२०६७ - भद्र - २२ | 07, September 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

अनावश्यक काममा खर्च हुनेछ ।
साथीभाइबीच मनमुटावको योग छ ।
श्रीमान्-श्रीमतीबीच सम्बन्ध समुधुर हुनेछ ।
आम्दानीभन्दा खर्च धेरै हुनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
साथीभाइले सताउनेछन् ।
विपरीत लिंगीको सहयोग मिल्नेछ ।
आकस्मिक धन लाभको योग छ ।
मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।
आम्दानी राम्रो हुँदा मन खुसी हुनेछ ।
अध्ययन कार्यबाट सफलता मिल्नेछ ।
पारिवारिक सुख मिल्नेछ ।

बाँकी अंश

काँग्रेसले साना दलसँग सहमति जुटाउदै

काठमाडौँ, १४ साउन । सरकार गठनको कसरतमा रहेको नेपाली काँग्रेसलाई साना दलहरुले राष्ट्रिय सहमतिको प्रयासमा लाग्न सुझाव दिँदै लोकतान्त्रिक गठबन्धनप्रति आफ्नो विश्वास कायमै रहेको बताएका छन् ।

     साना दल अलगअलग नबस्ने भन्दै उनीहरुले लोकतान्त्रिक मूल्य मान्यताबाटै अघि बढ्ने पनि काँग्रेससँगको छलफलमा बताएका थिए । “ ठूला दलले राष्ट्रिय सहमति बनाउन् भन्ने हो, साना दल आगामी दिनमा पनि लोकतान्त्रिक मूल्य मान्यतामा अनुसार नै अघि बढ्छन्,”काँग्रेससँगको छलफलपछि नेपाल समाजवादी प्रजातान्त्रिक दलका नेता प्रेमबहादुर सिंहले भने ।
    नेपाली काँग्रेसले साउन १७ गते हुने निर्वाचनमा आफना दलका उम्मेदवार रामचन्द्र पौडेललाई जिताउन आग्रह गर्दै आज संसदीय दल कार्यालयमा साना दलहरुसँग छलफल गरेको थियो ।

    साना दलले वार्ताका क्रममा काँग्रेसलाई लोकतान्त्रिक गठबन्धन कायम रहने विश्वास दिलाउँदै साना दलको मात्र सहयोगले नपुग्ने भएकाले एमालेसँग कुरा गर्न सुझाव दिएका थिए ।
 
    विगतमा लोकतान्त्रिक सरकारको नेतृत्वमा एमालेलाई सहयोग गरेको र मधेसवादी दललगायतका साना दल लोकतान्त्रिक मूल्य मान्यतामा रहेको सन्दर्भमा सबैको सहयोग आफूलाई रहने विश्वास काँग्रेसले गरेको छ ।

    “एमाले, मधेसवादीलगायतका अधिकांश साना दल लोकतान्त्रिक मान्यतमा रहेको र माओवादी हतियारविहीन नभइञ्जेल उसलाई नेतृत्व दिन नसकिने विश्वासमा रहेकोले काँग्रेसले प्रधानमन्त्री निर्वाचनमा साथ पाउनेछ,” काँग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले भने ।

    प्रवक्ता केसीले नेपाली काँग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता नलिने स्पष्ट पारे ।

छलफलमा काँग्रेसका कार्यवाहक सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, संसदीय दलका नेता रामचन्द्र पौडेल, सहमहामन्त्री एवम् प्रवक्ता अर्जुननरसिंह केसीलगायतका नेता सहभागि थिए  ।

     सो वार्तामा नेकपा मालेका महासचिव सीपी मैनालीले माओवादीले अपवित्र गठबन्धन गरेर बहुमतीय सरकार गठनका खेलमा लाग्न नहुने र त्यसका लागि सहमतिमा अघि बढ्न आफूले सुझाव दिएको  संवाददातालाई बताए  ।

    “राष्ट्रिय सहमतिका लागि माओवादीले उम्मेदवारी फिर्ता गरेर काँग्रेसलाई पनि आह्वान गर्नु वुद्धिमानी हुन्छ, सहमतिको विकल्प छैन,” मैनालीले भन्नुभयो । वार्तामा नेकपा संयुक्त पनि सहभागिता थियो । रासस

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी