२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

ताजा समाचार

वाघ संरक्ष गर्न भारतसँग सम्झौता

काठमाडौँ, १३ साउन । नेपाल सरकार र भारत सरकारबीच बाघ लगायतका जनावरको संरक्षण गरी पर्यावरणीय सुरक्षा बढाउने विषयमा आज सम्झौता भएको छ ।

  

बाँकी अंश »

त्रिवि पदाधिकारी घेराबन्दीमा

काठमाडौं, १३ साउन । प्रवीणता प्रमाणपत्र हटाउने निर्णय फिर्ता लिनुपर्ने अडानसहित आज ११ विद्यार्थी सङ्गठनले त्रिभुवन विश्ववद्यालयका पदाधिकारीलाई कार्यालयमै घेराबन्दीमा राखेका छन् ।


बाँकी अंश »

बाँकेमा झाडापखालाको प्रकोप तीनको मृत्यु, सयौ प्रभावित

रुद्र सुवेडी
नेपालगन्ज, १३ साउन  
 बाँकेमा झाडापखालाबाट तीन जनाको मृत्यु हुनुको सयौं मानिसहरु बिरामी परेका छन ।
 

बाँकी अंश »

दुर्घटनामा सैनिकको मृत्यु

कास्की, १३ साउन । सवारी दुर्घटनामा पोखरामा एक सैनिक जवानको मृत्यु भएको छ ।

    पोखरा विमानस्थलस्थित कालीभन्ज्याङ गणमा कार्यरत दैलेख घर भएका सैनिक जवान जगतबहादुर बडुवालको उपचारको क्रममा मृत्यु भएको हो ।

    बडुवाल चढेको ग२प ४६ नं को मोटरसाइकललाई गएराति ग१ज २९२६ नं को प्राइभेटकारले ठक्कर दिँदा उनीसहित मोटरसाइकलचालक नरेन्द्रकुमार गुरुङ घाइते भएका थिए । अर्का घाइते गुरुङको उपचार भइरहेको छ ।

    घटनापछि फरार रहेको कार आज बिहान पृथ्वीचोकस्थित राजभण्डारी ग्यारेजमा फेला परेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ  ।      कार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस



बाँकी अंश »

बाघको सङ्ख्यामा वृद्धि

काठमाडौँ, १३ साउन । वन तथा भू–संरक्षण मन्त्रालयले आज सार्वजनिक गरेको प्रतिवेदनले नेपालमा बाघको सङ्ख्या १२१ बाट बढेर १५५ पुगेको देखाएको छ ।

    प्रथम बाघ संरक्षण दिवसका अवसरमा आज सार्वजनिक भएको प्रतिवेदनमा चितवन राष्ट्रिय निकुञ्जमा हालै गरिएको सर्वेक्षणसहितका आधारमा नेपालमा बाघ सङ्ख्या बढेको हो ।

    यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा मात्रै १२५ वटा वयस्क बाघ देखिएका छन् ।

    गत वर्ष सो स्थानमा बाघको सङ्ख्या ९१ रहेको थियो । नेपालमा सबैभन्दा बढी बाघ पाइने क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज नै हो ।

    निकुञ्जको चुरिया र बरण्डारभार मध्यवर्ती क्षेत्रमा समेत गरी एक हजार २६१ वर्ग किलोमिटर क्षेत्रमा वैज्ञानिक  अनुगमन गर्दा प्रति वर्गकिलोमिटर क्षेत्रफलमा ६ दशमलव ५३ वयस्क बाघ रहेको पाइएको छ ।

    अध्ययनका लागि विश्व वन्यजन्तु कोष, नेपालबाट रु ३८ लाख उपलब्ध गराएको थियो ।

    गत अक्टोबर २००९ मा नेपालमा भएको विश्व बाघ सम्मेलन र जनवरीमा थाइल्यान्डमा सम्पन्न मन्त्रीस्तरीय बैठकमा नेपालले प्रस्ताव गरेअनुसार बाघ पाइने देशहरुमा २९ जुलाईका दिन बाघ संरक्षण दिवस मनाउने तय भएको थियो ।

    यसअघि यस्तो दिवस बङ्गलादेशमा मात्रै मनाउँदै आएको थियो ।
 दक्षिण एसियामा पनि भुटान, नेपाल र भारतमा मात्रै ६० प्रतिशत बाघ रहेका छन् ।

वनमन्त्री दीपक बोहराले प्रतिवेदन सार्वजनिक गर्दै बाघको सङ्ख्या वृद्धिले नेपालले बाघ संरक्षणमा विश्वमै उदाहरणीय कार्य गरेको पुष्टि भएको दावी गरे । रासस


बाँकी अंश »

माओवादीद्वारा मधेसीमोर्चालाई पठाइने लिखितपत्र पारित

काठमाडौँ, १३ साउन । माओवादीले लोकतान्त्रिक मधेसी मोर्चालाई पठाइने लिखितपत्र आज पारित गरेको छ ।

 पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले मोर्चाले पठाएको लिखितपत्रका आधारमा तयार पारिएको लिखित जवाफपत्र अनुमोदन गरेको हो ।

बाँकी अंश »

View All »

वाटिका

इन्द्बेनी