© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - २४ | 09, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - ११
र्समर्पण विनाको कार्य सम्पादनले सोचअनुसारको परिणाम दिन सक्दैन । करकापमा कुनै जिम्मेवारी कुनै पनि पक्षबाट कार्यान्वयन गर्ने गरिएको छ भने अपेक्षाकृत उपलब्धि हासिल हुन सक्दैन । हरेक क्षेत्रमा यस्तै प्रवृत्ति हावी भइरहेको छ । जानी-नजानी रगत जस्तो महत्त्वपर्ूण्ा वस्तुको व्यवस्थापनमा पनि यदाकदा र्समर्पणहीनताले बढावा पाएको देखिन्छ ।
२२ साउन २०२३ देखि विधिवत सञ्चालनमा आएको देशको रक्तसञ्चार सेवाले आधिकारिकता २४ चैत २०४८ मा मात्र प्राप्त गर्यो । यो रक्तसञ्चार सेवा भने हामीकहाँ ६ दशक पहिलेदेखि नै सेवारत रहेको इतिहास छ । यसरी आज हामी ४४ औं राष्ट्रिय रक्तसञ्चार सेवा दिवसको सेरोफेरोमा छौं ।
आधा शताब्दीभन्दा बढी समय रक्तसञ्चार सेवामा हाम्रो देशले व्यतित गरिसकेको छ । यद्यपि, यो समय केवल बिति मात्र रहेको छ । जुन तवरले समय बित्दै छ, उपलब्धि भने आंशिक मात्र छ । जसले गर्दा गुणस्तरमा कमी त आएको छ नै, पीडित वर्गमा यथेष्ट सेवा प्रदान गर्न पनि सकिएको छैन । यसरी नै समय उपलब्धिहीन भएर बित्दै गइरहेको छ ।
चिकित्सा विज्ञानका लागि अतिगहन र संवेदनशील पाटोले ४४ औं वसन्त पूरा गर्दै छ । यो खुसीको कुरा हो । तर, विगतदेखि आधुनिक युगसम्म आइपुग्दा के प्रगति भइरहेको छ भन्नेबारे न समीक्षा भएको छ न त अनुगमन नै । यसबारे गहिरिएर कुनै पनि निकाय लागिपरेको देखिँदैन । नेपाल रेडक्रस सोसाइटीलाई तत्कालीन सरकारले अनावश्यक कार्यभार थुपारिदिएको जस्तो मानिएको अवस्था छ । होइन भने जुन हिसाबले विकास हुनुपर्ने हो, त्यो किन हुन सकिरहेको छैन - जिज्ञासाको विषय बनेको छ ।
प्रश्न क्रमशः उठ्ने गर्छ । राष्ट्रियस्तरमा रक्त व्यवस्थापन गर्ने अभिभारा कसको - सजिलै जवाफ आउँछ, त्यो त नेपाल रेडक्रस सोसाइटीले गरिरहेको छ । सरकार स्वयं नेपाल रेडक्रस सोसाइटीले प्रभावकारी सेवा जनतालाई प्रदान गरिरहेको छ भनी मख्ख छ । तर, के यसो हो त - अब हरेक निकायले वास्तविक धरातलमा टेकेर अनुगमन गर्ने बेला आएको छ । साँच्चै नै देशको सम्पर्ूण्ा मागबमोजिमको रगत र रक्ततत्वहरूको बन्दोवस्त नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवाले सहजै प्रदान आएको छ त - ढिलै भए पनि अब वास्तविक मूल्यांकन गर्ने समय आएको छ । मूल्यांकन कसले गर्ने भनी सवाल उठ्न सक्छ - बिरामीहरूले गर्ने, कि स्वयंसेवी रक्तदाताहरूले गर्ने वा 'कथित' आधिकारिक निकायले -
यस्तो संवेदनशील क्षेत्रमा सरकारको उपस्थिति कहाँ छ - न कुनै कानुन, न कुनै नीति, न कुनै ऐन, न कुनै सही व्यवस्थापन छ - के यसरी नै रक्त व्यवस्थापन गरिन्छ त - बेलैमा सरकार र नेपाल रेडक्रस सोसाइटीले वास्तविक धरातलमा उभिएर आत्मसमीक्षा गर्नुपर्यो । यसरी पीडित वर्गलाई नभई नहुने वस्तुमाथि अवमूल्यन गरेर बेवास्ता गर्नु अपराध गर्नुसरह हो ।
उपचारका क्रममा कुनै पनि बिरामीलाई रगत वा रक्ततत्व आवश्यक हुँदा बिरामीका आफन्त पुग्ने ठाउँ भनेको नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवा नै हो । पर्ूण्ारूपले आशावादी भई रगत वा रक्ततत्व प्राप्तिका निमित्त सम्बन्धित निकाय नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवा पुग्दा 'छैन' भन्ने शब्दले पीडित पक्षमाथि बज्रपात हुँदा कस्तो हुन्छ - कहिल्यै सोच्नुभएको छ -
यसरी रगत र रक्ततत्वहरू आवश्यकताअनुसार उपलब्ध नभएपछि पीडित वर्गले के गर्ने त - यसको उत्तर खोई - कहाँ गएर प्राप्त गर्ने त - प्राप्तिको अर्को माध्यम के त - खोई विकल्प - तर, आपmनो बिरामाी बचाउन उनीहरूले हारगुहार गरेर हुन्छ या कसैलाई गुहारेर हुन्छ ढिलो चाँडो रक्तदाताहरू खोजी गरेर रक्तदान गर्राई ढिलै भए पनि उपचारका लागि रगत वा रक्ततत्वहरू लिएर जाने गरेको यथार्थ छ । यसरी पीडित पक्षले आपmनै बलबुतामा स्वयंसेवी रक्तदाताहरू जुर्टाई रक्तदान गर्राई आवश्यक बन्दोबस्त आफंै गर्ने गरिरहेका छन् । सामूहिक रूपमा के रगत वा रक्त व्यवस्थापन नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवाले गरिरहेको छ त - उसले त केवल स्वयंसेवी रक्तदाताहरूले दिएको रगतमा मूल्य निर्धार्रण गरी शुल्क असुल्ने कार्य मात्र गरिरहेको छ । एउटा स्वयंसेवीले दिएको दानमा नेपाल रेडक्रस सोसाइटी जस्तो अन्तर्रर्ााट्रय मानवहित कल्याणकारी सेवामुखी संस्थाले यस्तो कार्यशैली अपनाउनु किमार्थ स्वीकारयोग्य छैन ।
पर्ूण्ारूपमा पारदर्शी भई सरकारसँग अनुदान माग्न जानूस् । तपाईं शतप्रतिशत सफल हुनुहुनेछ । अपारदर्शी र गुपचुप पाराले अगाडि बढ्ने कोसिस गर्दा पर्ूण्ारूपमै नांगिइन्छ । नेपाल रेडक्रस सोसाइटीजस्तो महान उद्देश्य बोकेको महान संस्थालाई मागीखाने भाँडो बनाउनु कदापि हुँदैन । यसको पवित्र उद्देश्यमाथि आँच आउने कुनै पनि कार्य सम्पादन गर्नु हुँदैन ।
'छैन' भन्ने शब्द नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवाले उच्चारण नै गर्नुहुन्न । यदि छैन भनेर पन्छिने भए सदाको लागि पन्छिदिएर कल्याण गर्नु भए पनि हुन्छ । एउटा अर्को उपाय त अगाडि आउनेछ । यो विकल्परहित मानव रगत र रक्ततत्वको व्यवस्थापन दिनरात नभनी सेवा भावबाट प्रेरित व्यक्तिहरूबाट मात्र सम्भव छ । त्यसैले सेवा गर्ने भावनाको दृढ इच्छाशक्ति चाहिन्छ । यो पुण्य कार्यमा सबैको साथ रहनेछ ।
-लेखक नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष हुन् ।)
प्रेमसागर कर्माचार्य
Comments0
Leave Comments