© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - २४ | 09, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
मुद्दाविहीन अदालतमा तीनजना न्यायाधीशसहित १५ कर्मचारी कार्यरत छन् । त्यहाँ न त झगडिया नै उपस्थित हुन्छन्, न त मुद्दा दर्ताको चटारो नै †
यो दृश्य संविधानसभा अदालतको हो । संविधानसभासम्बन्धी मुद्दा हर्ेन सरकारले गठन गरेको सो अदालतमा मुद्दाको संख्या शून्य छ । तर, सर्वोच्चबाट आएका तीन न्यायाधीशसहित सबै कर्मचारी भत्ता मात्र खाएर दिन बिताइरहेका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले नेपालको शान्ति प्रक्रियाका चार वर्षपर्ूण्ा रूपमा गतिहीन बनेको
बताएका छन् ।
नेपालस्थित राष्ट्रसंघीय मिसन -अनमिन) लाई पुरानै कार्यादेशसहित म्याद थप्न बिहीबार सुरक्षा परिषद्मा बुझाएको सिफारिसपत्रमा उनले राजनीतिक दलहरू गहन आन्तरिक मतभेद तथा सत्ता बाँडफाँटमा अल्झेकाले शान्ति प्रक्रिया गतिशून्य भएको बताएका हुन् ।
के तपाईं चिकित्सकले सुत्केरी मिति किटान गरिसकेकी र्'गर्भवती महिला'को पेटमा अन्तिम सयममा बच्चा नै नदेखिएको घटना सहजै पत्याउनु हुन्छ - सायद् पत्याउनु हुन्न ।
तर, यो साँचो हो । हेटौंडा नगरपालिका-४, कमलडाँडामा अस्थायी रूपमा बस्दै आएकी काठमाडौंकी २५ वषर्ीया लक्ष्मी महर्जनको पेटमा चिकित्सकले सुत्केरीका लागि दिएको समयभन्दा एक साताअघि मात्र बच्चा नभएको पुष्टि भएको छ ।
कांग्रेसको १२औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने दाबी गर्ने शर्ीष्ानेताको व्यवहारमा भने भावनात्मक एकताको झल्को देखिँदैन ।
बृहत् एकता, मेलमिलाप र सद्भाव कायम गर्ने उद्देश्यका साथ १ देखि ५ असोजसम्म काठमाडौंमा हुन गइरहेको महाधिवेशनको तयारीका विषयमा प्रचार-प्रसार समितिद्वारा बुधबार आयोजित पत्रकार भेटघाटमा वरिष्ठ नेता शेरबहादुर देउवा र कार्यबाहक सभापति सुशील कोइरालाको व्यवहारबाट नेताहरूबीच भावनात्मक एकता नाराकै रूपमा मात्र सीमित रहेको हो कि भन्ने आशंका
कामचलाउ सरकारले सिफारिस गरेजस्तो नेपाली सेनालाई अनमिनको अनुगमनबाट अलग गर्ने हो भने शान्ति प्रक्रिया नै भंग हुने नेपालस्थित राष्ट्रसंघीय मिसन -अनमिन)
प्रमुख करिन ल्यान्डग्रेनले चेतावनी दिएकी छन् । बुधबार -स्थानीय समयअनुसार मंगलबार) न्युयोर्कमा राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै ल्यान्डग्रेनले सो चेतावनी दिएकी हुन् ।
'चरम राजनीतिक अस्थिरताका कारण नेपालको शान्ति प्रक्रिया अन्योलमा परेकाले एकतर्फी आग्रहमा नेपाली सेनालाई बाहिर राखी माओवादी लडाकूको मात्र अनुगमन हुन सक्दैन,' ल्यान्डग्रेनको भनाइ उद्धृत गर्दै राष्ट्रसंघीय मुख्यालयको आधिकारिक बुलेटिन 'यूएन न्युज' ले लेखेको छ ।
नेपालगन्ज÷रास– प्रधानमन्त्रीको निर्वाचनमा मधेशी मोर्चा तोडेर एकीकृत माओवादीलाई सघाएको आरोपमा तराई जनतान्त्रिक पार्टी मधेश पश्चिम कमाण्डले फोरम सभाषद मो. ईस्तिहाक राईको जैसपुरमा रहेको घरमा बुधबार विहान सवा १ बजे बम विष्फोट गराएको छ ।
सो पार्टीका पश्चिम कमाण्ड ईन्चार्ज आदर्शले राजधानीसंग अज्ञातस्थलबाट फोन सम्पर्क गरी सो विष्फोट आफ्नो पार्टीले मधेशका मुद्धालाई तिलाञ्जलि दिएर माओवादीलाई समर्थन नगर्न चेतावनी स्वरुप सो विष्फोट गराईएको बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेले विष्फोट गराईएको सो घर सभाषद राईको नभई उनी नेपालगन्ज आएको बेलामा बस्न प्रयोग गर्ने गरेको उनका भिनाजु मो. एैयुव राई र मो. रजा राईको घर भएको बताएको छ ।
सो विष्फोटले गेट, घरको पर्खाल र गाडिमा क्षति पुगेको भए पनि कुनै मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
यसैबिच तराई जनतान्त्रिक पार्टी मधेशका केन्द्रीय अध्यक्ष अर्जुन सिंहले एक विज्ञप्ती जारी गरी मधेशका मुद्दाबाट विचलित हुँदै माआवादीलाई सहयोग नगर्न मधेशी जनअधिकार फोरम नेपाललाई चेतावनी सहित आग्रह गरेका छन् ।