© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - २४ | 09, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - १३
लक्ष्मण केसी
रुकुम १३ साउन
जिल्लाको एक र्दजन भन्दा बढी सरकारी कार्यालयका प्रमुखहरु एक साता देखि विहीन भएका छन । चालु आर्थिक वर्षको शुरुवात सगै विभिन्न कारण देखाउदै कार्यालय प्रमुख तथा कर्मचारीहरुले जिल्ला छोडेपछि सेवा गाहीहरु मर्कामा परेका छन । रुकुम जिल्ला प्रशासन , जिल्ला विकाश ,जिल्ला शिक्षा , जिल्ला वन , जिल्ला पशु , जिल्ला कृषि , जिल्ला स्वास्थ, जिल्ला सिचांई , जिल्ला हुलाक , घरेलु , जिल्ला खाध्य , कोष तथा लेखा नियन्त्रण कार्यालयहरु यति बेला प्रमुख तथा कर्मचारी बिहीन बनेका छन । ती कार्यालय प्रमुख विहिन भएपछि सुब्बा , खरिदार र मुखियास्तरका कर्मचारी निमित्त कार्यालय प्रमुख भएका छन । केही कार्यालयमा त पियनमात्र छन । अहिले जिल्लामा बर्षा र पहिरोले घनजनको क्षति भए पनि कार्यालय प्रमुख नहुदा पीडितले कुनै सहयोग पाएका छैनन । प्रमुख जिल्ला अधिकारी नहुदा अहिले राहात संकलन र वितरणमा पनि समस्या परेको राजनीतिक दलका कार्यकताहरुले बताएका ्छन । उता स्थानिय बासिन्दाका अनुसार यस जिल्लाका प्रमुखहरु भदौ लागे पछि मात्र आउने गरेका छन । जिल्ला शिक्षा कार्यालयमा भेटिएका महत गाविसका स्थानिय शिव बिक भन्छन कहिले जाडो कहिले चाडवाड कहिले मटिङ भन्दै अधिकाश समय बिदामा बस्ने र तलब भत्ता खाने गदै आएका छन । जिल्ला शिक्षा कार्यालयमा अहिले दुबैजना प्राविधिकरु छैनन । प्राविधिकरु नहुदा निमाणधिन विद्यालयहरुका अभिभावकहरु जिल्ला शिक्षा धाउने गरेका छन । अहिले सबै कार्यालयहरुमा निमित कार्यालय प्रमुुखले दैनिक काम काज गदै आएका छन भने प्रमुख बस्ने कुर्सी टेबुलहरुमा माखुराको जालो लाग्ने गरेको छ । उनीहरु सबै दुई हप्ताको लागि बिदा मिलाएर घर गएका छन ।
Comments0
Leave Comments