© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - २२ | 07, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - १४
राजधानी संवाददाता
लमजुङ, १४ साउन
लमजुङमा एक बालिकाको बेवारिसे शव भेटिएको छ । भोटेओडार-८ मा पर्ने मर्स्याङ्दी नदीको किनारमा अन्दाजी १३ वषर्ीया बालिकको शव शुक्रबार अनुहार जलेको अवस्थामा भेटिएको हो । शवको सनाखत हुन सकेको छैन । कसैले हत्या गरेर अनुहार नचिनोस् भन्ने उद्देश्यले अनुहार जलाएर नदीमा बगाएको आशंका गरिएको छ । शवको पोस्टमार्टमका लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ ।
यसैगरी, लमजुङको धुसेनी-२, कानेस्वाँराका एक बालक महिना दिनदेखि बेपत्ता छन् । १४ वषर्ीय शरण विश्वकर्मा १३ असारदेखि बेपत्ता भएकोमा अहिलेसम्म फेला नपरेको परिवारले जनाएको छ ।
शरणका बाबु रामबहादुर र आमा स्यान्नानी आफ्नो छोरा घर नफर्केपछि निकै चिन्तित बनेका छन् । गत १२ असारमा तनहुँको रूपाकोटस्थित दिदीको घरमा गएका शरण भोलिपल्ट दिदीको घरबाट फर्किएको तर घरमा नआएको परिवारले जनाएको छ ।
एक महिनादेखि हराए पनि गत आइतबार उनकी दिदी चन्द्रमाया विश्वकर्मा माइत गएपछि मात्रै शरण बेपत्ता भएको खुलासा भएको हो । धुसेनीस्थित सौभाग्य सदन मावि कक्षा ८ मा अध्ययनरत शरण बेपत्ता भएपछि उनका अभिभावकले आफन्तजन, इष्टमित्रकहाँ, बेंसीसहर, सुन्दरबजार, भोटेओडार, डुम्रेलगायतका स्थानमा खोजी गरे पनि पत्ता लगाउन नसकेको बताएका छन् ।
Comments0
Leave Comments