२०६७ - भद्र - २२ | 07, September 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

अनावश्यक काममा खर्च हुनेछ ।
साथीभाइबीच मनमुटावको योग छ ।
श्रीमान्-श्रीमतीबीच सम्बन्ध समुधुर हुनेछ ।
आम्दानीभन्दा खर्च धेरै हुनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
साथीभाइले सताउनेछन् ।
विपरीत लिंगीको सहयोग मिल्नेछ ।
आकस्मिक धन लाभको योग छ ।
मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।
आम्दानी राम्रो हुँदा मन खुसी हुनेछ ।
अध्ययन कार्यबाट सफलता मिल्नेछ ।
पारिवारिक सुख मिल्नेछ ।

बाँकी अंश

पेन्टागन र ह्वाइटहाउस क्वाटरफाइनलमा

राजधानी समाचारदाता
काठमाण्डौ,१२ साउन
पेन्टागन र ह्वाइटहाउस ँए’ ँमोर्गन कप’ नवौं पुरुष राष्ट्रिय बास्केटबल प्रतियोगिताको बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।राखेप कभर्डहलमा समूह ँसी’ को लिग खेलमा पेन्टागनले रिभल्वरलाई ६९-५७ ले पराजित गर्‍यो । पेन्टागनका लागी  विस्डम पाण्डेले १८ स्कोर गरे ।
पराजित  रिभल्वरका लागी उत्सव चन्दले २४ स्कोर गरे । लगातार तेश्रो जितसंगै पेन्टागन समूह विजेता बन्यो  । दोश्रो क्वाटरमा पेन्टागनले हासिल गरेको अग्रता नै उसको जितको आधार बन्यो । त्यसमा पेन्टागनको पर््रदर्शन २२-११ रह्यो । पहिलोमा पनि पेन्टागन १७-१४ को झीनो अन्तरले अगाडि थियो । तेश्रोमा पेन्टागन १४-१६ ले पछि पर्‍यो भने चौथोमा १६-१६ को बराबरीमा रोकियो ।
समूह ँबी’ को लिग खेलमा ह्वाइटहाउस ँए’ ले कास्कीमाथि ९१-३६ को सहज जित दर्ता गर्‍यो । तेश्रो क्वाटर १८-१७ ले आफ्नो पक्षमा पारेको कास्कीले अन्यको नतिजा भने ह्वाइटहाउसलाई सुम्पेको थियो । ह्वाइटहाउस पहिलोमा २४-५, दोश्रोमा २६-१० तथा चौथोमा २४-३ ले अगाडि रह्यो । विजेताका विनोद श्रेष्ठले २३ स्कोर गरे ।  पुरुषकै अन्य समूह चरणको खेलमा भीएस निकेतन र नेपाल आर्मीले आ-आफ्नो खेल जिते ।
भीएस निकेतनले सुनसरीलाई ७७-६६ ले निराश पार्‍यो । सुनसरी पहिलो क्वाटरमा ७-२१ ले पछि परेको थियो । त्यसपछि खेलमा पुनारागमन गरेको सुनसरीले दोश्रो र तेश्रो क्वाटर क्रमशः १९-१५ र २१-१४ ले आफ्नो पक्षमा पार्‍यो । सुरुवातको पर््रदर्शनलाई पछ्याउदै भीएस निकेतन अन्तिम तथा चौथोमा २७-१९ स्कोर गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल रह्यो । भीएस निकेतनका छेवाङ शर्ेपाले २३ अंक बटुले । सुनसरीका हेमन्त र्राईले र्सवाधिक २९ स्कोर गर्न बावजुद टिमको पराजय र्टार्न सकेनन् ।
समूह ँडि’ को खेलमा नेपाल आर्मीले ह्वाइटहाउस ँबी’ माथि ७९-४७ को महत्वहीन जित हात पार्‍यो । उसको जितमा निमेश पन्थीले २९ अंक योगदान गरे । उक्त समूहबाट नासा विजेता र प्राइम उपविजेताका रुपमा यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन् ।
आठौं महिला राष्ट्रिय बास्केटबल प्रतियोगितामा मोर्गनले पहिलो जित आत्मासात् गरेको छ । मोर्ग्र्ााे कास्कीलाई ३८-२३ ले पराजित गर्‍यो । पहिलो खेलमा मोर्गन ह्वाइटहाससंग पराजित भएको थियो । चौथो क्वाटरमा ८-१० ले पछि परेको मोर्गन अन्यमा भने अगाडि रह्यो । मोर्ग्र्ााे  क्रमशः ११-५, ८-६ र ११-२ अंक बटुल्यो । मोर्गनको जितमा समिक्षीन विष्टको ११ अंक योगदान रह्यो ।
अब बिहीबार हुने महिलाको अन्तिम लिग खेलमा ह्वाइटहाउसले कास्कीलाई पराजित गरे हवाइटहाउस विजेता र मोर्गन उपविजेताका हैसियतले सेमिफाइनलमा प्रवेश पाउनेछन् । कास्कीले सेमिफाइनल यात्रा तय गर्न ह्वाइटहाउसलाई राम्रै अंक अन्तरले हराउनु पर्ने हुन्छ ।
उता पुरुषतर्फबिहीबार रिभल्वरले नखिपोट, ह्वाइटहाउस एले काभ्रे तथा कास्कीले सुनसरी विरुद्ध खेल्नेछन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी