© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - २२ | 07, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - ११
अगन्धर तिवारी/राजधानी
म्याग्दी, ११ साउन
म्याग्दी सदरमुकामलाई बाग्लुङ, पर्वत र मुस्ताङ जोड्ने सडकहरु बिभिन्न ठाउँमा पहिरोले अवरुद्ध भएपछि म्याग्दी जिल्ला अस्तव्यस्त बनेको छ । गत सोमबार बिहानैदेखि परेको अविरल वषर्ापछि आएको पहिरो हटाउने क्रममा डोजरले खानेपानीको पाइप उक्काइ दिएपछि सोमबार साँझदेखि बेनीबजारमा खानेपानी अवरुद्ध भएको बेनी खानेपानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हरी गिरीले बताए । सदरमुकाममा मात्रै सो संस्थाका एकहजारभन्दा बढि उपभोक्ता रहेको भन्दै संस्थाका प्रबन्धक गिरीले वषर्ा रोकिएलगत्तै साँझसम्ममा खानेपानी सुचारु हुने बताए ।
सोमबार साँझदेखि परेको वषर्ा नरोकिएका कारण अहिलेसम्म सडक खुलाउन र पानी मर्मत गर्न नसकिएको सम्वन्धित पक्षका पदाधिकारीले बताउछन ।
सोमबार साँझदेखि खानेपानी अवरुद्ध भएपछि सदरमुकाम बेनीबासी पानीको खोजिमा घण्टौं समय लगाएर अन्य छिमेकी गाउँहरूमा जान बाध्य छन् ।
बेनी-जोमसोम, बेनी-बाग्लुङ, बेनी-मालढुङ्गा सडकखण्डको चमेरे, बेगखोला, रुप्से, दोबाको भिर, माझफाँट, मिलनचोक, केराबारी, फर्सर्ेेभसभसे, रत्नेचौर लगायतका दर्जनबढी ठाउँहरूमा पहिरो गएका कारण मंगलबार बिहानैदेखि म्याग्दी अन्य जिल्लाबाट सर्म्पर्कबिहिन भएकोे छ ।
मंगलबार बिहानैदेखि सडक खुलाउनका लागि प्रयास गरिएको भएपनि पहिरो बग्ने क्रम नरोकिएका कारण पानी नरोकिएसम्म सडक खुल्ल नसक्ने म्यग्दी जिप तथा बस सञ्चालक समितिका अध्यक्ष गोपाल भट्टचनले बताए ।
Comments0
Leave Comments