२०६७ - भद्र - १७ | 02, September 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

मन प्रफुल्लित हुनुका साथै काममा प्रगति हुनेछ ।
पराक्रम बढ्नुका साथै काम बन्नेछ ।
साथी संगीबाट सहयोग मिल्नेछ ।
आफन्तको सहयोगमा काम बन्नेछ ।
मनोबल बढ्नुका साथै धन प्राप्त हुनेछ ।
अनावश्यक काममा खर्च बढ्ने छ ।
विपरीत लिंगीको सहयोग मिल्नेछ ।
मन अशान्त रहनेछ ।
इष्टमित्रसँग भेटघाट हुनेछ ।
आफन्तसँग मनमुटाव हुन सक्छ ।
विद्यामा मन जाने छैन ।
धन लाभको योग छ ।

सम्पादकिय

प्राविधिक शिक्षाप्रतिको आकर्षा

अध्ययन समाप्तिलगत्तै रोजगारी वा आयआर्जनसँग
जोड्न सकिने भएकै कारण मुलुकभरका प्राविधिक शिक्षालयहरूमा विद्यार्थीहरूको चाप बढेको छ । प्राविधिक शिक्षालय नभएका स्थानमा प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद् -सीर्टर्ीइभीटी) को सम्बन्धनमा सञ्चालित विभिन्न रोजगारमुखी तालिम पाठयक्रमका कक्षाहरूमा पनि त्यत्तिकै भीड हुने गरेको छ । विद्यार्थीहरूको यो चाप र आकर्षालाई सूक्ष्म अध्ययन गर्ने हो भने त्यसको निष्कर्षमुलुकलाई कस्तो प्रकारको शिक्षा प्रणाली चाहिन्छ भन्ने स्वतः स्पष्ट हुन्छ ।
नेपालको जनसांख्यिक विश्लेषणमा बहुसंख्यक निम्नमध्यम र तल्लो वर्गका मानिस छन् । तल्लो वर्गका लागि माध्यमिकपछिको शिक्षा लगभग दुरुह छ ।

बाँकी अंश »

भ्रष्टाचारमा उन्मुक्ति नदेऊ

घूस लिँदालिँदै पक्राउ परेका एमाले सभासद् डोलबहादुर -डीबी) कार्की सहयोगी स्वामी १००८ ब्रह्मानन्द उदासीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको न्यायिक हिरासतमा छन् । विशेष अदालतले सभासद् कार्कीको घूस प्रकरणबारे छानबिनका लागि अख्तियारलाई २० दिनको म्यादसमेत दिइसकेको छ । अदालतमा बयानका क्रममा उनले आफ्ना सहयोगी स्वामीको उपचारका लागि आफूले घूस लिएको स्वीकार गरेका छन् । तर, सो रकम आफूले नभई स्वामीको उपचारमा दिन भनेको र आफूलाई फसाइएको जस्ता अभिव्यक्ति दिएर घटनालाई राजनीतीकरण गर्ने प्रयास पनि गरेका छन् । यो राजनीतिक आडमा भ्रष्टाचार छोप्ने कुत्सित प्रयास हो ।

बाँकी अंश »

सरकारविहीनताको मारमा वृद्धवृद्धा पनि

प्रधानमन्त्री चयनमा प्रमुख राजनीतिक दलहरूको असक्षमताको चौतर्फी असर पर्नथालेको छ । दैनिक प्रशासन र शान्ति सुरक्षाको स्थिति चौपट भइसकेको छ भने सरकारविहीनताकै कारण संसद्मा नियमित बजेट प्रस्तुत हुन नसक्दा दसैंको मुखमै मुलुकले गम्भीर आर्थिक संकट बेहोर्नुपर्ने भएको छ । त्यसको मार समाजका सबै क्षेत्रमा त पर्छ नै, राज्यका तर्फबाट विशेष ख्याल राखिनुपर्ने वृद्धवृद्धा, अपांगता भएका व्यक्तिहरू, राउटे, एकल महिला आदिसमेत प्रभावित हुने भएका छन् । खाइपाई आएको सामाजिक सुरक्षा भत्ता रोकिने भएपछि उनीहरूको दसैं खल्लो हुने भएको छ । हाँसीखुसीसाथ मनाइने चाडमा जेष्ठ नागरिकहरू, एकल महिला, राउटेलगायतका लोपोन्मुख जातिका मुहार मलिन हुनेछन् । यो स्थिति त्यही समाजको मध्यम र उच्च वर्गका लागिसमेत रुचिकर हुन सक्दैन ।

