© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - २४ | 09, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - १३
दाङ/रास- भ्वाइस अफ टिनको टप वनमा प्रतिस्पर्धामा उत्रिएका सिसहनियाँ-५, कालापानी दाङका वेदु सारू मगर विजयी हुनेमा विश्वस्त देखिन्छन् । दर्शकको माया, सहयोग र सद्भाव बढ्दै गएको देखेर उनले
प्रतिस्पर्धामा अग्रपंक्तिमा आउन सक्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाल टेलिभिजनबाट प्रसा™ण हुँदै आएको सांगीतिक कार्यक्रम हिरो होन्डा भ्वाइस अफ टिनमा मध्य तथा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्दै आएका दंगाली नवप्रतिभा वेदु अचेल मतका लागि घरदैलो अभियानमा लागेका छन् । विभिन्न स्थानमा गएर संगीतिक कार्यक्रमबाट दर्शकहरूलाई आकषिर्त गर्दै उनले मत गरेर सहयोग गर्न आग्रह गरेका छन् ।
एक वर्षेखि प्रसारण हँुदै आएको भ्वाइस अफ टिनमा प्रतिस्पर्धा गरेर उनी ११ हजार प्रतिस्पर्धीलाई उछिन्न सफल भएका छन् । '११ हजारभन्दा बढीले कार्यक्रममा भाग लिएका थिए, सुरुमा के पो अगाडि आइएला भन्ने लागेको थियो, तर विस्तारै सफल हुँदै जाँदा आत्मबल बढ्दै गएको छ,' उनले भने । उनलाई भ्वाइस अफ टिनको टप वानमा पर्न दर्शकहरूले २१ हजार भोट गर्नुर्ेपर्ने हुन्छ । 'एकजनाले जति पटक भोट गरे पनि हुन्छ, मध्य तथा सुदूरपश्चिममा कसो मलाई भोट नदेलान् र †' उनले भने ।
उनलाई जिताउन १९ साउन बेलुकी ६ बजेसम्म भोट दिनर्ुपर्नेछ । दर्शकहरूको २१ हजार भोटबाट भ्वाइस अफ टिनको टप थ्रीमा पर्न सफल वेदु आउँदा दिनमा पनि मत पाउनेमा विश्वस्त देखिन्छन् ।
२४ पुस २०४६ मा रोल्पामा जन्मिएका वेदु दाङको सिसहनियाँ-५, कालापानीमा बसोबास गर्दै आएका छन् । कार्यक्रमको सुरुआतसँगै उनले रत्नराज्य लक्ष्मी क्याम्पसमा स्नातक प्रथम वर्षर संगीत कक्षासमेत अध्ययन गर्न थाल्ोका छन् । 'संगीतको कक्षा लिन थालेपछि झन् आशा पलाएको छ, भविष्यमा यस क्षेत्रमा केही गर्न सकिन्छ, यस क्षेत्रमा मेरो भविष्य सुनिश्चित छ भन्ने आशा पलाएको छ,' उनले भने । यसअघि उनी दाङको इन्द्रेणी एफएमले सञ्चालन गरेको इन्द्रेणी आइडल कार्यक्रममा दोस्रो भएका थिए ।
माधुरिका सांस्कृतिक कला केन्द्र दाङ, नेपाल मगर संघ दाङ र राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान दाङको संयुक्त आयोजनामा घोराहीमा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।
Comments0
Leave Comments