२०६७ - भद्र - २२ | 07, September 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

अनावश्यक काममा खर्च हुनेछ ।
साथीभाइबीच मनमुटावको योग छ ।
श्रीमान्-श्रीमतीबीच सम्बन्ध समुधुर हुनेछ ।
आम्दानीभन्दा खर्च धेरै हुनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
साथीभाइले सताउनेछन् ।
विपरीत लिंगीको सहयोग मिल्नेछ ।
आकस्मिक धन लाभको योग छ ।
मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।
आम्दानी राम्रो हुँदा मन खुसी हुनेछ ।
अध्ययन कार्यबाट सफलता मिल्नेछ ।
पारिवारिक सुख मिल्नेछ ।

बाँकी अंश

यौनशिक्षाको नौलो प्रयास

यौवन उमेरका केटाहरूले स्त्री यौनांगको रंगीन तस्बिर हेरेर मुखामुख गर्छन् जबकी केटीहरू रजश्वलाका बारेमा पुरुष यौनांगले कुरा गरिरहेको कार्टर्ुुहेरेर आर्श्चर्यमिश्रति मुद्रामा मुस्काउँछन् । किशोरीहरू प्रेम र सम्बन्धका विषयमा राखिएका डिस्प्लेमा आँखा लगाउँछन् । एउटा केटाले भने आफूले सकेसम्म जोडले एउटी कपडामा सजिएकी महिलालाई अंगालो हाल्छ ।
थाई राजधानीबाहिर रहेको राष्ट्रिय विज्ञान संग्रहालयमा भ्रमण गर्दा यी दृश्यहरूले स्वागत गर्दछ किनभने त्यहाँ मानव यौनिकतासम्बन्धी अन्तक्रिर्यात्मक चलचित्र 'द स्टोरी अफ लभ' चलिरहेको छ ।
जनवरीमा सुरु भएको र वर्षर चल्ने यस पर््रदर्शनी संवेदनशील यौनिकता र लैंगिक विषयमा खुला र सिर्जनात्मक ढंगबाट तयार पारिएको छ र यो खासगरी युवासम्म सन्देश पुर्‍याउन लक्ष्यित छ । बाह्र वर्षी ६ कक्षामा पढ्ने नेस्टले लजालु हुँदै पर््रदर्शनले यौनका बारेमा बढी जानकारी प्रदान गर्न मद्दत गरेको बताइन् । 'मलाई यो ठीकै लाग्यो किनभने यसमा यौन र प्रेमका विषयमा धेरै जानकारी छन्, र हामीले कक्षामा कु रा गर्नेभन्दा यसमा बढी छ,' १५ वर्षा जेम्सले भने । ९ कक्षामा अध्ययनरत जेम्स परिवारका साथ संग्रहालय पुगेका थिए ।
युनेस्को, राष्ट्रसंघीय महिला कोष र महिला स्वास्थ्य वकालत प्रतिष्ठान एवम् अन्य समूहसँगको साझेदारीमा गरिएको सो पर््रदर्शनीले विद्यालय र परिवारमा यस्ता विषयलाई खुलारूपमा छलफल नगरिने यौनिकताका विषयमा सही जानकारी प्रदान गर्ने आशा गरिएको छ ।
'यो पर््रदर्शनी यौन र यौनिकताका विषयमा सबैबीच कुराकानी मात्र गर्ने अपेक्षासहित आयोजना गरिएको हो,' संग्रहालयकी विज्ञान सञ्चार र अन्तर्रर्ााट्रय सम्बन्ध विभागकी निर्देशक गानिगर चेनले भनिन् । छ भागमा विभाजित पर््रदर्शनीमा भ्रमणकर्ताले यौनसर्ंर्सग, गर्भपतन, लिंगमा आधारित हिंसा र विभेदजस्ता विषयमा समेत जानकारी पाउँछन् ।
'मलाई यो पर््रदर्शनीबाट खुशी लागेको छ किनभने यसमा प्रत्यक्ष भनाइ छन् तर फोहोरी छैन,' जेम्सका बुबा चार्ल्स गिट्टेलसनले बताए । उनी अन्तर्रर्ााट्रय विद्यालयमा पढाउँछन् ।
 गिट्टेलसनकी श्रीमती एप्पललाई भने पर््रदर्शनीमा यौन खेलौना राखिएकोमा रमाइलो लागेको छ । एचआइभी समेत यौन संक्रामक विभिन्न रोगका जीवाणुका नमुनाहरू पनि कम्प्युटरका मोनिटरमा प्रस्तुत गरिएको छ ।
युवाहरू आफ्ना दौंतरी र मिडियाबाट सूचनाको थुप्रोमा रूमल्लिएको अवस्थामा सहीरूपमा सिक्न र जिम्मेवारीपर्ूवक कार्य गर्न मद्दत पुर्‍याउने यसको प्रमुख उद्देश्य हो, संग्रहालयका अध्यक्ष पिचाइ सोन्चाङले बताए ।
