© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - २४ | 09, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - १०
कोलम्वो/एजेन्सी- कप्तान कुमार संगाकारा र थारंगा पारानाभिटाले उत्कृष्ट पर््रदर्शनलाई निरन्तरता दिए पछि दोस्रो टेष्टको पहिलो दिन सोमवार श्रृलंकाले आकर्ष सुरुवात गरेको छ ।
सोमबार पहिलो दिनको खेल सकिदा दुइ विकेटको क्षतीमा ३ सय १२ रन जोडेको छ । संगाकारा १ सय ३० तथा महेला जयवर्द्धने ८ रनमा अविजित छन ।
उत्कृष्ट सुरुवात गरेको घरेलु टोली श्रृलंकाका पारानाभिटा र संगाकाराले १ सय ७२ रनको साझेदारी गरे ।
टेष्ट जिवनमा दोस्रो शतक वनाउने क्रममा पारानाभिटा १ सय रनमा आउट भए ।
यस अघि पहिलो टेस्टमा सतक वनाउने क्रममा उनले १ सय ११ रन वनाएका थिए । पारानाभिटाले १० चौका र एक छक्का हिर्काए ।
२२ औ टेष्ट सतक पुरा गर्ने क्रममा कप्तान संगाकाराले १५ चौका प्रहार गरि सकेका छन । उनले पहिलो म्याचमा १ सय ३ रनको योगदान गरेका थिए ।
राम्रो र्फममा रहेका पारानाभिटा र संगाकाराले पहिलो टेष्टमा पनि १ सय ८६ रनको साझेदारी गरेका थिए ।
पहिलो विकेटका लागी ९९ रनको साझेदारी गरेको घरेलु टेालीका लागी पहिलो विकेटका रुपमा आउट हुनुपर्ुव तिलकरत्ने दिल्सानले ५४ रनको योगदान गरे ।
अघिल्लो खेलमा झै भारतीय कुनै पनि वलरको पर््रदशन सोमवार सन्तोषजनक रहेन ।
भारतका लागी इशान्त शर्मा र प्रज्ञान ओझाले समान एक विकेट लिए । तिन टेस्टको श्रृखंलामा घरेलु टोली १-० ले अगाडी छ ।
Comments0
Leave Comments