२०६७ - भद्र - २२ | 07, September 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

अनावश्यक काममा खर्च हुनेछ ।
साथीभाइबीच मनमुटावको योग छ ।
श्रीमान्-श्रीमतीबीच सम्बन्ध समुधुर हुनेछ ।
आम्दानीभन्दा खर्च धेरै हुनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
साथीभाइले सताउनेछन् ।
विपरीत लिंगीको सहयोग मिल्नेछ ।
आकस्मिक धन लाभको योग छ ।
मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।
आम्दानी राम्रो हुँदा मन खुसी हुनेछ ।
अध्ययन कार्यबाट सफलता मिल्नेछ ।
पारिवारिक सुख मिल्नेछ ।

बाँकी अंश

राजनीतिका अनुत्तरित प्रश्नहरू

मुलुकले नयाँ प्रधानमन्त्री पाउन सकेको छैन । संविधानसभामा पुगेका 'जनताका प्रतिनिधि' प्रधानमन्त्री निर्वाचन गर्नसमेत असक्षम देखिए । गएको दर्ुइ वर्षेखि चलिरहेको राजनीतिक द्वन्द्व हिजोआज अझ बढी चर्किँदै गएको छ । संसद्वादी र माओवादी झन्भन्दा झन् टाढिँदै गएका छन् । र, यिनीहरू मिलेर राष्ट्र हितका लागि काम गर्ने स्थिति असम्भव बन्दै गएको छ ।
विपरीत ध्रुवीय सिद्धान्त, लक्ष्य र साधन बोकेका संसद्वादी दलहरू र माओवादीले एकजुट भएर 'नयाँ नेपाल' बनाउने भ्रमपर्ूण्ा नारा दिए । दिल्लीमा पराइको निर्देशनमा गरिएको १२ बुँदे सम्झौताअनुसार मिलेर काम गर्ने भनिए पनि आरम्भदेखि नै यिनीहरू मिलेर जान सक्ने आधार थिएन । तैपनि केही समय मिलेजस्तो मात्र देखिएका हुन् भन्ने प्रस्ट भइसकेको छ । अब अगाडिको बाटो कति कठिन छ र अहिलेसम्मको भ्रमपर्ूण्ा यात्रा कसरी यहाँसम्म आइपुग्यो भन्ने थाहा पाउन केही महत्त्वपर्ूण्ा प्रश्नहरूको जवाफ आउनु पर्छ ।
अनुत्तरित प्रश्नहरू
ड्ड माओवादीसँग सहकार्य गर्न त्यसले आफूलाई 'नागरिक पार्टर्ीीमा रूपान्तरण गर्नैपर्ने र्सत संसद्वादीहरूले यसबेला कठोरताका साथ अघि सारेका छन् । माओवादीका लडाकू र हतियार थान्को नलगाई उसलाई संविधानसभाको चुनावमा भाग लिन किन दिइयो - यो प्रश्नको उत्तर दिनु आवश्यक ठानेका छैनन् संसद्वादीहरूले ।
ड्ड निजी सेना र हतियार बोकेको माओवादीलाई संविधानसभाको चुनावपछि सरकार बनाउन दिन हुने तर अहिले चाहिँ किन नहुने - भन्ने प्रश्नको जवाफ पनि आएको छैन ।
ड्ड राजाद्वारा पुनःस्थापित प्रतिनिधिसभामा माओवादीलाई मनोनित गरेर प्रतिनिधिसभामा दोस्रो ठूलो दलको रूपमा रहेको एमालेजत्तिकै हैसियतमा पुर्‍याउँदा अहिलेका र्सत आवश्यक ठानिएन भने अहिले किन त्यही र्सत -
ड्ड संसद्वादी र माओवादी मिलेर 'आन्दोलन' गरिरहेका बेला भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विशेष दूत बनेर काठमाडौं आएका करण सिंहले २०६३ साल वैशाख पहिलो साता के सन्देश ल्याएका थिए -
ड्ड वैशाख ८ गते आन्दोलनकारी र राजाबीच एउटा सहमति भइसकेपछि पुनः आन्दोलनकारीहरू त्यो सहमतिबाट पछाडि हटेर थप आन्दोलन गरे । पराइको निर्देशन तथा योजना मुताविक भएको आन्दोलनका क्रममा देखिएको त्यो अस्वाभाविक जस्तो लाग्ने नाटकीय स्थिति दिल्लीको निर्देशनविपरीत हाम्रा नेताहरूको स्वविवेकबाट आएको थियो भन्ने आधार के -
ड्ड आन्दोलन टुंग्याउन राजा र आन्दोलनकारीहरूबीच भएको कुरा त्यसैबेला र्सार्वजनिक भएको हो । त्यसबेला, २०६३ साल वैशाख ११ गते, के सम्झौता भएको थियो - सम्बन्धितहरू यसबारेमा किन केही बोल्दैनन् - कसले के गर्ने भन्ने प्रतिबद्धता थियो त्यो सहमतिमा - र, कसले त्यस्तो प्रतिबद्धता उल्लंघन गर्‍यो -
