दीपोखरा–७ जोगीपानीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा बसचालक बुटवल– ६ का राजीवकुमार बस्नेत र गुल्मी आँपचौर– ७ बस्ने वर्ष ७४ का कुलबहादुर विकको पाल्पा मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब निरीक्षक पवन गिरीले जानकारी दिएका  छन्  ।

सो दुर्घटनामा परी घाइते भएका अन्य आठजनालाई पाल्पा मिसन अस्पतालमा लगिएको छ । रासस



बाँकी अंश »

भाडापखालाबाट दुईको मृत्यु, साठी विरामी

सविन प्रियासन
दाङ ११ साउन  जिल्लाको पञ्चकुले गाबिसको मलईखोला गाँउमा झाडापखालाको  फैलिदा दुईजनाको मृत्यु भएको छ भने ६० भन्दा बढी बिरामी भएकाछन् ।
    पञ्चकुले गाबिस वडा नम्बर ९ मलईखोला गाँउका चार टोलमा आइतवार साझबाट फैलिएको झाडापखालाका कारण ६० जना भन्दा बढि बिरामी परेका छन । बिरामी मध्य २ जनाको मृत्यु भैसकेको छ । उपचारको क्रममा मलईखोला निवासी ३६ वर्षीया अम्मरकुमारी मल्लको मृत्यु भएको छ । मल्लको स्थानीय मेडिकलमा उपचारकाक्रममा सोमवार राति मृत्यु भएको हो  । झाडापखालबाटै उपचार गर्दागर्दै अर्का एकजनाको मृत्यु भएको र उनको नाम खुल्न नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । झाडा पखाला के कारणले फैलिएको हो भन्ने वारेमा बिस्तृत जानकारी नआएको जिल्ला जनस्वास्थ्य अधिकृत केशवराज पण्डितले वताए । झाडा पखाला प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पठाइ सकेकाले छिटै नै नियन्त्रणमा आउने पण्डितको भनाइ छ ।
मलईखोला गाउँको आसपासका टोलहरु जलजला, स्यालतरा, लामितरा र चोरखोलामा झाडापखाला फैलिएको छ । गाउँका प्राय जसोलाई झाडापखालको संक्रमणले छुन सक्ने सम्भावना रहेको इलाका प्रहरी कार्यालय पञ्चकुलेले जनाएको छ । सो गाउँमा झाडापखाला फैलिएको खबर आएपछि जनस्वास्थ्य निरीक्षक आरडी शाहको नेतृत्वमा ७ सदस्यीय स्वास्थ्यकर्मीको टोली औषधी सहित मंगलवार प्रभाबित गाउँमा पुगेर औषधी उपचार गरिरहेको छ । दाङमा झाडापखालाबाट हालसम्म ६ जनाले ज्यान गुमाइ सकेका छन् ।



बाँकी अंश »

माओबादीलाई सरकारको नेतृत्व दिनु घातक: गिरी

सुदिप कोइराला
मोरङ्ग ११ साउन  नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीले वर्तमान संक्रमणकालीन अवस्थामा सत्ताको नेतृत्व माओबादीलाई दिए मुलुकका लागि घातक हुने  बताएका छन् ।
 

बाँकी अंश »

View All »

वाटिका

इन्द्बेनी