बाँकी अंश »

राष्ट्रपतिको चिन्ता

प्रधानमन्त्री निर्वाचनका पाँच चरणसम्मको 'र्व्यर्थ अभ्यास' पछि निकास पहल गर्न राष्ट्रपति डा. रामवरण यादवको सक्रियता बढेको छ । राष्ट्रपतिले प्रमुख तीन दल र साना दलहरूका प्रमुखहरूसँग छुट्टाछुट्टै भेटघाट गरी निकासका लागि आग्रह गरेका छन् । त्यसक्रममा राष्ट्रपतिद्वारा व्यक्त 'दलहरूकै कारण लोकतान्त्रिक संस्था धरापमा पर्ने जोखिम रहेको' धारणा कुनै पनि र्सार्वभौम मुलुकका राष्ट्र प्रमुखबाट जाहेर गरिने स्वाभाविक चिन्ता हो । प्रमुख दलका नेताहरूबीच 'मेरो गोरुको बाह्रै टक्का' भनेजस्तो अडानयुद्ध चलिरहेका बेला भएको राष्ट्रपतिको पहल मुलुकको वर्तमान राजनीतिक परिदृश्यमा स्वागतयोग्य पनि हो ।

बाँकी अंश »

उपभोक्तामाथिको खेलबाड

आमजनतासँग प्रत्यक्ष सरोकार राख्ने खाना पकाउने ग्याँसका सिलिन्डरहरूको गुणस्तरमाथि कडा प्रश्न उठिरहेका बेला बहुउद्देश्यीय प्रयोगको साना सिलिन्डरसमेत अवैध भएको तथ्य खुलेको छ । पछिल्लो दर्ुइ-तीन वर्षता बजारमा छयापछयापती देखा परेका साना सिलिन्डरमा कुनै कम्पनीको लोगो छैन, न त गुणस्तरको ग्यारेन्टी नै । तिनमा सेपmटी क्यापसमेत नहुँदा कुनै पनि बेला दर्ुघटना निम्त्याउन सक्छन् । यस्ता अवैध सिलिन्डरको खुलेआम कारोबार भइरहँदा पनि सम्बद्ध सरकारी निकायहरू मौन रहन बाध्य हुनुले समस्याको गम्भीरता झल्काउँछ । वाणिज्य विभागका महानिर्देशकजस्ता सरकारका उच्चपदस्थ अधिकारीले 'अवैध' भन्ने स्विकार्दास्विकार्दै पनि त्यस्ता सिलिन्डर उत्पादकलाई कानुनी दायरामा ल्याउन नसक्नु सरकारको निरीहता त हो नै, त्योभन्दा पनि बढी जनताका समस्याप्रतिको अनुत्तरदायीपन हो ।

बाँकी अंश »

र्व्यर्थ नकटाउ बाँकी अवधि

एक वर्षथपिएको समयावधिको तीन महिना बित्दा पनि संविधान लेखनमा दलहरुबीचका विवादित विषयमा छलफलसम्म सुरु नहुनुले संविधानसभाको दोस्रो अवधि पनि व्यर्थै हुने संकेत देखिएको छ । प्रमुख दलहरुले संविधान लेखनभन्दा सत्ता राजनीतिलाई बढी प्राथमिकता दिएकाले यो स्थिति देखापरेको हो । प्रमुख दलहरुकै कतिपय नेता-कार्यकर्ता र्सार्वजनिक समारोहहरुमा गर्वका साथ बाँकी अवधिमा संविधान बन्न नसक्ने 'घोषणा' गर्न थालिसकेका छन् । यो स्थितिले मुलुकमा शृंखलाबद्ध अनिष्ट निम्त्याउने खतरा बढेको छ ।

बाँकी अंश »

View All »

वाटिका

इन्द्बेनी