ड्ड नेपाललाई भुटान बनाउने सन्धिमा हस्ताक्षर गर्न भारतले २०४६ सालमा राजा
वीरेन्द्रलाई दबाब दिएको थियो, तर त्यसलाई राजा वीरेन्द्रले अस्वीकार गरेका थिए भन्ने त्यसबेलाका प्रधानमन्त्री मरिचमान सिंहले र्सार्वजनिक रूपमा भनेको विषयमा सम्बन्धितहरू आजसम्म किन बोल्दैनन् - राजा ज्ञानेन्द्रलाई पनि भारतले २०६२ सालमा त्यस्तै सन्धिमा हस्ताक्षर गर्न दबाब दिएको थियो भन्ने र्सार्वजनिक रूपमा भएका चर्चाका विषयमा सम्बन्धित सबै गुपचुप रहनुको कारण के हो -
यी प्रश्नहरूको आधिकारिक र चित्तबुझ्दो जवाफ नआएसम्म नेपाली राजनीतिको जटिलता समाधान हुनेवाला छैन । यस्ता प्रश्नको उत्तर दिन खासगरी संसद्वादी दलहरूले जति ढिलो गर्छन् उनीहरूलाई नै बढी नोक्सान हुनेछ ।
'सहकार्य'को गुहय
माओवादी र संसद्वादीहरूको सहकार्य कसरी सम्भव गराइयो भन्ने थाहा पाउन २०६२ सालको मध्यतिर दक्षिण एसियामा घटेको एउटा सामान्य ठानिएको तर महत्त्वपर्ूण्ा विकासक्रमलाई विश्लेषण गरिनु उपयुक्त हुन्छ । संसद्वादी सात दल र माओवादीबीच १२ बुँदे सम्झौतामा हस्ताक्षर हुनु केही दिनअघि, २०६२ साल कात्तिकको दोस्रो साता, भारतीय टेलिभिजन च्यानलहरूले प्रमुखताका साथ एउटा समाचार भिडियोसहित व्यापक प्रचारप्रसार गरेका थिए । सो भिडियोमा पाकिस्तान नियन्त्रित कास्मिरमा भारतविरुद्ध काम गरिराखेका पृथकतावादीहरूको तालिम क्याम्पका गतिविधि देखाइएको थियो । भारतले आतंककारी भन्ने गरेको एउटा संगठनले सञ्चालन गरिराखेको तालिमको 'रियल टाइम' भिडियो अधिकांश भारतीय टेलिभिजनहरूले त्यसबेला प्रसारण गरेका थिए । गोली हान्ने, बम आक्रमण गर्ने, आफू जोगिनेलगायतका छापामार शैलीका युद्धकलासम्बन्धी तालिम भइरहेको झन्डै आधा घन्टा लामो सो भिडियो 'स्याटलाइट' बाट खिचिएको र 'विषेश सूत्रबाट प्राप्त' भन्दै जोडतोडका साथ प्रसारण गरेका थिए ती टेलिभिजनहरूले । भारतीय सञ्चारमाध्यमहरूले त्यसरी प्रचार गरेको केही दिनभित्रै दिल्लीमा १२ बुँदे सम्झौता भएको थियो, नेपालका संसद्वादी सात दल र माओवादीबीच ।
भारत-पाकिस्तान सीमा क्षेत्रमा कसले के गर्दै छ भन्ने प्रमाणसहितको सम्पर्ूण्ा जानकारी राख्न सक्नेले दक्षिण एसियाका अन्य क्षेत्रमा के हुँदै छ भन्ने जानकारी र प्रमाण नराख्ने भन्ने हुँदैन । अन्य कूटनीतिक प्रक्रियाबाट 'तह' नलाग्ने संकेत पाएपछि, 'नेपाल-भारत सीमा क्षेत्रमा तिमी के गर्दै छौ त्यसको प्रमाण पनि मसँग छ, आवश्यक परेका बेला प्रयोग हुनेछ, होस् गर' भन्ने दबाबमूलक सन्देश दिइएको हो भन्ने कुरामा शंका छैन । कास्मिरमा कसले के गर्दै छ भन्ने उच्च प्रविधि प्रयोग गरी तयार पारिएको त्यस्तै सामग्री नेपाल-भारत सीमाको हकमा पनि तम्तयार थियो र छ भन्ने दबाबका कारणले नै १२ बुँदे गराउन बाध्य बनाएको हो भन्नेमा अब शंका नहुनु पर्छ । त्योभन्दा केही दिनअघि भैरहवा नाकाबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको हतियार भारतीय कारखानाको 'लोगो' सहित नेपाल प्रहरीले समातेको घटना पनि यहाँनेर सम्झनु उपयुक्त होला ।
-गजुरेल त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रका उपप्राध्यापक हुन् ।)बवगचभ२निmबष्।अिom

 दीपक गजुरेल

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी