२०६७ - भद्र - २४ | 09, September 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

अनावश्यक काममा खर्च हुनेछ ।
साथीभाइबीच मनमुटावको योग छ ।
श्रीमान्-श्रीमतीबीच सम्बन्ध समुधुर हुनेछ ।
आम्दानीभन्दा खर्च धेरै हुनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
साथीभाइले सताउनेछन् ।
विपरीत लिंगीको सहयोग मिल्नेछ ।
आकस्मिक धन लाभको योग छ ।
मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।
आम्दानी राम्रो हुँदा मन खुसी हुनेछ ।
अध्ययन कार्यबाट सफलता मिल्नेछ ।
पारिवारिक सुख मिल्नेछ ।

बाँकी अंश

मविना कसै कसैलाई मुस्किल छ पोखरामा..

काठमाडौं/रास-
'मविना कसै-कसैलाई मुस्किल छ पोखरामा
म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा'
बिगत तीन महिनादेखि निकै चर्चामा छ, यो गीत । जसलाई प्रमोद खरेलले गाएका हुन् । गीत चर्चाको शिखरमा पुगेपछि बल्ल यो गीतको संग्रह र्सार्वजनिक भएको छ ।
गायक खरेलका अनुसार यो सातासम्म 'मविना कसै कसैलाई...' गीत २० हजार पटक मोबाइलमा कल रिङ ब्याक टोन -सीआरबीटी) डाउनलोड भइसकेको छ । यो गीतसंग्रह भने यसै साता मात्र बजारमा पठाइएको हो । गीतिसंग्रह नै बजारमा नपठाइ सीआरबीटीमा गीतले यति धेरै सफलता यसअघि हाँसिल नगरेको सीआरबीटी सञ्चालकहरू बताउँछन् । आफ्नो गीत सीआरबीटी जस्तो डिजिटल क्षेत्रमा सफल भएकामा गायक प्रमोद निकै खुसी छन् ।
'पोखराका शितल गिरीले तीन वर्षघि लेख्नु भएको यो गजल साह्रै मन परेर मैले रर्ेकर्ड गराएको हुँ । यो गजलले पाएको सफलताप्रति साह्रै खुसी छु,' प्रमोलले राजधानीसँग भने । पोखरेली गजलकार शितलले पनि आफ्ना भोगाइलाई समेटेर यो गजल तयार गरेको स्पष्ट पार्दै भने, 'मेरो शब्दमा गायक र संगीतकारले न्याय गरेर साह्रै मीठो गजल बनाइदिएका छन् ।'  
यो गजल संग्रहित गीति संगालो 'प्रणय' मंगलबार विमोचन भएको छ । आफ्ना बुबा प्रा. बल्लबभद्र खरेल, माता विष्णु शर्मा खरेल र गीतकार एवं फिल्म निर्देशक यादव खरेलबाट प्रमोदले यो संग्रहको संयुक्त विमोचन गराए ।
गायन क्षेत्रमा प्रवेश गरेको चार वर्षै एक सय तीस गीत रर्ेकर्ड गरिसकेका प्रमोद वियोगान्त भावका प्रखर गायक मानिन्छन् । यसअघि 'प्राप्ति' र 'सेन्टिमेन्ट'जस्ता सफल दर्ुइ संग्रह उनले स्रोतामाझ ल्याइसकेका छन् ।
ती दुवैमा वियोग र वेदनाका गीतहरू नै छन् । तेस्रो संग्रह प्रणयमा पनि वियोगान्त भावकै गीत संग्रहित गर्नुको कारणबारे उनले भने, 'आजसम्म सेन्टिमेन्टल गीतले नै मलाई चिनायो । सोही कारण यस पटक पनि सेन्टिमेन्टल गीतलाई नै स्थान दिएको हुँ ।'
अधिकांश प्रेममा बिछोडिएका गीत गाउने प्रमोद स्वयं पनि प्रेममा धोका खाएका कलाकार हुन् त - यो प्रश्नलाई उनले अस्विकार गरे । आफूले यसै वर्षविवाह गरेको र परिवार निकै सुखीसँग चलेको पनि उनले स्पष्ट पारे ।
पेसाले लेक्चर हुन्, प्रमोद । 'अर्गानिक केमेस्टि्र'मा एमएससी गरेका प्रमोद विभिन्न कलेजमा पढाउँछन् । आफ्ना बुबा प्राध्यापक भएकाले बुबाको पथ अँगालेको यी गायकको भनाइ छ ।
त्यसो त गायनबाट पनि राम्रो कमाइ छ, उनको । प्रायः राजधानी तथा देशविदेशमा उनको स्टेज सो देख्न पाइन्छ । 'गायनबाट राम्रै कमाइ छ । एल्बमको बिक्रीबाट भन्दा पनि स्टेज प्रोग्रामबाट राम्रो कमाइ हुन्छ,' उनले भने ।
तीन वर्षघि फिल्म 'पलपलमा'मा गीत गाएर प्रमोदले पार्श्वगायन सुरु गरेका थिए । यो अवधिमा आफूले ४१ ओटा चलचित्रमा ६० ओटा गीत गाइसकेको फेहरिस्त उनले सुनाए । त्यसो त मिस्टर मंगले र मेरो लभ स्टोरीजस्ता फिल्ममा उनले संगीत दिइसकेका छन् । रमाइलो संयोग के भने चलचित्रमा पनि उनले अधिकांश सेन्टिमेन्टल गीत गाएका छन् ।
उनलाई चलचित्रमा सेन्टिमेन्टल गीत दिनुको कारणबारे अग्रज संगीतकार शम्भुजित बासकोटाले भने, 'सेन्टिमेन्टल गीतका लागि पार्श्वगायनमा उनको स्वर अत्यन्त राम्रो छ । त्यसैले उनले छोटो सयममा पार्श्वगायनमा राम्रो सफलता हाँसिल गरेका हुन् ।' उनको तेस्रो एकल संग्रह प्रणय पनि सफल हुने शम्भुजितको विश्वास छ ।
महेश खड्काको संगीत रहेको अधिकांश फिल्ममा प्रमोद खरेलको गीत सुन्न पाइन्छ । उनको स्वर निकै मीठो र छुट्टै किसिमको भएकाले आफ्ना अधिकांश सिनेमा प्रमोदको स्वर हुने गरेको महेशले प्रणय विमोचन समारोहमा स्पष्ट पारे । त्यसो त 'मविना कसै कसैलाई...' गीतको संगीत पनि महेश खड्काको हो । यो गीतको सफलताप्रति उनी निकै खुसी छन् ।
अग्रज गीतकार यादव खरेल, राजेन्द्र थापा, डा. कृष्णहरि बरालको नजरमा पनि प्रमोद राम्रो गायक हुन् । आफ्ना गीतहरूलाई यी गायकले निकै माधर्ुय बनाएको ती तीन गीतकारले प्रणयको विमोचन समारोहमा बताए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी