© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - २२ | 07, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - ११
कालिका खड्का/रासस
काठमाडौं, ११ साउन
श्रवणशक्ति नभएका -बहिरा) बालबालिकाले पनि सुन्ने बालबालिका जत्तिकै पढ्न सक्छन् भन्ने देखाउन सफल भएका छन् बहिरा बालक स्कूल न्ाक्सालका विद्यार्थी ।
यस विद्यालयबाट २०६६ सालको एसएलसी परीक्षामा २१ जना विद्यार्थी सहभागी भएका थिए, तीमध्ये १८ जना प्रथम श्रेणीमा र तीनजना द्वितीय श्रेणीमा उत्तर्ीण्ा भएर सत्प्रतिशत नतिजा ल्याउन सफल भएका छन् ।
कान सुन्ने, परिवारबाट माया पाएका धेरै विद्यार्थी अनुत्तर्ीण्ा भएका छन् भन्दै बहिराबालक विद्यालयका कामु प्राचार्य नारायणभक्त श्रेष्ठले भने- कान नसुनेर के भो त - उनीहरूल्ो पढेर कान सुन्नेले भन्दा राम्रो नतिजा ल्याउन सफल भएका छन् ।
'कान सुन्ने बालबालिकालाई त कान सुन्ने भएकाले पढाउन सजिलो हुन्छ, तर नसुन्ने बालबालिकालाई पढाउनका लागि धेरै मेहनत गर्नुपर्छ,' भन्छन् ३० वर्षेखि बहिरा विद्यालयमा पढाउँदै आएकी श्ािक्षिका मीना शाह ।
'बहिरा बालबालिकालाई ५/६ वर्षभएपछि अभिभावकले स्कुलमा ल्याएर छाडिदिन्छन्, उहाँ भन्छिन्- विद्यार्थीलाई आफ्नो नाम पनि थाहा हँुदैन, मैले पहिलो चरणमा साङ्केतिक भाषाको प्रयोग गरेर उनीहरूको नाम राखिदिन्छु ।' त्यसपछि प्रत्येक विद्यार्थीलाई साङ्केतिक रुपमा मेटाकार्डमा चित्र बनाएर नाम लेखेर सङ्केत गरी सिकाउँछु, पढाउने पद्दतीबारे चर्चा गर्दै उनले भनिन् । कानसुन्ने बालबालिकालाई त सबैले पढाएका छन् नि, तर मैले कान नसुन्नेलाई पढाउँदा छुट्टै सन्तुष्टी मिलेको छ ।
श्रवणशक्ति नभएका बालबालिकालाई सङ्केत र हाउभाउको भरमा पढाएर अरु जस्तै राम्ररी बुझ्ने बनाउन सकेको छु, उनले थपिन्- मेरो सबैभन्दा ठूलो धर्म यही हो ।
शिक्षित परिवारले मात्र केही राम्रो व्यवहार गर्ने गरेको नत्र अधिकांश बहिरा बालबालिकाले परिवारबाटै अपहेलित हुने र बेवास्ता गर्ने गरेकामा उनलाई निकै दुःख लागेको बताउँछिन् ।
धेरै लगानी गरेर पढाउँदा छोराछोरीको बारेमा निकै चासो हुन्छ, तर बहिरा बालबालिकालाई निःशुल्क पढाएका छौं, विद्यालयकी प्राचार्य श्रेष्ठले भनिन्- वर्षा एक/दर्ुइ दिन त विद्यालय आइदिनुस्, छोराछोरीको नतिजा हर्ेर्नुस्भन्दा पनि अभिभावकहरू विद्यालयमा आउँदैनन् । अभिभावकले आफ्ना सन्तानको प्रगति र विद्यालयप्रति बेवास्ता गरेकोमा उनीहरु दुःखी भएको बताए ।
चित्त बुझाउने एउटै बाटो छ- 'कान नसुन्ने भए पनि विद्यार्थीले राम्ररी पढेर राम्रो नतिजा ल्याउन सफल भएका छन् ।' त्यही विद्यालयका विद्यार्थी राघववीर जोशी अहिले सभासद् छन् ।
नेपालमा बहिरा विद्यार्थीलाई एसएलसी परीक्षामा सामेल गराउने यो पहिलो विद्यालय हो । यो विद्यालयबाट २०५५ सालमा विद्यार्थीलाई एसएलसी परीक्षामा सामेल गराएको थियो । अहिलेसम्म यो विद्यालयले ९४ जना विद्यार्थीलाई एसएलसी उत्तर्ीण्ा गराउन सफल भएको छ ।
यस वर्षो एसएलसीमा प्रथम श्रेणीमा उत्तर्ीण्ा भएकी रीमा श्रेष्ठले एसएलसी उत्तर्ीण्ा भएको समाचार सुन्दा आफूलाई अत्यन्त खुशी भएको बताइन् । 'एसएलसी उत्तर्ीण्ा भएको समाचारले म धेरै खुशी भएँ, त्योभन्दा बढी मलाई उच्च शिक्षा पढ्ने अवसर जुटेकोमा खुशी लागेको छ ।'
त्यही दशजोड दर्ुइको भवन बनाउन र विद्यालयमा खानेपानीको ट्याङ्की बनाउनको लागि सोही विद्यालयमा पढेर सभासद् हुनुभएका जोशीले नौ लाख रुपैया दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सीताराम मास्केले जानकारी दिए ।
विद्यालयमा निःशुल्क पढाउनु पर्ने तर सरकारले पर्याप्त चासो नदिने गर्दा विद्यालयलाई निकै आर्थिक भार परेको अध्यक्ष मास्केको गुनासो छ ।
उच्च माध्यमिक श्ािक्षा परिषद्ले बिना पैसा उच्च मावि सञ्चालन गर्न सम्बन्धन् दिएको छ । साथै, परिषद्ले प्रत्येक विद्यार्थीलाई मासिक १५ सय रुपैया दिँदै आएको छ । कान नसुन्नेहरू काममा विश्वास गर्छन्, परिषद्का उपाध्यक्ष डा उपेन्द्र कोइराला भन्छन् - एकदिन उनीहरुले ठूलो प्रगति गरेर देखाउनेछन् ।'
बहिरा बालबालिकाको लागि बढी मात्रामा शैक्षिक सामाग्री आवश्यकता पर्छ तर आर्थिक अभावको कारणले आवश्यक शैक्षिक सामाग्री विद्यालयले उपलब्ध गराउन सकेको छैन । यस विद्यालयले नेपाल सरकारले निर्धारण गरको साङ्केतिक भाषाको माध्यमबाट पठनपाठन गर्दै आएको छ ।
चारजना बहिरा बालबालिकाबाट २०२३ सालमा सुरु भएको यो विद्यालयमा हाल ४०० विद्यार्थी अध्ययनरत छन् । हाल विद्यालयमा दशजोड दर्ुइ समेत सञ्चालन भइरहेको छ । दशजोड दर्ुइमा श्ािक्षा र व्यवस्थापन संकाय पढाइ हुन्छ । नेपालमा दशजोड दर्ुइभन्दामाथि बहिरा विद्यार्थी पढ्ने विद्यालयको व्यवस्था छैन । विद्यालयको तथ्याङ्कअनुसार हाल नेपालमा चारहजार बहिरा विद्यार्थी छन् ।
Comments0
Leave Comments