© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - २२ | 07, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - ११
प्रदीप न्यौपाने/राजधानी
काठमाडौं, ११ साउन
सरकारले अर्काे शैक्षिक सत्रदेखि ९ कक्षासम्मको शिक्षा पर्ूण्ा रूपमा निःशुल्क गर्ने भएको छ । गत वर्ष८ कक्षासम्म निःशुल्क गरेको शिक्षा मन्त्रालयले यसका लागि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सहमति लिइसकेको छ ।
सबै बालबालिकालाई विद्यालय तहको शिक्षाको पहुँचमा पुर्याउनका लागि नयाँ शैक्षिक सत्रदेखि कक्षा ९ सम्म निःशुल्क गर्न लागिएको शिक्षा राज्यमन्त्री गोविन्द चौधरीले बताए । उनले नयाँ आर्थिक वर्षा यसका लागि करिब सात अर्ब रुपैयाँ विनियोजन गर्न लागेको पनि जानकारी दिए । शिक्षा राज्यमन्त्री चौधरीले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्ने सरकारको सोच भए पनि बजेट अभावका कारण हाललाई सम्भव नभएको बताए । उनले थपे, 'तर, कार्यान्वयनका सम्बन्धमा भने मन्त्रालय गम्भीर छ ।'
विद्यालय सुधार कार्यक्रममा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्ने उल्लेख गरेको छ । सुधार कार्यक्रममा सन् २०१२ भित्र १२ कक्षासम्मको शिक्षालाई पर्ूण्ा रूपमा निःशुल्क गर्ने उल्लेख छ ।
निःशुल्क शिक्षालाई पर्ूण्ा रूपमा कार्यान्वयन गर्न दातृनिकायसँग थप रकम माग गरिएको शिक्षा मन्त्रालयका उपसचिव डा. लेखनाथ पौडेलले बताए । दातृनिकायले विद्यालय सुधार कार्यक्रमअर्न्तर्गत वाषिर्क ४६ करोड रुपैयाँभन्दा बढी रकम उपलब्ध गराउँदै आएको छ ।
मन्त्रालयका अनुसार विद्यालय तहमा मुलुकभर ५५ लाख विद्यार्थी अध्ययनरत छन् । आधारभूत तह -१ देखि ८ कक्षासम्म) र कर्ण्ााली अञ्चलमा १० कक्षासम्मको शिक्षा पर्ूण्ा रूपमा निःशुल्क गरिएको घोषणा सरकारले यसअघि नै गरिसकेको छ । तर, कार्यान्वयनमा भने समस्या देखिएको छ ।
Comments0
Leave Comments