© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - २२ | 07, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - १३
दाङ, १३ साउन । जिल्लाको पश्चिम भेग तुलसीपुर र त्यसका आसपासमा रहेका पाँच गाविसमा फैलिएको झाडापखालाले प्रकोपकोरुप लिदैगएको छ । झाडापखालाबाट थप एकको मृत्यु भएको छ । तुलसीपुर–८ निवासी कलवति बुढाथोकिको मृत्यु भएको इलाका प्रहरी कार्यालय दाङले जनाएको छ । उनको उपचारकाक्रमा मृत्यु भएको हो । यसअघि पञ्चकुले गाविस वडानं. ९ मलै खोलामा फैलिएको झाडापखालाबाट दुईजनाको मृत्यु भैसकेको छ । मृत्यु हुनेमा ३५ वर्षीया अमरकुमारी मल्ल र ५५ वर्षीय रामपति घर्ती रहेका छन् । उनीहरुको समयमै उपचार नपाएर मृत्यु भएको स्थानीयवासीले बताएका छन । झाडापखालबाट तुलसीपुर नगरपालिकाका ग्रामीणबस्ती र पश्चिम दाङको पञ्चकूले, पुरन्धारा, गोल्टाकुरी, हेकुली र श्रीगाउँमा फैलिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । दाङमा हालसम्म ८ जनाको झाडापखालाका कारण मृत्यु भइसकेको छ । पश्चिम दाङमा झाडापखालाको प्रकोप फैलिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले गाउँगाउँमा स्वास्थ्यकर्मीहरुको टोली खटाउनका साथै गाउँमा रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई गाउँ नछाड्न निर्देशन दिएको जिल्ला जनस्वास्थ्य प्रमुख केशवराज पण्डितले वताए ।
Comments0
Leave Comments