© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - २२ | 07, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - १४
राजधानी समाचारदाता
काठमाडौं ,१४ साउन
नेपाल विद्युत प्राधिकरण, कर्मचारी संचय कोष र अपर तामाकोशी हाइड्रोपावर लिमिटेडबीच माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा क्रण लिने दिने सम्बन्धमा त्रिपक्षिय क्रण सम्झैतामा शुक्रबार हस्ताक्षर भएको छ ।
यो क्रण सम्झैता अनुसार कर्मचारी संचय कोषले आयोजनामा १० अर्व रुपैयाँ दिर्घकालिन क्रण प्रवाह गर्ने छ । सम्झैतामा प्राधिकरणका तर्फाट डा.जीवेन्द्र झा, संचय कोषका तर्फाट प्रशाशक डा.रमेश कुमार भट्टर्राई र अपर तामाकोशी हाइड्रोपावरका प्रबन्ध संचालक भोजराज रेग्मीले हस्ताक्षर गरेका छन् ।
चार सय ५६ मेगावट क्षमताको माथिल्लो तामाकोशी मुलुककै ठुलो र स्ास्तो विद्युत आयोजना हुने प्राधिकरणले दावी गर्दै आएको छ ।
माथिल्लो तामाकोशीको कूल लागत अनुमान निर्माण अवधिको व्याजवाहेक ३५ अर्व २९ करोड रुपैयाँ रहेको छ । यसको कूल लागतमध्ये शेयर पुँजी ३० प्रतिशत र क्रण ७० प्रतिशत रहने माथिल्लो तामाकोशीले शुक्रबार विज्ञप्तीमार्फ जनाएको छ ।
हस्ताक्षर कार्यक्रममा उर्जा मन्त्री डा. प्रकाशशरण महतले क्रण सम्झैताले पुँजी जुट्दैैन कि भन्ने दुविधा हटेको बताए । उनले ठुला नीजि बैंकले यस आयोजनामा वृहत शर्त राखेपछि सरकारले वैकल्पिक बाटो लिदै सरकारी स्वामित्वका संस्थागत वित्तिय संस्थासँग वार्ता थालेर सकारात्मक निश्कर्षनिकालेको जानकारी दिए । उनले मुलुककै गौरवका यस प्रकारका आयोजनामा 'राष्ट्रिय स्वार्थ' हर्ेन निजि बैंक चुकेको जिकिर गरे ।
आयोजनाका प्रबन्ध संचालक भोजराज रेग्मीले कोषसँगको समझदारीले नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानसँग समझदारी गर्ने बाटो खुलेको बताए ।
आयोजनाले मुख्य निर्माण कार्य चालू आर्थिक वर्षा शुरु गरी आगामि सन २०१५ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको जनाएको छ । मुख्य सिभिल निर्माणका लागि अन्तर्रर्ााट्रय ठेकेदार कम्पनीसँग ठेक्का सम्झैता केही दिन भित्रैमा हुने आयोजनाले हस्ताक्षर कार्यक्रममा जानकारी दिएको छ ।
Comments0
Leave Comments