'हामीले हाम्रा केटाकेटीलाई घरमा राख्न सक्दैनौं र हामीहरू उनीहरूसँग २४ सै घण्टा सँगै बस्न पनि सक्दैनौं । त्यसैले उनीहरूलाई सुरक्षित यौन, जनसंख्या व्यवस्थापन, यौनहिंसा, यौन प्राथमिकता र सम्बन्धित विषयवस्तुका सम्बन्धमा शिक्षा दिनु आवश्यक छ,' उनी भन्छन् ।
यौनशिक्षाका कक्षाहरूमा वयस्कहरूले युवालाई सदैव यौनसर्ंर्सगका विषयहरू पन्छाएर गोप्य र रहस्यमय कुरा मात्र सिकाउँछन्, फिलिप बर्गस्ट्रोम भन्छिन् । उनी बैंककस्थित युनेस्कोको किशोरकिशोरीको प्रजनन यौनशिक्षा सम्बन्धी सल्लाहकारको रूपमा कार्यरत छिन् ।
'उनीहरूका आवश्यकता भनेकै उनीहरूलाई सकेसम्म उत्कृष्ट ढंumे पर्याप्त जानकारी उपलब्ध गराएर शिक्षा उपलब्ध गराउनु हो, जसबाट उनीहरूले आफ्नो निर्ण्र्ााआफैं गर्न सक्छन्," बर्गस्ट्रोम भन्छन् ।
प्रायः थाई समाजका धेरैले 'यो विषयमा धेरै पढाइयो भने यसले विद्यार्थीलाई यौन सर्म्पर्क राख्न उत्साहित गराउँछ' भन्ने विश्वास छ, खासगरी कन्डम र अन्य किसिमका परिवार नियोजन साधनका विषयमा कुरा गर्दा यो बढी सुनिन्छ, महिडोल विश्वविद्यालयका प्रोफेसर पिमपाउन बूनमोङकोनले भने । उनी लैंगिक र यौनिकता विषयका विज्ञ हुन् ।
संग्रहालयका अधिकारीहरूले भने पर््रदर्शनीप्रति उत्साहजनक प्रतिक्रिया प्राप्त नभएको जनाएका छन् । 'संग्रहालयले यस्ता काम गर्नु ठीक होइन भनेर धेरैले टिप्पणी गरेका छन् र यो युवाका निम्ति धेरै सकारात्मक कुरा पनि होइन,' पिचाइले भने । तर यो जरुरी भइसकेको विषयको केवल चर्चा हो, आयोजक र लैंगिक अधिकारकर्मीको भनाइ छ ।
यथार्थमा, अभिभावकले यौनका विषयमा आफ्ना छोरीहरूसँग कुराकानी थाल्नु आवश्यक छ । थाई समाजमा, यस विषयमा सामान्यतया छोरालाई मात्र सिकाइन्छ र छोरीहरूलाई यस्ता कुराबाट संरक्षित गरिन्छ, पिचाइ थप्छन् ।
यद्यपि यौनशिक्षा सम्बन्धी थाइल्याण्डको नीति सन् १९३८ मै घोषणा गरिएको थियो तर सन् १९७८ मा मात्र यसलाई विद्यालयमा पढाउन थालिएको थियो । हाल यौनशिक्षा विषय माध्यमिक विद्यालयबाट आरम्भ गरिन्छ ।
यौनशिक्षालाई विस्तृतरूपमा प्रस्तुत गर्न हालैका वर्षा निकै प्रयत्न गरिए पनि यसले अझै ठीकसँग काम गर्न नसकेको बर्गस्ट्रोम बताउँछिन् ।
पिमपाउनले आफ्नो अनुसन्धानमा थाइल्याण्डका ४ प्रतिशत विद्यालयले मात्र बढी उदार, विद्यार्थी-केन्द्रीत र अन्तक्रिर्यात्मक विधि अपनाइ पाठ्यक्रममा यौनशिक्षा समावेश गरेको उल्लेख गरेकी छिन् ।
यौनशिक्षाका सामाग्रीमाथि भइरहेका छलफलमा पनि विगतदेखिनै विवाद हुने गरेको छ । 'वर्षा जम्मा १६ घण्टा मात्र यौनशिक्षाका निम्ति छुट्याइएको छ र शिक्षक वा विद्यार्थीका निम्ति खासै प्रोत्साहन दिइएको छैन । विश्वविद्यालयका परीक्षामा यौनसम्बन्धी प्रश्न सोधिन्न,' बर्गस्ट्रोम भन्छिन् ।
धेरैजसो विद्यार्थीलाई यौनका विषयमा कसलाई सोध्ने भन्ने थाहा समेत हुँदैन । 'उनीहरूले शिक्षकसँग कुरा गर्न सक्दैनन् किनभने शिक्षक आफैंले पनि यो विषयप्रति त्यति रुची देखाएका हुँदैनन्,' चेनले औंल्याइन् । 'कुनै खास प्रजनन अंगको नाम लिन समेत अप्ठ्यारो मान्ने शिक्षकले यौनकार्यका सम्बन्धमा के नै बढी बताउँछन् त -' पर््रदर्शनी आयोजक नोप्पाराट थेप्थेपा प्रश्न गर्छिन् ।
'थाई शिक्षकहरू यौनशिक्षा पढाउने सम्बन्धमा पुरातनवादी हुन सक्लान् । तर, यथार्थमा युवाहरू यौनका बारेमा बुझ्न उत्सुक छन्,' थाइल्याण्डमा २० वर्षेखि बस्दै आएका गिट्टेलसोनले टिप्पणी गरे ।
-आईपीएस्/एन्पीआई)

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी