© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - २२ | 07, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - ११
खिला कार्की, रामहरी पाण्डे/राजधानी
काठमाडौं, ११ साउन
नयाँ प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ रहने एमाले केन्द्रीय कमिटीको निर्ण्र्ााबदलिने पर्खाइमा कांग्रेसले आफ्नो रणनीति बनाउन सकेको छैन । कांग्रेस नेताहरू एमाले केन्द्रीय कमिटीको निर्ण्र्ाापरिवर्तन नभएसम्म १७ साउनमा हुने तेस्रो चरणको निर्वाचनले पनि प्रधानमन्त्री चयन हुन नसक्ने निष्कर्षा पुगेका छन् ।
संसदीय दलका नेता रामचन्द्र पौडेलको नेतृत्वमा सरकार गठन गर्न अर्काे निर्ण्ाायक शक्ति मधेसी मोर्चासँग सहयोग माग गरेको कांग्रेस एमाले निर्ण्र्ााबदल्न पनि लागिपरेको छ ।
पार्टर्ीी सीमित केन्द्रीय सदस्य र पदाधिकारीहरूको सोमबारको बैठकले एमालेको ठोस निर्ण्र्ाानआएसम्म प्रधानमन्त्री चयन अन्योलमै रहने निष्कर्षनिकालेपछि कांगे्रस उसको निर्ण्र्ााबदल्न लागेको हो ।
यसै सिलसिलामा प्रधानमन्त्रीका प्रत्यासी कांग्रेस नेता रामचन्द्र पौडेलले मंगलबार एमाले अध्यक्ष झलनाथ खनालसँग भेटवार्ता गरेका छन् । खनालसँगको भेटवार्ता 'सकारात्मक' हुन नसकेपछि कार्यबाहक सभापति सुशील कोइराला र पौडेलले मंगलबार साँझ नै एमाले प्रभावशाली नेता केपी शर्मा ओलीसँग भेटवार्ता गरे ।
पौडेलसँग खनालले राष्ट्रिय सहमतिको सरकार गठन र शान्ति प्रक्रिया र संविधान निर्माणलाई निष्कर्षा पुर्याउने आधार खोज्न आग्रह गरेका थिए । सो भेटमा पौडेलले एमालेको सहयोगविना आफ्नो नेतृत्वको सरकार बन्न नसक्ने बताउँदै सहयोग माग गरेका थिए । पौडेलले एमालेको आन्तरिक द्वन्द्वका कारण मुलुकलाई सरकारविहीन नबनाउन पनि खनालसँग आग्रह गरेका थिए ।
खनालले तत्काल कांग्रेसलाई सहयोग गर्ने संकेत नदेखाएपछि कांग्रेस नेताहरू ओलीनिवास बालकोट पुगेका हुन् । उनीहरूले ओलीलाई केन्द्रीय कमिटीको निर्ण्र्ाापरिवर्तन गरी १७ साउनको निर्वाचनमा सहयोग गर्न आग्रह गरेका थिए । तर, ओलीले १७ साउनको निर्वाचनमा सहयोग गर्नसक्ने अवस्थामा आफूहरू नरहेको बताएको स्रोतले बतायो । उनले एमाले केन्द्रीय कमिटीको बैठक बोलाउन समय लाग्ने भन्दै त्यसअघि निर्ण्र्ााफिर्ता लिने अवस्था नरहेको कांग्रेस नेताहरूलाई स्पष्ट पारेका थिए ।
कांग्रेसको अनौपचारिक बैठकले मधेसी मोर्चाका अधिकांश माग सम्बोधन गर्ने निर्ण्र्ाापनि लिएको थियो । तर, आफ्नो नेतृत्वमा सरकार गठन गर्न एमाले निर्ण्र्ाापनि महत्त्वपर्ूण्ा हुने ठहर कांग्रेसले गरेको थियो ।
कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले एमालेको निर्ण्र्ाामहत्त्वपर्ूण्ा भएकाले आफूहरू उसको निर्ण्र्ााो पर्खाइमा रहेको बताए । 'हामी एमालेले निर्ण्र्ााबदल्छ भन्ने विश्वासमा छांै,' उनले मंगलबार राजधानीसँग भने, 'एमालेले निर्ण्र्ााबदलेपछि हामी मधेसलगायत साना पार्टर्ीीग सरकार गठनका लागि थप प्रयासमा जुट्छौं ।'
एमाले निर्ण्र्ााो पर्खाइमा कांग्रेस रहेको संकेत सो पार्टर्ीी मंगलबार फोरम अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा पनि दिएको थियो । फोरम अध्यक्ष यादवले मोर्चाका मागबारे लिखित प्रतिबद्धता माग गरेपछि कांग्रेसले एमालेको निर्ण्र्ााकर्ुन आग्रह गरेको थियो ।
बैठकमा कांग्रेस नेताहरूले एमालेले तटस्थ बस्ने निर्ण्र्ाानबदलेसम्म अवधारणापत्रको जवाफ दिन समस्या भएको स्पष्ट पारेका थिए ।
यसअघि भएको दर्ुइ चरणको प्रधानमन्त्रीको निर्वाचनमा एमाले तटस्थ बस्दै आएको छ ।
एमाले संस्थापन पक्ष राष्ट्रिय सहमतिको सरकार गठन नभएसम्म तटस्थ रहने पक्षमा छ भने ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर कांग्रेसलाई सहयोग गर्ने पक्षमा छन् ।
पौडेलनिकट एक नेताका अनुसार मधेसी मोर्चाका नेताहरूले सहयोग गर्ने वचन दिएकाले कांग्रेसले चुनावी रणनीति बनाउन एमाले निर्ण्र्ााकुरेको हो ।
ती नेताले राजधानीसँग भने, 'मधेसी मोर्चा कुनै पनि हालतमा माओवादी नेतृत्वको सरकार स्वीकार गर्ने अवस्थामा छैन, यस्तो अवस्थामा मोर्चाको सहयोग कांग्रेसलाई नै हुन्छ । त्यसैले कांग्रेस एमालेको निर्ण्र्ााबदल्न लागेको छ ।'
संसद् बहुमतीय प्रणालीमा गइसकेको र माओवादी नेतृत्वको सरकार बन्ने राष्ट्रिय तथा अन्तर्रर्ााट्रय अवस्था नभएकाले एमालेले निर्ण्र्ााबदल्नुको विकल्प नभएको कांग्रेस प्रवक्ता केसीले बताए । उनले एमालेले सहयोग गर्नेमा पनि कांग्रेस विश्वस्त भएको बताए ।
यसैबीच, एमाले महासचिवर् इश्वर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग मंगलबार भेटवार्ता गरेका छन् । भेटमा प्रचण्डले निर्ण्र्ाासच्याएर माओवादीलाई सहयोग गर्न आग्रह गरेका थिए ।
स्रोतका अनुसार महासचिव पोखरेलले माओवादी नेतृत्वको सरकार बन्न नसक्ने स्पष्ट पारेका थिए । उनले शिविर खाली नभएसम्म माओवादी नेतृत्वको सरकार नबन्ने एमालेको स्पष्ट धारणा अगाडि सारेका थिए । उनले अहिलेको चुनावी प्रक्रिया रहेसम्म एमाले तटस्थ बस्ने पनि बताएका थिए ।
पोखरेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'यो उम्मेदवारी फिर्ता लिई सहमतीय आधारमा अघि बढ्नुपर्यो, अनिमात्र एमालेलेे मतदानमा भाग लिन्छ ।'
Comments0
Leave Comments